Thursday, October 04, 2012

रस्गुल्ला र लालमोहन !

खांट्टी कुरा     October 04, 2012    
दुध फटाए पछी छेना हुन्छ ! त्यहि छेना बाट रसबरी, लालमोहन बन्छ ! दुध फटाउन अमिलो को जरुरि छ ! बिदेसी सक्तिले जनजाति भनिने माथी यहि फर्मुला प्रयोग गरे ! अब रसबरी तथा लालमोहन तयार हुन्छ र तिनै बिदेसी सक्तिले अब ति रसगुल्ला र लालमोहन लाइ काटा चम्चाले घोची घोची खान्छन ! अब त्यसरी खादा ति लाल मोहन र रसगुल्लारुपी कांग्रेस तथा एमाले बाट रिसाएर गाका आफुलाई जनजाति भन्न रुचाउने खामरेड र समाजवादी भन्ने खान्ग्रेसको के हालत होला ? पार्टीमा बिचार नमिले बहस तथा बिरोध गर्न सकिन्छ ! सुनुवाई नभएमा जनता काहा गएर पार्टीको यो नीति ठिक छैन भनेर जनदवाव शृजना गर्न सकिन्छ ! पार्टीमा बिरोध गरे होलान तर जनता काहा यो कुरा लिएर किन जान सकेनन ? भोलि साग खाको दांत देखाउदै भोट त माग्न आउलान ! मेरो गाउँमा प्रतिसतले नाप्ने हो भने जनजाती अनुमानित ३० प्रतिसत होलान ! सप्पैले ति रस्गुल्ला र लाल मोहन लाइ भोट दिन्छन भन्ने के ग्यारेन्टी छ ? मलाई पनी जनजातिकै श्रेणीमा पारेका छन तर म त्यस्ता लाइ भोट दिन्न ! 
कस्तो लाग्यो हजुर हरुलाई मेरो भनाइ ? मन परेमा लाइक नपरेमा मिठो कमेन्ट ठोकौ !

Wednesday, October 03, 2012

आउनुहोस बुकिंग खुल्यो !

खांट्टी कुरा     October 03, 2012    
तत्कालिन माले बाट बढुवा भएर एमाले हुँदा क.असोक राइको रंग त गाढा रातो थियो ! आज त सुन्तला कलरको भैच्च ! उहाले आज छापेको कार्ड सुन्तला रंगको छ ! कामरेड त्यो त जनै बादीको रंग हैन र ? पण्डित र जनै भने पछी तपाईहरु लाइ रनका छुट्छ ! अब भोलि बाट एमाले लाइ टा टा गर्ने रे आज सम्म त कामरेड नै भन्छु ! जे भए पनी महान पार्टीका उपाध्यक्ष हुन क्यार ! अब जनजातिको पार्टीको अधक्ष को हुन्छन ? (क) लेखि (ख)  राइ (ग) सेर्पा ! यी तिनै जना महापुरुष कोहि भन्दा कम छैनन ! प्रभु भोलेनाथ यो प्वाल परया कानले माक्क दे, मुक्क दे र भुक्क दे चैँ सुन्न नपरोस ! किनभने उपेन्द्र यादबको फोरम आज फोर भाको छ ! जनजातिको खेति नेपालमा धेरै फस्टाउने भनेको पूर्व तिर नै हो क्यार ! मुगाली काजि को एरिया न परो ! लाउ है पुर्बिया को को सहिद बन्ने हो ? भोलि बाट अग्रिम बुकिंग खुल्दैछ रे ! बेलैमा नाउ लेखाम ... ... नत्र पछी परियला !

रेमिटान्स !

खांट्टी कुरा     October 03, 2012    
सधै जसो पोट (लुडो) खेल्ने जमातेको हुला गएर माथ्लाघरे माइला दाइले भने केटा हो लु पोट (लुडो) हानु भन्दै हात्ती तेर्स्याए ! संगै बसेको एक जनाले भन्यो ओइ माइला हिजो सयको नोट निकाल्न सक्दैन थिस काहा बाट हात्ती भेट्टाइस ? अर्कोले भन्यो के हो हिजो त मेरै बिजुली को ठुटो तानेको थिस ! फेरी अर्कोले भन्यो के हो गोजा त सिखरको बट्टा  छ त ! माइला दाइ लाइ झोक चालेछ रे भने अर्काको खोजीनिती नगर ! छेउमै बस्ने भाइले भने के हो काका त दिउसै मगमग बास्ना आको छ त ! अनि घोचेर भने हिज त हाम्रा बा सित लसुन टोक्दै खोया बिर्के तान्या देख्या आज त हुस्की खानु भो कि क्या हो ? नजिकै बसेर चर्तिकला हेरी रहेको बुढाबाले मनमनै भने पक्कै पनि यसको छोराले बिदेसाट आज रेमिटान्स पठाईदया हुनु पर्दछ ! बुढा लाइ सहि नसक्नु भो र भने ए माइला छोरोले पठाको पैसामा यस्तो रयाल छयाल गर्न तलाई लाज लाग्दैन ? अस्ति हाम्रो कान्छाले भन्दैथ्यो ‘माल्दाई को छोराको काम त सारै गारो रैछ बा ! खाडीको त्यस्तो प्रचण्ड घाममा बाहिर बसेर काम गर्नु पर्दो रैछ’ ! तेरो छोराले त्यस्तरी दुख गरेर पैसा पठाछ ! बाउ भनौदो को यस्तो पारा थुक्क ! बुढाले मनमनै सोचे यी तिनै लाठे हरु हुन हिज इनिहरुलाई भेटन कि सनिवार कि चाडवाड आउनु पर्थ्यो ! कामले फुर्सद पाउदैनथे ! सधै हतारो मै हुन्थे तर आज बेरोजगार भएर बरालिएर हिडेका छन ! के के नै गर्छ्म भनेर प्रजातन्त्र त्यतिले नपुगेर अझ राजा फालेर गणतन्त्र समेत ल्याए ! २३ बर्षमा हाम्रा राजनीतिक पार्टीहरुले के दिएछन त जनताहरु लाइ ?

Tuesday, October 02, 2012

मजदुरको नेता !

खांट्टी कुरा     October 02, 2012    
गाउँका धेरै मान्छे गाउँ नजिकैको कारखानामा काम गर्थे ! हिजो उद्योगको जग राखेकै बेलामा गच्छे अनुसारको काम काज गरेकै भएर तिनीहरुलाइ नै भर्ना गरिएको थियो ! प्राय सबैले काम पाएका थिए ! कसै कसैका त जोइ पोंई काम गर्थे तर सिफ्ट मिलाउन लगाएका थिए ! हासी खुसि रमाइलै संग जीवनको गाडी दौडिदै थियो !
पुरानो ब्यबस्था सोषकी हो यस्तो व्यवस्थाले मजदुरहरु मात्रै हैन कसैको पनि भलो गर्दैन !  त्यसैले साथीहरु अब आन्दोलन गर्नु पर्छ भनेर एकजनाले उचाले ! पहिला त कसैले पनि वास्ता गरेका थिएनन ! आन्दोलन गर्न उकसाउने साथि वाकपटुता, कहा,  को  कसलाई कसरि बोल्न पर्छ भन्नेमा समेत माहिर रैछन ! आज एकजना, भोलि दुइजना गर्दै महिना दिन नपुग्दै आफना  पक्षमा अधिकांश मजदुरहरुलाई  पार्न सफल भए ! संगठन खोल्नु पर्छ, माग राख्नु पर्छ भन्ने कुरा समेत थाहा नभएको मजदुरहरुको नसा छाम्न माहिर भै सकेका तिनले एक दिन प्रस्ताव राखे लौ साथीहरु अब संगठन खोल्नु पर्यो ! तपाईहरु मध्ये को बन्न चाहनु हुन्छ अध्यक्ष भनेर सुर्याई हाले तर कोहि बोल्न सकेनन र अन्तमा एकजनाले भने तपाइँ नै बन्नुहोस र के के गर्नु पर्ने हो सबै चान्जोपाजो मिलाउनुस उसले चाहेको पनि त्यहिनै थियो ! उद्योग भित्र भित्र भित्रै संगठन खुल्यो तर उद्योगका पदाधिकारीले थाहा पत्तै पाएन ! मजदुरका नेता बने ति र मौकाको ताकमा थिए ! एक दिन मजदुरहरुलाई उकस्याय र भने साथीहरु अब हामीले आधिकारिकरुपमा ट्रेड युनियन खोल्नु पर्छ, माग राख्नु पर्छ त्यसको लागि हामीले सात दिन भित्र हाम्रो माग पुरा नभएमा हड्ताल गर्छौ भनेर भोलिनै जानकारी दिए कसो होला ? सबैले हो मा हो मिलाए ! योजना अनुसार भोलिपल्ट सबै मजदुरहरु ग्वारग्वार्ती सिधै हाकिमको कोठा पुगेर नारा लगाउन थाले र भने 'हाम्रो माग पुरा गर' हामीले संगठन खोल्न पाउनु पर्छ'  ! त्यो चाला देखेर उद्योगको हाकिम जिल पर्यो र भने 'के   चाला हो तिमीहरुको ? आज त गाइजात्रा पर्व त पक्कै होइन होला ? हाकिमको कुरा सुन्ना साथ् पछाडी बाट तिनै स्वघोषित नेताले यस्तो यस्तो भन्नु पर्छ भन्दै उचाले मजदुरहरु लाइ  तर अगाडी देखा परेन ! मजदुरको आक्रोसित भिड देखेर अन्त्यमा हाकिमले भने भोलि मन्त्रालयमा जानकारी गराए पछी तिमीहरुसित कुरा गरुला ! हाकिमले माथि कुरा गरे र समयको मागलाई बुझेर होला 'युनियन खोल्न दिनु' भन्ने जवाफ आयो ! भोलिपल्ट हाकिमले भने सप्पै आउनु पर्दैन तदर्थ समिति बनाएर आओ ! बस ति मजदुर नेता भनाउदोले आफ्नो अध्यक्ष्यतामा युनियन गठन गरे ! बिस्तारै बिस्तारै सबै ठाउँमा युनियनको माग उठ्यो र गठन पनि भयो र अन्त्यमा ति धुर्त खेलाडी सबैका प्रिय मजदुर नेताको रुपमा उदाए ! समयले कोल्टो फेर्यो दिनहु बन्द हड्ताल, आगजनी इत्यादि कार्यमा मजदुर हरु प्रयोग हुन् थाले ! मजदुरले काम गर्न छाडे हिजो गुल्जार भाको कारखाना बिस्तारै बिस्तारै घाटामा जान थाल्यो ! हिजो बोनस. बिभिन्न भत्ता थाप्थे तर घाटामा गए पछी के गरि खुवाओस ! अन्त्यमा एक दिन कारखाना नै बन्द हुने स्थितिमा पुगे पछी बल्ल ति मजदुरहरुले ति छट्टु नेताको चाललाइ बुझे तर धेरै ढिलो भै सकेको थियो ! कारखाना धेरै वित्तीय घाटामा गयो भन्दै सरकारले कारखाना बन्द गर्दियो ! अब सुरु भयो मजदुरहरुको दुर्दिन !
एक दिन सोहि बन्द भाको कारखानामा काम गर्ने छिमेकी दाइ लाइ सोधे के छ दाइ हालखबर ? कस्तो चल्दैछ ? दाइले रुंला रुंला जस्तै गरि भने बाबु हामीले नेताको कुरामा लागेर आफ्नो खुट्टामा आफैले बन्चरो हान्येउ ! भुरा पढाउन पनि सकिएन ! खान कै धौ धौ छ. के गरि पढाउनु बाबु भन्दै खुइय्य गरे ! मैले भने अनि तपाईहरुको त्यो नेता काहा छ त ? दाइले भन्नु भो 'काठमाण्डौ मा टोपी खस्ने घर बनाको रैछ ! अहिले त फर्केर पनि आउदैन भन्दै दाईले  काठमान्डौ पट्टी फर्केर धोको पुग्ने गरि सराप्नु भो ! म भने खिन्न हुदै घर तिर लागे र मनमनै भने "यो के गर्यो नेताहो ? किन गरिबको पेटमा लात हान्येउ र यस्तो गर्दा तिमीहरुले के पायौ ? यी गरिब मजदुरहरुको आसुले तिमीहरु लाइ सधै पोल्नेछ ... पोल्नेछ .. र पोलिने रहनेछ !

Monday, October 01, 2012

नयाँ नेपाल देखाई दिनु भयो हैन त डाक्टर साप ?

खांट्टी कुरा     October 01, 2012    
गाउँ गाउँ बाट उठ, बस्ति बस्ति बाट उठ  भन्दै अनि रक्त क्रान्तिको ज्वालामुखीमा जस्तो क्रान्तिकारी गीतको हो मा हो मिलाउँदै पंचायतकाल देखीनै कडा बिरोध गर्दै आएका कम्युनिस्ट पार्टीहरु मध्यकै एक घटक तत्कालिन स.ज.मो. हाल ए.ने.क.पा.माओबादी अहीले सरकारमा छ ! कम्युनिस्ट को  भाषामा शोषक सामन्ती तथा दलालहरु संग भएको सबै सम्पति कब्जा गरेर निर्धा र गरिब हरु लाइ बाड्नु अर्थात गरिब जनताको सेवा गर्नुनै सच्चा कम्युनिस्ट हो ! तर हाम्रो नेपाल भन्ने देशको कम्युनिस्ठ त्यहि माथि पनि महान सर्वहारा नेता माओ को नाम राखेर बनाइएको ए.ने.क.पा. माओबादीले कम्युनिस्ट हरूको सिद्धान्त अनुसारको काम कार्य हरु गरेका छन त ? लुट्न त कसैले सिकाउनु परेन ! हिजो जनयुद्धको नाउँमा भरमार लुटेका छन ! त्यतिले मात्र नभएर बहुमत भन्दै सरकारमा पनि उसैको हालीमुहाली छ !
प्रजातन्त्र तथा गणतन्त्र आए पस्चात पनि हाल देसमा भएका पुर्ब नेपाली काग्रेस तथा एमाले को सरकारको पालामा यति बिध्न अत्याचार तरिका बाट मुल्य बृद्दी भएको तथा गराइएको थिएन ! समय र परिस्थिति अनि बाध्यतामा गरिएको मुल्य वृद्धिमा हाल सरकारमा रहेको इनै पार्टीले के कस्तो प्रकारले बिरोध गर्थे त्यो कुरा सारा नेपाली जनताहरुले राम्रै संग देखि भोगी सकेको हो ! डा.प्र.म.गाउँकै पृष्ठभूमि बाट आएका हुनाले गाउँको बारेमा के बयान गर्नु ! जनयुद्ध भन्दै लड्ने बेला यी हाम्रा जनताका लागी लडेका प्रधानमन्त्रीले हिजो गाउँ घर चहार्ने बेला सबै नेपालीको घरा मनि प्लान्ट अर्थात पैसो बोट रोप्या देखेका रैछन ! हैन हौ डाक्टर साप यदि मुल्य बढाएर नयाँ मोल तोक्नुथ्यो भने थियो भने त्यो अहिले प्याटुल, डिजेल, मरतेल र ग्यासा  भाउ बढाको चित्त बुझेन ! त्यसैले आजु बाटा प्याटुला १ लिटरको दुइसे, डिजेल र मरतेला एकसे पच्चास, अनि चिया पकाउने ग्यास एक भाडोको  दुइ हजार सम्म गर्दिएका छम भन्देको भे को महान क्रान्तिकारी पार्टीको डा.प्र.म.को अगाडी कुन माइकालाल बोल्न सक्छन ? किन भने अस्ति भर्खर डा.साप बिदेसाट स्वदेसा फर्केर आउनु भा ! बिदेसा नेपालीहरु क्या मोजले दाम कमाएर बस्या रैच्चंन भन्ने कुरात प्रत्यक्ष्य आँखाले देख्या हुन नि !
त्यसैले 
रक एण्ड रोल राँगाको मासु पोल
फुट्छन याहा हुस्की बियर हाम्लाई भने झोल
भनेर गाउनु हुने प्रख्यात हास्य कलाकार  तैयब शाहज्युको यो कमेडी गित जस्तै  अहिले देसमा पनि यस्तै त्यस्तै भएको छ ! नेता तथा तिनका आसेपासे हरुको लागी हुस्की बियर फुट्नु कुनै नयाँ नौलो कुरो भएन ! तर करोडौ करोड जनताहरु गुन्द्रुकको झोल संग १ छाक ढिडो धरी पेटभरी खान नपाएर भौतारिंदै हिड्नु परेको छ ! नयाँ नेपाल बनाउछ्म, जनतालाई सुख सान्ति दिन्छ्म भनेर तपाइँ हरु जस्ता धेरैले नारा, भाषण तथा खोक्रा आस्वासन दिए मात्र ! जुनसुकै ब्यबस्था आएपनि नेपाली जनताले पाउने भनेको नारा, भाषण र आस्वासन मात्रै रैछ ! बाउराम भटराई आएसी के के नै हुन्छ भनेर कुर्लेका हामि नेपाली हरु लाइ पनी आखिर राम्रै संग असली गणतन्त्र र नयाँ नेपाल देखाई दिनु भयो हैन त डाक्टर साप ?

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .