-जनक मान डंगोल
कानमा 'खासखुस' कुरा गर्नेलाई नेपालीमा 'कानेखुसी' भन्छन भने छिमेकी हिन्दुस्थान भनिने भारतमा यसलाई 'मन्त्रणा' भानेर भनिन्छ । मन्त्रणा अर्थात कानेखुसीत हाम्रो देसमा गुरुहरुले बटुकहरुलाई गायत्री मन्त्रको ज्ञान दिने बेलामा मात्र गर्छन ।
छिमेकी हिन्दुस्थानमा कानेखुसी अर्थात 'मन्त्रणा' लाई भारतीय रास्ट्रपिता भनिने 'बापू' अर्थात महात्मा गान्धीले भित्र्यायेका हुन ।
तस्बिर साभार: Flickr |
अंग्रेजको ईसारामा धर्म निरपेक्षको ठेकेदार कांग्रेसी नेता स्व.पण्डित जवाहरलाल नेहरु संग खुसुक्क कानेखुसी गरेर महात्मा गान्धीले भारतलाई हिन्दुको लागी भारत र मुस्लिमको लागी पाकिस्थान बनाए । बिसाल देस टुक्र्यायेको सहन नसकेर नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका हुन भनेर भारतको ईतिहासले भन्छ ।
देखावटीरुपमा महात्मा गान्धीलाई रास्ट्रपिता भनेर मान्दै आएका छन तर सच्चा हृदयले भारतीय कांग्रेस बाहेक अन्य पार्टीका त्यस माथि सत्ताधारी भारतीय जनता पार्टीकाहरुले महात्मा गान्धीलाई मान्दैनन भन्ने भनाई पनि छ ।
छिमेकी भारतमा जे जे गर्यो नेपालमा पनि त्यहि त्यहि गर्ने चलन भएर होला २०४६ साल पछी नेपालमा पनि 'कानेखुसी' गर्ने चलन उल्का संग बढेको देखिदैछ ।
कानेखुसीकै भरमा स्व. गिरिजाले आफ्नै बहुमतको सर्खारलाई ढाले मानौ त्यतिखेर उनि नेपालको नभएर जापानी प्रधानमन्त्री हुन किनभने जापानमा आफ्नो सक्ति देखाउन आफ्नै बहुमतको सर्खार हुँदाहुँदै पनि संसद भंग गरेर मध्यावधि चुनाव गराउने चलन छ । केहि बर्ष अगाडी जापानी प्रधानमन्त्रीले संसद बिघटन गरेर देखाएका थिए ।
देसका ठुला पार्टी भनेर गर्व गर्न कांग्रेस, एमाले देखि माओबादी नामका तिन पार्टीका नेताहरुले कानेखुसी गरेकै भरमा देसमा 'प्रजातन्त्र' फालेर 'लोकतन्त्र' ल्याए र बिना जनमत देसमा धर्म निरपेक्ष लागु गरेर सदियौ पुराना राजतन्त्रलाई निलम्बनमा पारेर देखाए ।
भन्नलाई 'पुर्व राजा' र 'पुर्ब राजतन्त्र' भनेर भन्छन तर राजतन्त्र पूर्ण रुपमा बिघटन गरेको भन्ने कुनै आधार र प्रमाण छैन । संबिधान सभाको दुवै चुनावले पनि लोकतन्त्र स्थापनाको लागि यो संबिधान सभाको निर्वाचन गराइएको भनेर भन्नलाई पछी परेको छैनन् ।
जब सम्म संबिधान सभाको पूर्ण बहुमतले स्थाही संबिधान बनाएर राजतन्त्र हटाएको लिखित घोषणा गर्दैन तब सम्म पुर्ब हैन निलम्बित राजतन्त्र र निलम्बित राजा भनेर सम्बोधन गर्नु पर्ने हो तर त्यसो भने भए गरेको पाईदैन ।
देसी बिदेसी लोकलाई देखाउन अझै पनि कांग्रेस, एमाले र माओबादी नामका तिन थाने लोकतन्त्रका कथित भरियाहरु गाँड कोराकोरको नाटक गर्छन, एकले आर्काको सत्तो सराप देखि लिएर न्वारान देखिको बल निकालेर एकआर्का माथि सार्बजनिक गालि बेईज्जति गर्न समेत पछी हट्दैनन तर बर्षौ हुन लाग्यो यिनीहरुको 'कानेखुसी' भनिने भारतीय 'मन्त्रणा' आजको मिति सम्ममा जारिनै छ ।
यि तिन थाने पार्टीहरुको 'कानेखुसी' ले कुन दिन नेपाललाई 'सिक्किम' जस्तो बनाउने हो त्यसको कुनै टुंगो छैन किनभने हेर्दा यीनिहरू नेपाली नागरिकताधारी हुन तर यी सबै बिटुली सकेका छन । यिनीहरुको कामकारबाही देखि बानि ब्यबहारले त्यस्तै देखाउछ ।
लोकतन्त्रमा सबैलाई बोल्ने र लेख्ने छुट छ भनेर भन्न सिकाउने पनि यिनिहरुनै हुन । जनतालाई बोल्ने र लेख्ने छुट छ भने गद्दी त्याग्न बाध्य बनाईएर नामको अगाडी पुर्व लेख्न बाध्य पारिएका राजा ज्ञानेन्द्रको हकमा भने त्यस्तो छैन ।
देसको माया नेता तथा तिनका कार्यकर्ताहरुलाई छैन । यदि थियो भने देसको हितमा काम गर्थे होलान तर देसको चिन्ता लिएका पुर्व राजाले देस र जनताको बिषयमा दुई शब्द बोल्दा र लेख्नासाथ पार्टीका नेताहरुको मनमा हुण्डरी चल्न थाल्छ । बढी नबोल, पाएको सुबिधा खोजेर जेल हाल्छौ भनेर भन्न पछी पर्दैनन् । जनताको वाक स्वतन्त्रता हुन्छ भने गद्दी छाडन बाध्य पारिएका पुर्व राजाको वाक स्वतन्त्रता किन हुँदैन ?
राणाशाही निरंकुस थियो । आन्दोलन गरेर हटाईयो तर त्यो आन्दोलनमा दिबंगत राजा त्रिभुवनको देन थियो । स्व.राजा त्रिभुवनले त्याग नगरेको भए नेपालमा २००७ सालमा प्रजातन्त्रको स्थापना हुन् सक्दैन थियो भन्ने कुरा बुझेका पनि छन र ईतिहासमा पनि लेखिएको छ तर अझै पनि खुलेर भन्न सक्दैनन् । यदि त्यस्तो भन्न सक्ने ह्याउ भएका भए बिदेसिको ईसारामा जनताको मत बिना रातारात धर्म निरपेक्ष गणतन्त्र पक्कै पनि हुल्दैन थिए होलान ।
लोकतन्त्रमा जनताको मत बिना कुनै पनि काम कार्यहरु गर्न पाईदैन । यदि जनताको मत बिना काम कार्यहरु गरिन्छ भने त्यसलाई लोकतन्त्र भन्न मिल्दैन तर जनताको मत बिना हाल चलाईदै आएको शासन र राणाहरुले चलाएको शासनमा कुनै भिन्नता छैन ।
नेपालमा २०४६ साल् पछी पार्टीका नेताहरुले आफुलाई श्री ३ महाराज जंगे सम्झेका छन । जंगे महाराज अर्थात हुकुमी शासनको जन्मदाता । आफुले बोलेकोनै कानून हो भन्ने श्री ३ जंगे महाराज र अहिलेको पार्टी नेताहरुमा कुनै भिन्नता छैन तर निरंकुस शासन नै चलायेता पनि राणाहरु रास्ट्रियता अब्बली थिए तर अहिलेका नक्कली श्री ३ महाराज जंगेहरुले आफुलाई भने सिक्किमे काजि लेन्डुप दोर्जीको हैसियतमा पुर्याएका छन ।
जसरि सिकिमे काजी लेन्डुपले आफु स्वतन्त्र रास्ट्र तिब्बतको रास्ट्रपति बन्ने लोभ लालचमा भारतको सहयोग लिएर राजतन्त्र फाल्नमा कम्बर कसेर लागे तर रास्ट्रपति पद पाउनुको बदलामा स्वतन्त्र देस गुमाएर मुख्यमन्त्रीमा सिमित हुन पुगे । जनताको अगाडी नजर मिलाउने शाहस नभएर होला जन्मभूमि छाडन बाध्य भए । मृत्यु पनि बिदेसी भूमिमा भयो तर गद्धीच्युत भएका सिक्किमे राजाले आफ्नो जन्मभूमि त्यागेनन र आफ्नै जन्मभूमिमा प्राण त्यागे ।
नेपालमा पनि सिक्किमे घटना दोहर्याउन् भारत कम्बर कसेर लागेको धेरै बर्ष भयो तर सफलता हात पार्न सकेका छैनन् । एउटा लेण्डुपको बदलामा थुप्रै रास्ट्रघाती लेन्डुपहरु जन्माईएको छ । फरक के छ भने जसरि सिक्किमे अन्तिम राजाले देस छाडेनन त्यस्तै गरि गद्धीच्युत बनाइएका राजा ज्ञानेन्द्रले देस छाडेका छैनन् ।