Tuesday, October 16, 2018

नेपाल मा बदलिँदो धर्म परिवर्तन सम्बन्धमा फेसबुक प्रयोगकर्ता नारायण गाउँले को भनाई

खांट्टी कुरा     October 16, 2018    

बेलायतमा हिन्दू जनसङ्ख्या १.३ प्रतिशतजति छ । देशको ऐतिहासिक सांस्कृतिक मूल्य र सम्पदा क्रिस्चियानिटी नै भएकाले यहाँ स्वाभाविक रूपमा क्रिश्चियन चाडपर्वहरू भव्य रूपमा मनाइन्छन् । यतिबेला देश क्रिशमसमय बनेको छ ।
वर्षमा जम्मा ८ दिन सार्वजनिक बिदा हुन्छ भने त्यसभित्र “गुड़ फ्राइडे, इस्टर मन्डे र क्रिशमस डे” गरेर जम्मा तीन दिन धार्मिक बिदा हुन्छ । क्रिशमस डेको भोलिपल्ट पनि सार्वजनिक बिदा हुन्छ । यी सबै क्रिश्चियन पर्वहरू हुन् । सिङ्गो देशले मनाउने पर्वहरूमा सार्वजनिक बिदा हुनु स्वाभाविक छ । ४.४ प्रतिशत मुश्लिम र अन्य धर्मसँग सम्बन्धित पर्वमा त्यस्तो बिदा हुँदैन ।
तर पनि हिन्दू भएकाले राज्यबाट उपेक्षित भएको या असमान व्यवहार भएको अनुभव हुँदैन । अधिकांश हिन्दू भारतीय भएकाले यहाँ दीपावलीलाई ठूलो हिन्दू पर्व मानिन्छ । क्रिश्चियन प्रधानमन्त्रीले पनि मन्दिर पुगेर र पूजा गरेर शुभकामना बाँड्दछन् । कामदारले वर्षमा चारदेखि सात हप्तासम्म छुट्टी पाउने हुनाले यस्ता पर्व मनाउन खास समस्या पनि छैन । हामी छुट्टीमात्रै दिन्छौँ तर यहाँ छुट्टी नभए पनि सरकारी विद्यालयमा दीपावली’bout पढाइ हुन्छ । मेरो नर्सरीमा पढ्ने छोराले गतवर्ष दीपावलीको दिन ‘रामायण’को नाटकमा राम बनेर अभिनय गरेछ । तीन हप्तादेखि उसले रामायण’bout स्कुलमैं पढेर अभिनय सिकेको रहेछ । सीतालाई ‘रेस्क्यू’ गर्ने भूमिका उसलाई सबैभन्दा बढ़ी मन परेको रहेछ । उसलाई रामायणको कथा र दीपावलीको ऐतिहासिक महत्त्व कण्ठ भयो । सबै पात्र सोही कक्षाका विद्यार्थी भएपनि रावणको भूमिका भने शिक्षक आफैले गर्ने रहेछन् । विद्यार्थीमा मनोवैज्ञानिक असर नपरोस् भनेर खलनायकको भूमिका भने शिक्षकले नै गरेका रहेछन् । कति संवेदनशीलता !
स्कुलमा रामायण, महाभारत र कुरान’bout पढाइ हुँदा कुनै क्रिश्चियन संस्थाले आपत्ति जनाउँदैन । किनकि यसको उद्देश्य धर्मपरिवर्तन होइन, धार्मिक सहिष्णुता र सबै धर्मप्रति सम्मानको विकास गर्नु हो । यहाँको क्रिश्चियनले मेरो पर्वमा शुभकामना दिन्छ भने मैले क्रिशमसमा गर्वका साथ शुभकामना किन नदिने ?
तर नेपालमा हिजो हिन्दूबाट क्रिश्चियन बनेकाहरूले दशैंतिहार या अन्य चाडबाड़ मनाउने त परको कुरा शुभकामना पनि भन्न सक्दैनन् भने ती अन्धभक्त हुन्, क्रिश्चियन होइनन् । तिनलाई ‘मेरी क्रिशमस’ भनिरहनु जरूरी छैन । तिनले आखिर आमाले नै दिए पनि शैतानको मुखबाट आएको शुभकामना लिने होइनन् ।
एकदुई प्रतिशत नागरिकले मात्रै मनाउने चाडपर्वमा राष्ट्रिय बिदा दिनुभन्दा बरु कर्मचारीलाई वर्षको ३-४ दिन पर्व बिदा दिएर आफ्नो चाडमा छुट्टी लिन प्रेरित गरे राम्रो हुन्थ्यो कि ? एकजना पनि क्रिश्चियन नभएका हजारौं स्कुल बन्द गरेर क्रिश्चियनलाई नै पनि के फाइदा होला र ? बरु यो दिन स्कुलमा क्रिश्चियानिटी र क्रिशमसको ऐतिहासिक-सामाजिक मूल्य’bout शिक्षा दिए राम्रो हुन्थ्यो होला । तपाईंको के विचार छ ?
जसले यो पर्व मनाउनुहुन्छ, सबैलाई शुभकामना ।


From : Facebook User Narayn Gaunle

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .