Showing posts with label तस्बिरहरु. Show all posts
Showing posts with label तस्बिरहरु. Show all posts

Friday, September 03, 2021

सामुदायिक बिधालयमा एमाले पार्टीको मिटिंग

ने,क.पा एमाले ८ नम्बर वडाका महिला कमिटिको मिटिंग साम्दायिक बिधालय हिमगंगामा !

तस्विर: फेसबुकबाट साभार

 

Saturday, August 28, 2021

हामीले जानेकै भत्काउने हो

तस्विर: जनक मान डङ्गोल
हेटौडा औधोगिक क्षेत्र पुर्बी भागमा रहेको पर्खालको दृश्य । यस्ता मान्छे छिर्ने दुलाहरु अरु पनि थुप्रै छन । सुरक्षाको दृष्टिकोणले जायज पक्कै पनि हैन।

हेटौडा औधोगिक क्षेत्र ब्यबस्थापनको ध्यान कहिले जाला ?

Tuesday, May 25, 2021

खै ट्रली (बिजुली बाट चल्ने) बस ?

 

नेपालमा २०३२ पुस १४ देखि ट्रली बस सञ्चालनमा आएको थियो । तीन दशकसम्म राजधानीवासीलाई सेवा दिएको उक्त ट्रली बस २०६६ सालदेखि पूर्णरूपमा बन्द भयो । नेपालमा विद्युतीय बसको इतिहास चार दशकभन्दा लामो छ तर राजनीतिक खिचातानी र कार्यकर्ता भर्ती केन्द्रको रूपमा परिणत भएपछि चीन सरकारको अनुदानमा सहयोगमा सञ्चालित ‘ट्रली बस’ लामो समयसम्म सञ्चालन हुन सकेन ।  काठमाडौँबाट मध्यपुर ठिमी र भक्तपुरको सूर्यविनायकसम्म १३ किलोमिटर सडकमा सञ्चालन भएको ३२ वटा ट्रली बस अहिले कवाडीमा परिणत भइसकेको छ । ४३ वर्षअघि २२ ट्रली बससहित चीन सरकारले स्थापना गरिदिएको ट्रली बस सेवामा २०५२ सालमा दाताले १० बस थपेको थियो । बन्द हुने बेलासम्म नौवटा मात्र चालू अवस्थामा थिए ।

प्रजातन्त्र बर्खास्तीमा

 

२०१७ साल पौष १ गते स्व.श्री ५ महेन्द्रबाट प्रजातन्त्र बर्खास्त किन गरियो ?

हेटौडामा बिधुतिय सवदाह गृह बन्दै

तस्विर: जनकमान डङ्गोल

 हेटौडा उपमहानगर पालिका वार्ड नं. १० स्थित राप्ति नदीको तटमा  हेटौडा उपमहानगर पालिकाको आफ्नै लगानीमा बिधुतिय सवदाह गृह बन्ने भएको छ !

चाटुकारिताको उत्कृस्ट नमुना

 

तस्विर साभार: फेसबुकबाट

Wednesday, September 09, 2020

निर्माण सम्पन्न भयो जस्तो छ

नुवाकोट जिल्लामा रहेको एतिहासिक भैरबी मन्दिर २०७२ को भूकम्पले पूर्ण क्षति भएकोमा पुरानै स्वरूपमा तयार गरिएको छ !


Thursday, August 20, 2020

शुभकामना

पूर्व रास्ट्र सेवक जनकमान डङ्गोल !

Friday, November 09, 2018

तिहार २०७५

तिहार २०७५
स्थान: डंगोल चोक
हेटौडा - ८ कमाने मकवानपुर

Saturday, October 27, 2018

तरुणहरुको 'खाँटी काम !


  ईश्वर पाठक !
तरुण दल हेटौडाका अध्यक्ष !
हिजो सामाजिक संजाल फेसबुकमा आज संसरबार हेटौडा हस्पतालमा सरसफाई कार्यक्रम छ भनेर मेसेन्जरमा तिम्ता पठाम्नु भाकोथ्यो !
राम्रो कामको समर्थन र हौसला बढाउनु पर्छ भन्दै हामि दुई मकवानपुरे जागरणका दाज्यु भाई ब्यानको साँढे आठ बजे हेटौडा हस्पताल गएम !
हाम्रो हेटौडा राम्रो हेटौडाका तरुणहरु सामाजिक काम भने पछी हुरुक्क हुन्छन ! धेरै पटक देखेको छु !
आज संसरबार बरालिए हिड्नु भन्दा सामाजिक काम गरेको राम्रो भन्दै हेटौडा अस्पतालमा गएर सरसफाई गर्दैछन !
तरुण अध्यक्ष Ishwor Pathak नगर अध्यक्ष Sunil Giri जस्ता थुप्रै तरुण तरुणीहरु कोहि हातमा झाडु बोकेर बढ़ाल्ने, कोहि छरियर रहेको ढुंगा मिलाम्ने,कोहि ठेलामा फोहोरको थुप्रो ओसारी रहेका देखिन्थ्यो !
अझ रमाईलो र खास्साको कुरो के भने नि #चुरेमाई तरुण अध्यक्ष ईश्वर पाठकले घाँस चैँ मज्जाले काट्दै 'हेर डाम्नाहो खाँटी नेपाली भनेको यस्तो हुन्छ' भनेर देखाई दिए !
स्व.बि.पी का तेस्रो पिंढीहरु यस्तो काममा रमाउछन ! उता गगनहरु लाई गन्गन गरेर फुर्सद छैन ! भाखा नाघेका ओखती जस्ता बुढा नेताहरुको बारेमा के तितो पोखाई भो !
जस्तो देखियो ! त्यस्तै डामियो ! रिसाउन कि खुसाउन के को टयास टयास


Saturday, August 04, 2018

खाँटी प्रश्न

भियतनामका नागरिकहरुले यस्ता कलात्मक पुल बनाउन सक्छ भने हाम्रो देसका ले  किन बनाउन सक्दैन ? भनेर प्रश्न उठन सक्छ,
तर जवाफमा सक्दैन भनेर लेख्नु पर्ने हुन्छ किनभने हाम्रोहरुले भारतीय राजनीतिको घटिया नक्कल बाहेक अरु के नै गर्न सिकेका र सिकाएका छन !

तस्बिर साभार: बि.बि.सी हिन्दि

Monday, December 19, 2016

भत्काउन जाने तर स्याहार सुसार गर्न भने जानेनन

मित्ररास्ट्र चिन सरकारले सहयोग स्वरूप बनाई दिएको हेटौडा कपडा उधोग बन्द भएको निकै लामो समय भयो ! नयाँ सरकार संगै उधोग खुल्ने हल्ला चल्छ तर त्यो हल्लामानै सिमित हुँदै आएको छ ! प्रजातन्त्र देक्ल्ही गणतन्त्रले भ्त्काउन र बिगार्न जान्यो तर सपार्न र स्याहार सम्भार गर्न भने जानेनन !
तस्बिर: जनकमान डंगोल 

Thursday, September 22, 2016

रहेनन सुनसरी, ईनरुवाका सानेबाबू

मिति २०७३/६/२ गतेका दिन नेपालका एक चर्चित ब्यक्ति दिल बहादुर श्रेष्ठले यो धर्ती छोड्नु भयो । देसको लागी के कस्ता राम्रा कामहरु गर्नु भयो त्यो देस र  ईतिहासले मुल्यांकन गर्नेछ  । स्व.दिल बहादुर श्रेष्ठले नै  सुनसरी जिल्लाको सदरमुकाम 'ईनरुवा'मा राख्न ठुलो भूमिका खेल्नु भएको थियो ।

सामाजिक संजाल फेसबुकमा चर्चित पत्रकार  सुरेस आचार्य लेख्नुहुन्छ 'सुनसरी जिल्लाको लामो समय राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गरी २०१७ सालदेखि लगातार राष्ट्रिय पंचायत सदस्य (माननीय), मंत्री (स्वास्थ्य, गृह समेत), गाउँफर्क राष्ट्रिय अभियान केन्द्रिय समितिका सदस्य लगायत राज्यका महत्वपूर्ण पदमा रही सेवा गर्नु भएका सानोबाबु देखि सानेबाबू नामले समेत परिचित दिलबहादुर श्रेष्ठ- आफ्नो सक्रिय जीवनभर राजनीतिक माध्यम सामाजिक कार्यमा संलग्न रहनुभएको थियो ।
२०१५ सालको संसदीय आमनिर्वाचनमा नेपाली कॉग्रेसका नेता विपी कोइरालासंग थोरै मतले पराजित भए पछि उहॉ राष्ट्रिय राजनीतिमा उदाउनु भएको थियो । आफ्नो राजनीतिक ध्येयप्राप्तिमा लागिरहने श्रेष्ठ अत्यन्त फरासिला, मिलनसार, रमाइलो मिजाजका सामाजिक रुपमा घुलनशील व्यक्तित्व हुनुका साथै दुर्गा भवानी माता  भगवतीका कट्टर उपासक हुनुहुन्थ्यो' ।

खाँटीकुरा ब्लगका संचालक म जनकमान डंगोलको तर्फबाट पुर्व मन्त्रि तथा समाजसेवी स्व.दिल बहादुर श्रेष्ठ प्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनहरुमा समवेदना समेत प्रकट गर्दछु 
















शोकमा डुबेको ईनरुवाबासीले बजार बन्द गरि शोक मनाए

शोकमा डुबेको ईनरुवाबासीले बजार बन्द गरि शोक मनाए
शोकमा डुबेको ईनरुवाबासीले बजार बन्द गरि शोक मनाए