Showing posts with label Article. Show all posts
Showing posts with label Article. Show all posts

Saturday, September 13, 2025

नेपालको जासुसी संयन्त्र ध्वस्त भएकै हो ?

-जनक मान डंगोल ।
बि.सं. २०५४ सालको अन्तिम तिर तत्कालिन प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईराला कर्णाली एअरको १२ सिटे हेलिमा हेटौडाको हु.प्र. चौरमा अवतरण गरे । सो समय मध्य क्षेत्र प्रहरी कार्यालय हु.प्र. चौरको भाडाको घरमा थियो । प्रहरी नायव महानिरीक्षकमा रुपाल समशेर ज.ब.रा हुनुहुन्थ्यो । प्रधानमन्त्रीले प्रहरी नायव महानिरीक्षक ज.ब.रा लाई प्रश्न गर्दै भन्नु भयो डीआइजी साब नेपालको ईन्टेलीजिन्स किन फितलो ? हिजो हामि अन्डरग्राउन्ड भएको बेला तपाईको पुलिस जहाँ पनि पुग्थ्यो । त्यो समय कांग्रेसको नेताहरु छिमेकी भारतमा लुकेर बस्थे । त्यसैलाई लक्षित गरेर उहाँको भनाई आएको थियो भनेर बुझ्न सकिन्थ्यो र उहाँको आसय त्यो बेला माओबादी बिरुद्ध चलेको किलो सेरा टु प्रति लक्षित थियो । ज.ब.रा साबले प्रत्युत्तर दिंदै भन्नु भयो हैन हजुर अहिले पनि हाम्रो पुलिस ईन्टेलीजेंसमा तगडा नै छ । २०४६ साल पछी नेपाल पुलिसलाई तहस नहस बनाउनेमा नेपाली कांग्रेस पार्टीनै पहिलो नम्बरमा थियो । कांग्रेस पछी बनेको अरु पार्टीको सर्खारले कांग्रेसकै नक्कल गरेका हुन । नियुक्ति देखि सरुवा बढुवामा गरिएको चलखेल पछी धातक हुन्छ भनेर सोचेको भए र देश र जनताको लागी राम्रो काम गरेको आजको दुर्दिन देख्नु पर्दैन थियो । यसै हप्ता जेन जी नामको युवाहरुले गरेको हिंश्रक आन्दोलनमा कांग्रेस पार्टीको सभापति देउवा देखि निजकै श्रीमती पररास्ट्र मन्त्री माथि गरिएको हमला, नेताहरुको घरमा गरिएको आगजनी र आगजनी गर्दा नेताहरुको घरमा भ्रस्टाचार गरेर थुपारिएको अर्बौको नगद सम्पती माथी आगजनी हुँदा जलेर खरानी भएको दृश्य छरपस्ट भएको छ । अहिले पंक्तिकारलाई हिजो स्व.गिरिजाले भन्नु भएको ईन्टेलीजेन्स अर्थात जासुसीको जह्ल्झाली आँखा अगाडी नाची रहेको छ । नेपाल प्रहरीको सम्पूर्ण ब्यबस्था ध्वस्त नबनाएको भए पंचायती शासनमा जस्तै गुप्तचरीलाई अझै आधुनिक तरिकाले परिचालन गरेको भए नेपालमा न माओबादीको जन्म हुन्थ्यो न जेनजीको आन्दोलनमा देउवा दम्पतिहरुले कुटाइ खानु पर्थ्यो । उही कम्युनिस्टहरुले भन्ने गरेको 'ध्वंस पछिको नयाँ निर्माण' लाई सम्झेका छन भने छिमेकी भारतमा जस्तै सरकारी संयन्त्र माथि हात नहालेकै बेस । रास्ट्र सेवक भनेको देश र जनताको सेवाको लागी गठन गरिएको । नेताहरुको चाकरी गर्नको लागी हैन ।

Monday, September 08, 2025

नागरिकको आवाज दबाउने काम राम्रो हैन

-जनक मान डंगोल 
निरंकुस र तानाशाहीमा कम्युनिस्ट पार्टी संसारमा अब्बल नै छ । यिनीहरु प्रजातन्त्र र लोकतन्त्रमा बिस्वास राख्दैनन । सत्तामा पुग्नको लागी यिनीहरुले गरेको क्रान्ति र सत्तामा पुगी सके पछी यिनीहरुले जनता माथि गरिने दमनको उदाहरणमा अहिलेको सत्तासिन पार्टी गतिलो उदाहरण बनेर देश बिदेशमा चर्चा बनेर छाएको छ । नेपालको लोकप्रिय बिधुतिय पत्रिका देश संचारमा २४ घण्टा भित्र प्रकाशित समाचारहरु मध्ये ने.क.पा एमालेको बिधान महाधिबेसनको समाचारको यो अंस हेर्नुस.... 
एमालेको विधान महाधिवेशन अध्यक्ष केपी ओलीको महत्त्वाकांक्षालाई अनुमोदन गरेर सकिएको छ ।  ओलीले नै आठौँ महाधिवेशनमा पेश गरेको ‘पार्टीको लोकतान्त्रिकरण गर्ने प्रस्ताव’ले एमालमा बहुपद, दुई कार्यकाल र ७० वर्षे उमेरहद राख्ने वैधानिक निर्णय गरेको थियो ।  अहिले आफ्नै पूर्व प्रतिबद्धताविपरीत ओलीले विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि बाटो खोलेका हुन्। पूर्वराष्ट्रपति एवं पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको नवीकरण भएको पार्टी सदस्यतालाई खारेज गरेर ओलीले तेस्रोपटक पनि अध्यक्ष हुने बाटो खोलेका हुन् । https://deshsanchar.com/2025/09/07/1089293/ 
जेनजी पुस्तालाई प्रधानमन्त्रीको धम्कीः कानुनबारे जानेकै होला https://deshsanchar.com/2025/09/07/1089154/ 
राणा शासनको समयमा राणाशाहीको अत्याचार सहन नसकेर देश भित्र प्रजा परिषद पार्टी खोलिएको थियो । जुन पार्टीलाई पिंजडामा कैद गरिएको राजालेर समेत गोप्यरुपमा समर्थन गरिएको भनेर ईतिहासमा लेखिएको छ । देशमा बिरोधको बिषयमा खोलिएको पार्टीलाई साथ र समर्थन दिनुको साटो बिदेसी भुमि छिमेकी भारतमा गएर कांग्रेस र त्यसको २ बर्ष पछी कम्युनिस्ट पार्टी खोलिए । कांग्रेस र कम्युनिस्ट पार्टीले आन्दोलन गरेर देशमा प्रजातन्त्र त ल्याए तर देशमा बिदेसिको हैकम मज्जाले चलेको पनि देखिएको थियो । यदि त्यो समयमा राजा महेन्द्रले कांग्रेस कम्युनिस्ट पार्टीहरु माथि प्रतिबन्ध नलगाएको भए आज नेपाल पनि सिक्किम जस्तै भारतको एउटा हिस्सा बन्न पुग्थ्यो । कम्युनिस्ट पार्टीमा लागेर शिर्ष पदमा पुगेपछि बाचुन्जेल पद छाड्दैनन । समय पुगे पछी नेतृत्व दोश्रो पुस्तालाई छाड्थे भने कम्युनिस्ट पार्टीहरु दर्जनौको संख्यामा पक्कै पुग्दैन थियो । आफुले पाएको पद नगुमोस भन्नको लागी जस्तो सुकै कदम चाल्न पनि पछी पर्दैनन भन्ने ताजा उदाहरण माथि देश संचार बिधुतिय पत्रिकामा छापिएको समाचारलाई पढे पुग्छ । संसारमा जहाँ पनि जब अन्याय र अत्याचारले सिमा नाघ्छ त्यस पछी सुरु हुन्छ आन्दोलनको आँधीबेहरी । यदि प्रधानमन्त्रीले सत्ताको उन्मादमा म नै राज्य म नै कानून हो भनेर सम्झेका छन भने अन्तिममा भनिने शब्द 'बिनासकाले बिपरित बुद्धि' मात्र हो । 
२०८२/०५/२३

Friday, July 25, 2025

मधेसमा खडेरी किन लाग्दैछ ?

 

जनक मान डंगोल


जागिरे मुन्छे । महिनाको १ देखि दुई पटक मेरो तराई अर्थात महन्थ, भण्डारी, उपिंदर, राजिंदर, सि.के, रेसमहरुको मधेस गइ रहनु पर्छ । यो पटक मधेसको भुमि, अहिलेको गर्मि अनि त्याहाको खेत खलिहान देखेर मन चसक्क अनि कटक्क भो ।
यो हप्ता मैले त्यसै बिषयको
तश्विर खिचेर सामाजिक संजालमा पोस्ट गरे तर कसैले पनि त्यति चासोको साथ लिएको पाईन



अहिले श्रावण महीना । भीषण बर्षा भनेर गणतन्त्रका महान मौषमविद हरुले गरेको घोषणा र खबरदारी मिलेको भए यतिखेर मधेसको खेतको रोपाई सकिनु पर्ने थियो तर मधेसी सरकारले मधेसलाई सुक्खाग्रस्त घोषणा
गर भनेर नारा किन लाए ?

खर्च गर्न नसकेर बजेट फ्रिज, खर्च गरेको बजेटमा अत्याधिक बेरुजु, समयमा लेखा परिक्षण नगर्ने जस्ता रोगले गाँजेको मधेसलाई नेताहरुले चुनावको बेला गरेको बाचा पुरा गरेको भए आज खडेरीको समस्या भोग्नु पर्थ्यो ?

रामबरणको रास्ट्रपति चुरे संरक्षणको राम्रो सदुपयोग भएको भए आज चुरे देखि भित्रि मधेसको जंगलमा दिउसै टर्च बालेर हिड्नु पर्नेमा जंगल सखाप गर्ने यिनै पार्टीका बन तस्करी हरु हैन ?


रुख भएन  भने जीवन हुन्न भन्ने बनका हाकिमहरुले सरकारी रासन पानि खुवाएर पालेका आफ्ना शसस्त्र फौजलाई ब्यारेकमा सुताएर राख्ने कि बन तस्करहरु लाई कारवाही किन गर्दैनन ? जब जंगल नै सखाप भए पछी मधेसको जमिन मुनि पानि कसरि संचित भएर बस्छ ?

आजको खाँटी प्रश्न यहि नै हैन र ?

मिति: २०८२/०४/०९ गते !


Saturday, June 28, 2025

बिदेसी वाद र सिद्धान्त स्वदेसीको लागी हानिकारक हुन्छ



२००६/०१/१० गते ने.क.पा अर्थात नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको दिन ।

राणा शासनको समयमा नेपालमा राजनीतिक पार्टी खोल्ने हिम्मत को कसैको थिएन त्यसैले भारतको कलकत्ताको श्याम बजारस्थित एक बंगालीको घरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो

स्थापना हुनु भन्दा पहिलानै विवादमा रहेको थियो नेपाल कम्युनिस्ट पार्टी

कम्युनिस्ट विचारधारामा लाग्नेहरु आर्काको अस्तित्व स्वीकार्न सक्दैनन भन्ने कुरा पार्टी स्थापनाकै समयमा देखि सकिएको थियो पुष्पलाल श्रेष्ठले पनि पार्टी स्थापना गरि सके पश्चात मात्र स्थापना भएको जानकारी दिएका थिए

पुष्पलालले काठमाडौँबाट कलकत्ता पुगेका नेवारहरुलाई मात्र समेटेर पार्टी स्थापना गर्दा महासचिव पदमा आफैलाई राखी संस्थापक सदस्यहरुमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीलाई राखेका थिए

भारतमा अध्ययन गर्न गएका थुप्रै नेपाली बिधार्थीहरु मध्ये कोहि कम्युनिस्ट विचारधारामा लागे कोहि समाजबादमा

कम्युनिस्ट विचारधारामा लाग्नेहरु पनि कोहि मार्क्सवादी कोहि लेनिनबादीमा लाग्ने थिए यिनै विचारधाराले गर्दा पटक पटक पार्टी फुटको संघारमा परेको देखिन्छ

कम्युनिस्टहरु एक पटक सर्बोच्च पदमा पुगे पछी नमरे सम्म त्यो पद छाडन चाहादैनन यदि पार्टीको सर्बोच्च पदमा पुग्न सकिदैन भने अनेक थरिको बहाना बनाएर पार्टी छाडेको घोषणा गर्छन र तुरुन्तै आर्को पार्टी गठन भएको जानकारी दिन्छन  बाबुराम भटराई, नेत्र बिक्रम चन्द, भिम रावल, बामदेब गौतम, माधब नेपालहरु अहिलेका ताजा उदाहरण हुन

बिदेसी वाद र दर्शन घोकेर अरुहरु लाई पनि आफु हिडेको बाटोमा हिड्न बाध्य पार्ने कम्युनिस्टहरु मुढे बलका हुन्छन आफ्नो बिचारको समर्थन  गरेन भने उनीहरुकै भाषामा सफाया गर्न बेर मान्दैनन ताजा उदाहरणको लागि माओबादीको खोले ओढेर जनयुद्धको कथित खेति गरेका कम्युनिस्ट पार्टीलाई हेरे पुग्छ अहिले त्यो पार्टी पनि टुक्रा टुक्रामा परिणत भएको छ र अझै पनि बन्दुककै भाषा बोल्न छाडेका छैनन 

बिदेसी वाद र दर्शन घोक्नेहरुले नक्कल मात्र गर्न जानेका छन कम्युनिस्टमा लाग्नेहरुले धर्म मान्नु हुदैन भन्दै सनातनी धर्म र संस्कृति मासे तर सो को बदलामा बिदेसी धर्मलाई मज्जाले हुर्काई दिए सो बापत आफ्ना सन्तान दर सन्तानलाई पुग्ने धन सम्पति जोडे तर धर्म नमान्ने कम्युनिस्ट ताउकेहरुको गलामा रुद्राक्षको माला, निधारमा चन्दन रातो टिका दल्दै  गलामा तिब्बती खादा पहिरिदा आत्म ग्लानीको बोझले थिच्यो कि थिचेन आफै जानुन तर बिदेसी भूमिमा हुर्केको यो बिषवृक्ष स्वदेशमा झाँगिदै गएको फलस्वरूप आज नेपाली जनताको छोराछोरीहरु बिदेसी भूमिमा पसिना बगाउन बाध्य भएका छन भनेर चेत चै कहिले पलाउला

२०८२/०३/१४ !

 


Wednesday, June 24, 2020

विकासे मूल असार महिना मात्र किन फ़ुटाईन्छ ?

जनताको लागी भनेर राजनीति देखि बिकास निर्माणको काम गरेका हुन् भने देशको बजेटले धान्न नसक्ने गरि पहिचान र संघियताको खेति किन गरियो ? पहिचान र संघियताको खेती मौलाएर मिलेर बसेको जनताहरु अहिले एक आर्काको दुश्मन बन्न बाध्य बनेका बनाईएका छन भने जनताको नाममा यस्तो राजनीति गर्न हाम्रा नेताहरुलाई कसले सिकायो ?

उखान टुक्का भन्नमा हाम्रा दुई तिहाईको प्रधानमन्त्रीलाई विश्वका कुनै पनि नेताहरुले जित्न सक्दैनन । जब भयो राती अनि बुढी तातीभन्ने उखान टुक्का हाम्रा प्रधानमन्त्रीले पक्कै पनि हाल्नु भयो होला ।

नेपालमा बर्ष भरिको हरहिसाब असार महिनामा गर्ने गरिन्छ जसलाई आर्थिक भाखामा साल तमामीभन्ने गरिन्छ । जब बैशाख लाग्छ अनि नेपालमा सरकारी देखि दाताहरुको बजेट कसरि सक्ने भन्ने छटपटाहट सरकारी राष्ट्र सेवक देखि नेताहरुमा देखिन्छ ।

राणा देखि राजाको शासनकालमा देशमा बिकास भएन । शासन ब्यबस्था निरंकुस भयो भन्दै २००७ साल देखि जेहाद छेडेर २०६४ सालमा देश जोडनेको सन्तानलाई शासन सत्ता छाडन बाध्य बनाउने पनि कांग्रेस तथा कम्युनिष्टहरुनै हुन् ।

६४ देखि आजको दिन सम्मलाई मात्र पनि गणना गर्ने हो भने १३ बर्ष भयो । बिकासको लागी १३ बर्ष भनेको चानचुने कुरा पनि हैन तर गणतन्त्रको स्थापनाको १३ बर्षमा के कति बिकास भयो त्यो सबैले प्रत्यक्ष देखि सकेपछी पंक्तिकारले बयान गर्नु नपर्ला ।

कुनै पनि बिकास निर्माणको काम फुमन्तरको तालमा एक दुई महिनामा पक्कै पनि सम्पन्न गर्न सकिदैन । कम्तिमा पनि छ देखि एक बर्ष सम्ममा सम्पन्न गर्न सकिने बिकास निर्माणको काम कार्य आर्थिक बर्षको पहिलो महिना श्राबण देखि चैत्र अर्थात नौ महिना सम्म गरिदैन । राष्ट्रसेवक, मन्त्रिहरु देखि पार्टीका कार्यकर्ताहरु त्यो अवधिमा कानमा तेल हालेर कुम्भकर्ण बनेर बस्छन ।

हरेक शब्दमा जनघुसाउने कम्युनिष्ट पार्टीहरु हुन । कम्युनिस्ट पार्टीले जे जति गर्छन त्यो सबै जनअर्थात जनताहरुको लागी हो । जनताहरुको लागी भनेर देशमा कांग्रेस संग लागेर प्रजातन्त्र देखि गणतन्त्र सम्मको खेति गरेकै हुन जुन खेति आजका मिति सम्म राम्रैसंग मौलाएकै छ । असारे बिकास त्यसैको नमुना हो

जब चैत्र सकिन लाग्छ त्यस पछी जब राति अनि बुढी तातीभन्ने उखानलाई पछ्याउदै हस्यांग फस्यांग गर्दै टेन्डर बोलकबोल आब्हान गर्दा बैशाख महिना त्यसै बितेर जान्छ । जेष्ठको दोश्रो देखि तेस्रो हप्ताबाट नगर देखि गाउँमा बिकासको मूल फुटन सुरु हुन्छ । त्यही फुटेको बिकासको मूलले नेता देखि राष्ट्र सेवक हुँदै कार्यकर्ताको ढुकुटी भरिने तर बिकासको काम भने रातभरी रुंग्यो बुढी जिम्दैहुने गरेको देखिएको छ भने बिकास निर्माणको काम हिउँद महिनामा किन गरिदैन ?

साल तमामी आयो । असार भरिमा बजेट जसरि भए पनि सक्नु पर्ने हुन्छ । त्यसैको चटारोले होला हेटौडा उप महानगर पालिकाको वार्डनम्बर ३ र १३ मा सडकको बिचमा नै बिजुलीको पोल भएको देख्दादेख्दै पनि स्लाब ढलान गर्दा उक्त सडकमा साना सवारी  र मोटर साईकल बाहेक अरु सवारी संचालन नहुने भएको छ । यो त एउटा सानो उदाहरण मात्र ।

अहिले हेटौडा उप महानगर पालिकाको केहि वडाहरुमा बाटो, ढलको काम युद्धस्तरमा सुरु गरिएको छ । हिउँद महिनामा सुरु गरेको भए यति खेर काम सक्किएर नालीमा सललल पानी बग्थ्यो होला भने बाटो हिलो पक्कै पनि हुँदैन थियो । बिकास निर्माणमा खर्चिने पैसा जनताबाट उठाएको करले गरिने हो । जनताको पसिनाबाट सिंचित भएर जम्मा गरिएको पैसा समयमै खर्च गर्न सक्दैनन भने हरेक शब्दमा जनघुसाउने अधिकार कांग्रेस देखि कम्युनिस्ट पार्टीको नेताहरुलाई छैन । बिकास निर्माणको काम समयमै गरेका भए यस्तो दुर्दिन देख्नु पर्दैन थियो भने हिउँद सकिए पछी बिकास निर्माणको काम सुरु गर्नु पर्छ भन्ने गुरुमन्त्र हाम्रो राजनेता देखि राष्ट्रसेवक हुँदै पार्टीका कार्यकर्ताहरुलाई को कसले दिने रैछ त्यसको पहिचान अब समयमै हुनु जरुरी छ ।

Saturday, May 23, 2020

‘जुन गोरुको सिंग छैन उसको नाउँ तिखे’

कहिले मुगल (मुश्लिम) साम्राज्य अनि कहिले अंग्रेज (बेलायती) साम्राज्यको गुलामी खेपेका हिन्दुस्थानी
, इन्डेन, भारतीय तिन नामधारीहरू लाजै नमानी संसारमा बीर गोर्खाली भनेर  पहिचान बनाएकोलाई  चिप्लो घस्दै छोटेभाईको साईनो लाउछन ।

पुर्बी एसिया थाईल्याण्ड, मलेसिया, ईन्डोनेसिया जस्ता देशहरुमा भारतीय भनेको कसैले पनि बुझ्दैनन ! ओरांग ईन्डिया (ओरांग भनेको मान्छे) भन्छन ।

अंग्रेज संगको लडाईमा हाम्ले सुगौली सन्धिमा गुमाको भूभागमा अहिले पनि बिहावारी चल्छ । रोटि र बेटीको साईनो भनेको त्यो हो । भारत भन्ने देश त अंग्रेजले छाडेर गए पछी बनेको हो भने हाम्लाई छोटेभाई भन्न गुलामहरु लाई लाज लाग्दैन ?

२०४६ साल पछी राजनीतिमा चम्केका स्व.गिरिजा प्रसाद कोईरालाले आफु सत्तामा हुँदा गान्धारिले आँखामा पट्टि बाँधेको जस्तरी मुखमा पट्टि बानेर बस्थे । जब सत्ताबाट बाहिर हुनासाथ ग्राण्डडिजाइन भनेर कुर्लिन्थे तर त्यो भनेको के हो भनेर कसैले खोजीनिती गरेनन ।

बिक्रम सम्बत २००४ सालमा राणा शासन फाल्ने भनेर भारतमा बसेर खोलेको पार्टी हो कांग्रेस अनि त्यसको दुई वर्षा पछी भारतमै खोलिएको हो कम्युनिस्ट पार्टी । भारतमै बसेर नेपालको जनताको हत्या गर्ने आतंककारी पार्टी हो माओबादी ।

आर्काको नुनपानी खायेसी सके फकाएर नसके तर्साएर लुटेर असुल गर्छन नेपालको ठुला नदीहरु कोशी, गण्डक, महाकाली देखि कालापानी लिपुलेक त्यसै लुटेका छैनन राणा, पंचायत फालेर १७ हजारको हत्या गराएर गणतन्त्रको स्थापना, अनि स्व.गिर्जाले भन्ने गरेको छिमेकीले रचेको ग्राण्ड डिजाईनको अर्थ कांग्रेस कम्युनिस्टहरुका सिपाहीहरु लाई अब थाहा भो होला ।

 

Thursday, April 09, 2020

सामन्ती भन्नेहरु आज सामन्ती किन बने ?

 

आई बक्स्योस, भुजा ज्युनार गरि बक्स्योस, नजर गरि बक्स्योस अर्थात भाका नेपाली नै हो तर पछाडी .. स्योस लगाएको देख्नासाथ, सुन्नासाथ 'सामन्ती' शब्द हुन्छ ।

गरिब मारेर धनि भएसी बल्ल सामन्ती हुन्छन । पन्चेतीकालमा कांग्रेस र कम्युनिस्टले जनताहरुको घर दैलोमा गएर यस्तै भन्थे ।

बिचरो सामन्ती पन्चेतलाई ३० बर्ष टिक्न दिएनन । चैत २६ को कालोग्रहणले नेपालको माटो सुहाउँदो पंचायती ब्यबस्था स्वाहा बनाईयो ।
बाबुराम भटराई आफुलाई खाँटी कम्युनिस्ट भन्छन । प्रधानमन्त्री भए पछी मेरो अगाडी कसैले पनि सामन्ती भाखा नबोल्नु भन्ने उर्दी जारि गरेको पनि देखिएकै हो ।
शोषक र सामन्तीको दर्जा पाएका खाँटी पन्चेहरु अहिले हरिकंगाल भएका छन । पन्चे भन्दा हरि कंगाल जंगे महाराजको सन्तान छन । बिदेसी सामु ति दुबैले घुंडा टेकेनन । टेकेको भए नेपालमा अहिले पनि श्री ३ महाराजकै शासन हुन्थ्यो ।
२०४६ साल पछी कांग्रेस र कम्युनिस्टले पनि सामन्ती भेषभुषा, भाषा, लवाई खवाई सिके । त्यसैको प्रभावले होला हिजोका हरिकंगालहरु अहिले श्री ३ को खांगी खाने हैसियतमा पुगेका छन तर खाँटी कुरा चै के भने चैत्र २६ गते आएको दिनमा यिनको मन अझै पनि झसंग हुँदो रहेछ । सामाजिक संजालहरुमा पोस्ट भएको लेखाईले त्यहि देखायो ।
राणा देखि पंचायतलाई नजिकका आसेपासे चाटुकारले स्वाहा बनायो । राणाकै पालाको चाटुकार सातसाले प्रजातन्त्रमा छिरेकै हो । सत्र सालमा पंचायत ल्याउन तिनैले भूमिका खेले । छयालीस देखि चौसट्ठी ल्याउने पनि तिनै हुन । धन र दौलतको लागी आफैलाई निलाम गर्न पछी नपर्ने तिनैको मोहजालमा अहिलेकाहरु नराम्रो संग फँसेका छन ।
चाटुकारहरु संग ईमान जमान देखि नैतिकता हुन्न । धन दौलतको लागी देश बेच्न पछी पर्दैनन । उदाहरणको लागी सिक्किमे काजि लेण्डुप दोर्जीलाई हेरे पुग्छ तर लेण्डुप बन्न जति सजिलो छ मरणको बेलामा पाईने तिरस्कार सास्ती कस्तो हुन्छ भन्ने कुरा सिकिमको ईतिहास खोजेर पढुन ।

 


Sunday, May 27, 2018

गरिबको लागि लड़ने लालकंगालहरु एकाएक धनपति कसरी भए ?

पन्चेती शासनमा पाउरोटी चप्पल पड्काउने लालकङ्गालहरु अहिले श्री ३ माहाराज सरहको हैसियतमा कसरि पुगे ?
राणाशाहीले देस र जनताको लागी केहि गरेन । जनतालाई दास बनाए । बोल्न लेख्न र स्वतन्त्रता पाएन भनेर २००७ साल भन्दा अगाडी देखिनै देस भित्र र बाहिर बसेर क्रान्ति गरे । जनता नेपालमा उर्लिए तर राणाशाही संगको सम्झौता भारतको दिल्लीमा बसेर गरे । सिधा र सहि अर्थमा भन्ने हो भने नेपालमा २००७ सालमा स्थापना भएको पहिलो पटकको प्रजातन्त्र बिदेसि अझ खासगरी छिमेकी भारतको चाहना र हितमा हो भनेर बुझ्न सकिन्छ । उदाहरणको लागी नदि देखि खोलानाला र सिमा मिचाई हेरे पुग्छ ।

२००७ सालमा राणा शाही हटाउने भन्दै गरिएको आन्दोलनको जस नेपाली कांग्रेस पार्टीलाई गएको थियो भने त्यो समयमा गरिएको क्रान्तिमा कम्युनिस्टहरु पनि संलग्न थिए तर नगण्यरुपमा । बहुमतको संख्यामा कांग्रेसीहरु भएको हुँदा जस जति कांग्रेसले पायो किनभने त्यो बेला नेपालको जनताले कम्युनिस्टको अर्थ पनि बुझेका थिएनन । नेपालमा कम्युनिस्ट पार्टी पनि छ भनेर धेरै नेपाली जनताहरुलाई थाहा पनि थिएन । २०२८ सालको झापा काण्ड पछी मात्र नेपालमा पनि कम्युनिस्टहरु रैछन भनेर धेरथोर जनताले जान्ने र बुझ्ने मौका पाएका हुन  ।
नेपालमा सबै भन्दा दुख्याहा पार्टी नेपाली कांग्रेस हो । हिजो क्रान्तिको नाउँमा राणा शाही देखि पंचायती शासनमा जेलनेल देखि सरकारको चरम दमनमा नेपाली कांग्रेसकै असंख्य पार्टीका नेता देखि कार्यकर्ताहरु परेका थिए । पटक पटक आन्दोलनको नेतृत्व गर्ने मौका पाएको नेपाली कांग्रेसले जब आन्दोलन सफल भएर सत्तामा जाने मौका पाउछ त्यसपछि ‘नानी देखि लागेको बानि’ देखाउन थालेकै भएर होला नेपाली कांग्रेस भनेको सामन्तीको पार्टी हो भनेर कुनै समयमा कम्युनिस्टहरुले आरोप पनि लगाउथे । हैन पनि भन्न सकिन्न किनभने कांग्रेस भनेको कुम्भकर्णका फौजहरुले भरिएको पार्टी हो ।
सामन्ती अर्थात धनीमानी । यो पदवी हिजो पंचायतमा लाग्नेहरुले पनि पाएका थिए  भने जन्मिदै जर्नेलको दर्जा पाउने राणाहरुको बिषयमा त झन के टिप्पणी गराई भो । देस र जनतालाई नचुसे सम्म धनि बन्न पाइदैन । धनि नभए सम्म गरिबहरुले हेपेर भन्ने गरिएको सामन्तीको दर्जा पाईदैन ।
२००६ सालमा जन्मेको कम्युनिस्ट पार्टीहरु टुट्दै जुट्दै फुट्दै फेरी एकआपसमा गोलबन्द हुँदै पटक पटक क्रान्तिको नाउँमा गरिब तथा दुखिया जनताहरुलाई ‘गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको ग्यारेण्टी पक्का’ भन्दै सडकमा उचालेर सत्तामा पुगे । हिजो पंचायती शासनकालमा बिहान बेलुकी दुई छाक हातमुख जोर्न नसक्ने गरिब जनताको घरमा सेल्टर (आश्रय) लिएर तिनै गरिब जनताको दिमाग भुटेर सडकको राजनीतिमा होमे र होमिन लगाए । क्रान्ति देखि आन्दोलन सफल भयो भन्दै पटक पटक सत्ताको स्वाद पनि चाख्न पाए र अहिले पनि चाख्दैछन ।
२०३६ देखि ४६ सालको बिचमा साहुको ऋण तिर्न भनि गाको मेरो छोरो..... मेरो छोरो धनजिते फेरी फर्केन’ भन्दै जनभाकाको करुण रसको गित होस या लौ उठ नारि अब एक जुट भै देउ चण्डी बनिदेउ कति संधै दाशी हुने’ भन्दै बीर रसको गित गाएर जनताको नाउँमा राजनीति गरेर आफुलाई खाँटी कम्युनिस्टको परिचय दिन अहिलेका नेताहरु सफल पनि भएका थिए । पंतिकारले अहिले सम्म पनि बिर्सन नसकेको त्यो बेलाको गीतको यो टुक्रालाई अहिले धेरै नेताहरुले बिर्सी सकेका छन र यदि बिर्सेका छैनन भने सम्झिन पनि चाहदैनन ।
कुरो शोषक र सामन्तीको उठ्न सक्छ । हिजो २०४५ सालमा आफैले सामन्तीको दर्जा दिएको कांग्रेस संग घांटी नजोडेको भए अहिलेका कम्युनिस्ट पार्टीका नेताहरु अहिले सम्म पनि गरिग गुरुवाहरुको रासन पानीमा बाँचेर सेल्टरकै राजनीति गर्दै हिड्थे होलान । 

कांग्रेस पार्टीको संस्थापक नेता स्व.बि.पी २०४६ साल सम्म बाँचेको भए  कम्युनिस्टहरू संग पक्कै पनि लगन गाँठो कस्दैन थिए किनभने स्व.बि कोईराला आफु बाँचुन्जेल कहिले पनि कम्युनिस्ट पार्टीको संगत गरेनन । आफ्नाहरुलाई पनि गर्न दिएनन । जानेर र बुझेरनै स्व.बि.पी त्यस्तो गरेका थिए तर आफ्ना जन्मदाताले किन त्यस्तो गरे भन्ने कुरोको चुरो पत्ता नलगाई छयालीस सालमा जोडेको घांटीले गर्दा अहिले कांग्रेसीहरु पछुतो मान्दैछन ।
पंचायत ढालेर प्राजातान्त्र स्थापना गर्ने भन्दै प्रजातन्त्रको  लडाई लडेर आएको पार्टी एमाले र उत्तरी छिमेकी देस चिनका स्वर्गीय नेता कमरेड माओको नाम बेचेर 'गणतन्त्र हामीले स्थापना गरेको हौभन्ने माओबादी पार्टी अहिले आएर एकीकरण भए । एमाले होस या माओबादी यी दुवै कम्युनिस्ट पार्टी हुन तर हिजो जनयुद्धको नाउँमा एमाले पार्टीका थुप्रै नेता तथा कार्यकर्ताहरुलाई माओबादीहरुले दुस्मनको पगरी भिरायर सफाया देखि अंगभंग हुँदै आफ्नै थातथलो छोडन बाध्य बनाएको घटनालाई बिर्सदै दुवै मिलेर बनेको पार्टीको नाम पनि 'नेपाल कम्युनिस्ट पार्टीभनेर राखेका पनि छन । यस्तो गर्दा आफ्ना कार्यकर्ताहरु खुसि भए कि दुखि त्यसको बयान के गराई भो ।
देसमा यतिखेर रास्ट्रपति देखि प्रधानमन्त्री, सभामुख देखि रास्ट्रिय सभा, प्रदेसहरु सम्म एमाले-माओबादीको बिचमा लगन गाँठो कस्सिएर बनेको कम्युनिस्ट पार्टीको सरकार छ । यी दुईको घांटी जोडाइले गर्दा देसमा प्रजातन्त्रको जग बसाल्ने P]तिहासिक कांग्रेस पार्टी बिपक्षमा पुग्न बाध्य भएको छ । सरकार गठनको १०० दिन पछी जनताको अगाडी प्रधानमन्त्री देखि मन्त्रीहरुले पेस गरेको सम्पति विवरण हेर्दा यतिखेर सत्ताका स्वाद चाख्दै बसेका कम्युनिस्ट पार्टीका मन्त्रिहरुले कांग्रेस देखी पुराना पन्चहरुको पार्टीहरु लाई उतिबेला आबेगमा आएर हामीहरुले 'सामन्तीको पार्टीभनेर हामीले आरोप लगाउनु हुन्थेन भनि सोच्दै बसेका होलान ।
हिजो सरकारको बिरुद्ध लडाई लड्नु भन्दा अगाडी जन समर्थन जुटाउने उद्धेश्यले जनताको घर दैलोमा जाँदा कम्युनिस्टहरु भनेका जोगी हुन भोगी हैनन । कम्युनिस्ट पार्टीमा लाग्नेहरुको कुनै जात धर्म हुदैन । कम्युनिस्ट पार्टीमा लाग्नेहरुको धन सम्पति सबै पार्टीको हुन्छ भनेका थिए ।
हिजो त्यस्तो भन्ने लालनेताहरुले अहिले मन्त्रि पदमा पुगेपछि पेश गरेको सम्पति विवरण हेर्दा तोलाका तोला सुनचाँदीहिरा जवाहरात देखि करोडौको बैंक ब्यालेन्स तथा सेयरहरु देखिन आएको छ । जनबादीको नाउँमा आफ्नो कुल धर्म र संस्कृति देखि परम्परा मिचेर बिहा गर्दा आफ्ना जन्ती कमरेडहरुलाई एक एक कप तातो चिया त्यो पनि कालो फिक्का समेत खुवाउने हैसियतमा थिएनन तर अहिले आएर विलासी गाडी चढ्ने हैसियतमा कसरि पुगे श्रीमतीको नाउँमा आएको दाईजो भन्नेहरुले हिजो जनताको घरमा सेल्टर लिएर आफ्नै सहकर्मी संग जनबादी बिहा गरेको एक दुई दसक नबित्दै कसरि धनबादी बन्न पुगे । आफ्नो कमाई भनेको सबै पार्टीको हुन्छ भन्नेहरुले सम्पति विवरण खुलाउँदा ति सबै सम्पतिहरु पार्टीको नाउँमा देखाउनु पर्ने हो कि होईन ?
२०४६ साल पछी सबै पार्टीका नेता देखि तिनका तल्लो तहका कार्यकर्ताहरु सम्म मालामाल बनेका छन । माईक्रो फाईनान्स सहकारी देखि बैंकनिजि स्कुल देखि कलेज सम्म खोल्ने  हैसियत बनाई सकेका तिनीहरुले हिजो पन्चेती शासनकालमा निजि शिक्षा प्रणालीको बिरोध पनि गरेकै थिए । छिमेकी भारतको बिषयमा भीत्ता भित्तामा लेखिएका उग्र नारा देखि पर्चा पम्पलेटमा लेखिएको बिरोध पनि देख्न र पढ्न पाईएको थियो तर क्रान्ति नेपालमा सन्धि र सम्झौता भारतमा बसेर गर्न समेत कम्युनिस्ट पार्टीका नेताहरु लाज मान्दैनन भने नेपालको कम्युनिस्ट पार्टीले अब पनि कांग्रेस देखि पुरा पूर्व पन्चहरुको पार्टीलाई शोषक र सामन्तीको पार्टी भनेर भन्न सक्ने ह्याउ राख्लान नेपालको कम्युनिस्ट पार्टीका नेताहरुले देस र जनताको लागी क्रान्ति गरेका रैछन कि आफ्नो लागि भनेर सोध्ने बेला भयो कि भएन ?
(प्रदेस रास्ट्रीय दैनिक हेटौडा मकवानपुरको मिति २०७५/०२/१३ गेट आईतवारको अंकमा प्रकाशित)

Saturday, March 31, 2018

आफ्नो फाईदाको लागी जनता जुधाउने पार्टीलाई बहिष्कार गर्नु पर्दछ


भारत उत्तर प्रदेशको क्षेत्रीय पार्टी समाजबादी तथा बहुजन समाज पार्टी केहि दिन अगाडी सम्म एक आर्काको घोर बिरोधिको रुपमा परिचित थिए ।
बिहार राज्यको क्षेत्रीय पार्टी रास्ट्रिय जनता दल तथा जनता दल युनाईटेड पनि अहिले आएर एक आर्काको घोर बिरोधि बनेका छन ।
पश्चिम बंगालको त्रिणमूल कांग्रेस पार्टी र बामपन्थी पार्टी अहिले एक आर्काको घोर बिरोधि बनेका छन तर कुनै समय एक आर्कासंग लगन गाँठो कस्न बेर मान्दैनन ।
यी केहि उदाहरण हुन ।
लामो समय सम्म भारतको शासनमा आफ्नो पकड जमाउन सफल भएको भारतीय कांग्रेस पार्टी अहिले ४४ सिटमा खुम्चेर रहेको छ ।
केहि बर्ष देखि भारतको राजनीतिमा अब्ब्लता कायम गर्न सफल भएको भारतीय जनता पार्टीको दिन प्रतिदिनको लोकप्रियता बाट अहिले माथि उल्लेख भएका पार्टीहरुको होस् हवास गुम भएको देखिदैछ । आउंदै गरेको चुनावमा कुनै पनि हालतमा भारतीय जनता पार्टीलाई रोक्न सकिएन भने राजनीतिक भविष्यनै अन्धकारमा पर्ने भयले पश्चिम बंगालको मुख्य मन्त्रि तथा  त्रिणमूल कांग्रेस पार्टीको अध्यक्ष ममता बनर्जीको अगुवाईमा मोर्चाबन्दी बनाउदैछन ।
बिहार राज्यको पुर्व मुख्य मन्त्रि लालु प्रसाद यादब पटक पटक मुख्य मन्त्रि भए । अहिले करोडौ करोडको चारा घोटाला काण्डमा मुछिएर अहिले जेलमा परेका छन । आफु बिरुद्ध आएको फैसला बाट अत्तालिएर यादब अहिले अस्पताल भर्ना हुन पुगेका छन ।
अस्ति राम नवमी पर्वको उपलक्ष्यमा भारतीय जनता पार्टीले बिहार, उत्तर प्रदेस तथा बिहारमा झाँकी सहितको जुलुस प्रदर्शन गर्यो । हिन्दुत्वको नारा बोकेको भारतीय जनता पार्टीको जुलुसमा आक्रमण भयो । त्यहि बिषयलाई लिएर अहिले बिहार तथा पश्चिम बंगालमा साम्प्रदायिक दंगा फैलिएको छ । बिपक्षी पार्टीहरु केन्द्रिय सरकार माथि दोष थुपारेर आफु पानि माथिको ओभानो बन्दैछन । को सहि को गलत छानबिनले बताउला । अहिले सम्म लेखिएको समाचारले औलो माथि उल्लेख भएको पार्टीहरु प्रति तेर्सिन खोजेको हो कि भन्ने भान हुदैछ ।
आफ्नो प्रदेसमा भएको घटनाको बारेमा मुख्य मन्त्रि ममता बनर्जीलाई थाहा नभएको पनि हैन तर कलकत्तामा बसेर साम्प्रदायिक हिंसाको बारेमा को सहि र को गलत भनेर छानबिन गराउनु पर्नेमा दिल्लीमा बसेर भारतीय जनता पार्टी बिरुद्दको अगुवाईमा मोर्चाबन्दी निकालेर बसेकी छिन ।
राजनीतिक पार्टीका नेताहरु चुनावको समयमा मात्र मतदाताहरु सम्झिन्छन । जनताको दुख पिरमा साथ दिनु राजनीतिक पार्टीका नेताहरुको आफ्नो धर्म र कर्तब्य पनि हो तर सत्तामा पुगेपछी वा बिपक्षमा पुगेपछि साम्प्रदायिक दंगा फसाद गराउन समेत बेर मान्दैनन जनतालाई दुख कस्ट दिने त्यस्ता राजनीतिक पार्टीको पछी लाग्नुको के अर्थ ?
हरेक कुरामा भारतको नक्कल गर्नमा नेपालमा स्थापना भएको पार्टीका नेताहरु खप्पिस छन । छिमेकी भारतमा जति नामका पार्टीहरु स्थापना भएका छन त्यहि नाम राखेर नेपालमा पनि पार्टी खोलेका छन तर फरक के छ भने अहिलेको समयमा भारतमा बामपन्थीको राजनीति ओरालो लाग्दैछ भने नेपालमा बामपन्थीहरुको राजनीति उकालो लागेको छ ।
छिमेकीको नक्कलको प्रभावले गर्दा नेपालमा पनि २०४६ साल पछी पटक पटक साम्प्रदायिक दंगा भड्किएको थियो । हत्या र हिंशामा रमाएका  तर जनताको लागी लडेका हौ भन्ने बामपन्थीहरु अहिले सत्ताको स्वामा रमाएर बसेका छन तर छिमेकमा अहिले पनि कम्युनिस्ट पार्टी माओबादीको जनयुद्द जारीनै छ ।
अंग्रेजहरु कुटिल खेल खेल्नमा माहिर छन । सयौ बर्ष आफ्नो मुट्ठीमा पारेर भारतको जनतालाई नचाएको अंग्रेज अहिले भारतमा छैन तर तिनैले रोपेको बिष वृक्ष अहिले नराम्रो संग झाँगिएको छ । भारतीय नेताहरु यस्ता कुरामा अनभिग्य नभएको पनि हैन तर देस र जनता भन्दा राजनीति ठुलो भन्ने अहं  पालेकाहरु लाई जनताको दुख पिर संग के नै साईनो भो र ।
पश्चिमाहरू राजनीतिक पार्टी मार्फत जनता जुधाउन माहिर छन । जात, धर्मको नाउँमा युद्द गराउनु तिनीहरुको लागी बायाँ हातको खेला हो । जस्को नतिजा एसियाली देखि अफ्रिकन रास्ट्रका जनताहरुले देखि भोगी सकेका छन । अहिले भारतमा भड्किएको साम्प्रदायिक दंगामा बिदेसी शक्तिको हात नहोला भनेर भन्न पनि सकिन्न ।
बिदेसिको ईसारामा नाच्ने पार्टी र ति पार्टीका नेताहरुलाई जब सम्म जनताले चिन्दैनन तबसम्म देसमा असान्ती, हत्या र हिंसाको खेल चलिनै रहन्छ । नेपाल तथा भारत देस दुई भए पनि भाषा, धर्म, पहिरन देखि सांस्कृतिक कारणले एकै जस्तो देखिन्छ । रोटि तथा बेटीको सम्बन्ध भनेर त्यसै भनिएको हैन तर जबसम्म भारत हुन या नेपाल ति देशहरुमा स्थापना भएको राजनीतिक पार्टीका नेताहरुले बिदेसिको ईसारामा नाच्न छाड्दैन तब सम्म शान्ति स्थापना हुन सक्दैन । आफुलाई मत तथा समर्थन दिने जनतालाई  नचिन्ने पार्टीको पछी किन लाग्ने ? लेखमा भन्न खोजिएको कुरा यत्ति मात्र हो । बाँकी नेता तथा ति नेताहरुको समर्थनमा अन्ध भक्त भएर लाग्नेहरुनै जानुन ।

Sunday, September 17, 2017

गरे के सम्भव छैन

-जनकमान डंगोल
आज बिक्रम सम्बत २०७४ आश्विन १ गते आईतवार अर्थात सन २०१७ सेप्टेम्बर १७ तारिख सन्डे अर्थात अमृत प्राप्तिको लागी सुर र असुर मिलेर समुन्द्र मन्थन गरिदा भगवान बिश्वकर्माको जन्म भएको दिन भनेर शास्त्रमा लेखिएको छ ।
वास्तुसास्त्रको जन्मदाता भगवान बिश्वकर्माले नै स्वर्गलोक, रावणको स्वर्ण नगरी लंका कृष्ण भगवानको द्वारिका समेत बनाएको हुन कथन पनि छ ।
आजको दिन हिन्दु धर्मालम्बीहरुले कलकारखाना देखि गाडी घोडालाई सिंगार पटार गरेर ॐ आधार शक्तपे नम: और ॐ कूमयि नम:, ॐ अनन्तम नम:, ॐ पृथिव्यै नम: भन्दै पुजा गर्ने र दिनभरी नाचगान गरेर रमाईलोको साथ मनाउने गर्छन ।
चाहेमा र गरेमा जे पनि सम्भव छ । उदाहरणको लागी नेपालमा 'बिज्ञान दिबस' मनाउने चलननै थिएन । संसारभरी मनाउने बिज्ञान दिबसको दिन भनेको प्रत्येक बर्षको नोभेम्बर महिनाको १० तारिख हो तर डाक्टर बाबुराम भटराईले आफु बढेको बिज्ञान कलेज 'अस्कल कलेज'को सम्झना गर्दै आजको दिनलाई 'बिज्ञान दिबस' भनेर घोषणा गराएका थिए ।

बिशेष गरि मजदुरहरुले उल्लासमय वाताबरणमा मनाउने पर्वको दिन भनेर आजको दिनलाई लिन्छन तर नेपालमा आजको दिन भन्दा पनि बढी मे अर्थात मजदुर दिबसलाई महत्व दिने गरिएको छ तर धर्म नमान्ने कम्युनिस्टहरुले पनि नेपालको बिश्वकर्मा पुजामा भाग लिन्छन भने मे दिबसको सट्टा आजको दिनलाई नै 'बिश्वकर्मा पुजा तथा मजदुर दिबस' भनेर छुट्टी दिने हो भने नेपालको बिदाको क्यालेन्डरबाट १ दिन भए पनि बचत भएर देस र सरकारलाई फाईदा हुने थियो । 

Monday, August 07, 2017

पार्टीका नेताहरु राणाशाहीको झल्को दिदैछन

-जनकमान डंगोल: 
स्तम्भकार:जनकमान डंगोल 
२००७ साल सम्म नेपालमा राणाहरुले राज्य चलाए । राणाहरुको शासनकालमा राणाहरुको बोलिनै कानून हुने भएकोले 'हुकुमी शासन' भनेर भन्ने गरिएको हो ।
राणाहरुको हुकुमी शासनलाई अन्त्य गर्नु पर्छ भनेर नेपालमा भित्रभित्रै गुपचुप तरिकाले बिक्रम सम्बत १९९३ सालमा टाँक प्रसाद आचार्यको अगुवाईमा प्रजा परिषद नामको पार्टी गठन भयो तर उक्त पार्टी लामो समय सम्म टिक्न सकेन । चाकडीप्रथामा चलेको त्यो समयमा चाकडीबाजहरुले पोल लगाई दिएको कारणले गर्दा धेरै नेताहरु जेल नेल देखि मृत्युदण्डको संजाय सम्म भोग्न बाध्य भएको थियो भनेर ईतिहासमा लेखिएको छ ।
नेपालमा राजनीतिक पार्टी खोल्न सकिदैन । प्रजा परिषदको हबिगत देखेको त्यो समयका युवा नेता स्व.बि.पी कोईराला, स्व.कृष्ण प्रसाद भटराई देखि स्व. गणेशमान शिहहरुले भारतमा गएर राजनीतिक पार्टी खोल्न थाले । रास्ट्रिय कांग्रेस पछी एकीकरण भएर नेपाली कांग्रेसको जन्म २००४ सालमा भारतको कलकत्तामा भएको थियो भनेको त्यसको ठिक दुई बर्ष पछी  बामपन्थी विचारधारा बोकेकाहरुको नेपाल कम्युनिस्ट पार्टी २००६ सालमा भारतको कलकत्तामा नै गएर खोलिएका हुन ।  दुबैको उद्धेश्य नेपालमा हुकुमी शासन चलाएका राणाहरुलाई शासन सत्ताबाट च्युत गरेर देसमा प्रजातन्त्रको स्थापना गर्नु थियो ।
हुकुमी शासनको बिरोध गर्ने नेपालको जेठो पार्टी कांग्रेस हुन या कम्युनिस्ट यी पार्टीहरु शासन सत्तामा आई सकेपछी राणाशाहीलाई समेत मात दिने गरि हुकुमी शासन लादनमा माहिर देखिन्छ र देखाउदैछन । हिजो राणाको समयमा राणा शासनको बिरोध गर्यो भने मृत्यु दण्ड देखि देस निकालाको संजाय पाईन्थ्यो भने अहिलेको समयमा पार्टीका नेताहरुको बिरोध गरियो भने बिरोध गर्ने कार्यकर्ताहरुको पनि हालत राणा शाहीले दिने संजाय जस्तै देखिएको छ ।
अहिले सरकारमा  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा छन । पटक पटक प्रधानमन्त्री बन्न सफल भएका प्रधानमन्त्री देउवाले चितवन जिल्लाको भरतपुरको वडा नम्बर १९ मा हुन् लागेको दोश्रो पटकको स्थानीय निर्वाचनको मतदानलाई लिएर हुकुमी सैलिमा माके पार्टीलाई भोट हालेनन र बिरोध गरे भने त्यस्ता कार्यकर्ताहरु लाइ कारबाही गरिने छ आदेस जारि गरे । प्रधानमन्त्री देउवाको भनाई भन्दै अहिले यतिखेर प्रिन्ट देखि बिधुतिय मिडियाहरुमा हेडलाईन न्युज बनेर छाएको छ ।
हिजोका आफ्ना अग्रज नेताहरुले जहानिया राणा शाही हुन या एकदलीय पंचायती शासन प्रणालीको बिरोध गर्दा जेलनेल देखि मृत्युदण्ड सम्मको संजाय भोग्न बाध्य भएको तथ्य अहिलेका कांग्रेसी नेताहरुले देखेका मात्र नभई भोगेका पनि छन भने हिजोका दिनलाई चटक्क बिर्सेर राणाशाहीको झल्को दिने गरि हुकुमी फरमान किन जारि गरे ?
देस अहिले २००७, २०१७, २०४६ देखि २०६४ साल जस्तो छैन । अहिलेका युवाहरु हरेक क्षेत्रमा निपूर्ण भैसकेका छन । पार्टी सभापतिले दिएको जस्तोसुकै अलोकप्रिय आदेसको पालना गर्नु पर्छ भन्ने मान्यता राख्दैनन र भोलि निर्वाचनको मत परिणाम सोचेको भन्दा उल्टो आयो भने प्रधानमन्त्री देउवाले चितवन जिल्लाका आफ्ना सबै नेता देखि कार्यकर्ताहरुलाई पार्टीको साधारण सदस्यता पनि नरहने गरि निस्कासन गर्ने हिम्मत गर्लान कि नैतिकता आधारमा प्रधानमन्त्री देखि पार्टी सभापति पदबाट राजिनामा देलान त्यो सोचनीय बिषय हो ।
नेपाली कांग्रेस प्रजातान्त्रिक विचारधारा बोकेको राजनैतिक पार्टी हो । प्रजातन्त्रमा सबैलाई आफ्नो बिचार राख्न देखि लेख्ने सम्मको छुट छ । प्रजातान्त्रिक ब्यबस्थामा सहिलाई सहि र गलतलाई गलत भनेर बोल्न र लेख्न पाईन्छ । पार्टी नेतृत्वले दिएको गलत आदेशलाई मान्नु पर्छ भन्ने जरुरि पनि छैन र यदि त्यसो भयो भने राणा शाही हुन या पंचायती वा अहिलेको शासनमा के नै भिन्नता भयो र ।
भारतमा सयौ वर्ष शासन सम्हालेको बेलायतिहरुलाई देशबाट निकाल्न आवाज उठाउने भारतको जेठो पार्टी भारतीय कांग्रेस आज आएर नाम मात्रको पार्टी भएको छ । पटक पटक एकछत्र राज गरेको भारतीय कांग्रेस पार्टी अहिले दुई अंकमा समेटिएको छ । सय बाट दुईको अंकमा झर्नु र यस्तो हुनुको मुख्य कारण भनेको सत्तामा पुगेको बेला सत्ताको नशाले मदमत्त भएर जनतामाथि गरेको अत्याचारको फल थियो भने भोलि यहि स्थिति नेपालको पुरानो पार्टी कांग्रेसको पनि हुन सक्छ ।    
नेपालको कांग्रेस पार्टी पनि भारतीय कांग्रेस पार्टी जस्तै हो । दुवै पार्टीको विचारधारा भनेको प्रजातन्त्र देखि समाजबाद हो । पार्टी प्रति आस्थावान नेता देखि कार्यकर्ता हुन या जनता यी सबैले माया गरेर नेपाली कांग्रेसलाई पटक पटक देसको सत्ताको साँचो सुम्पेको छ तर जबजब नेपाली कांग्रेसका नेताहरुले सत्ता सम्हाल्छन त्यसपछि राणाशाहीलाई पनि मात दिने गरि हुकुमी शैली लादन खोज्छन भने भोलि नेपाली कांग्रेसको स्थिति पनि भारतीय कांग्रेसको जस्तै नहोला भनेर भन्न पनि सकिन्न ।
मिति २०७४ श्रावण २३ गते प्रदेस दैनिक हेटौडामा प्रकाशित 

Thursday, July 27, 2017

राजतन्त्र र प्रजातन्त्र बिचको भिन्नता

नेपाल जस्तै भारतको छिमेकी देस भुटानमा गएर ब्यापार ब्यबसाय गर्ने हज्जारौ भारतीय नागरिकहरु छन राणा सरकारको पालामा ब्यापार ब्यबसाय गर्न छिरेका भारतीय मुलका व्यापारीका शाखा सन्तानहरु अहिले नेपालमा बंसजको आधारमा खाँट्टी नेपाली नागरिक भै सके तर पचासौ बर्ष भन्दापनि बढी समयसम्म भुटानमा ब्यापार ब्यबसाय गरि बसी सकेका भारतीय नागरिकहरुलाई भुटान सरकारले नागरिकता त टाढाको कुरा हालको नयाँ नियम कानून भन्दै पहिचान- पत्र सम्म दिन मानेको छैन ।

नागरिकता नभए सम्म घर जग्गाको खरिद बिक्रि गर्न पाईदैन । जो जति भारतीय नागरिकहरु भुटानमा गएर बसे तिनीहरुले आफु बसेको अर्थात भुटान सरकारले दिएको भाडाको घरलाई बार्षिकरुपमा नबिकरण गराउंदै बस्नु पर्ने बाध्यता छ ।
यसै सन्दर्भमा लत्ताकपडाको ब्यापार ब्यबसाय गरि बसेका एकजना ब्यापारीले आफ्नो नाम नबताउने सर्तमा भने हाम्रो परिवार सन् १९६३ सालमा भुटान आएका हुन । पहिला निकै स्वतन्त्रता थियो तर ऐले आएर भुटान सरकारले नियम कानूनमा कडाई गरेको छ । पहिला परिवारलाई पहिचान पत्र दिने गरेको थियो तर अहिले आएर ब्यापार गर्नेहरु जसको नाउँमा पसल छ उसैको नाउँमा मात्र भुटान सरकारले परिचय पत्र जारि गर्ने गरेको छ । व्यापारीको भाई भतिजा तथा अन्य नातेदारहरुलाई आधिकारिकरुपमा बसोबास गर्ने अनुमति दिने गरेको छैन ।

बि,बि.सि ले हालै प्रकाशित गरेको यो समाचारलाई आधार मानेर हेर्ने हो भने राजतन्त्रात्मक भुटानले नेपालमा पटक पटक भएको राजनैतिक परिवर्तन भएको घटनालाई मध्यनजर राखेर आफ्नो देसको अस्तित्व बचाउनको निमित्त यस्तो कडा कदम चाल्न बाध्य भएको हो भनेर सजिलैसंग अनुमान गर्न सकिन्छ ।

भारत सरकारले उचाली दिएको हो वा स्व.बि.पी कोईराला बन्ने चाहनाले हो टेकनाथ रिजाल नाम गरेका नेपाली मुलका भुटानी नागरिकले भुटानमा प्रजातन्त्रको आवाज उठाए तर तिनले देखेको भुटानी प्रजातन्त्रको सपना भारतको चिसो छिडीमा गएर तुहिएको पनि देखिएकै हो तिनको क्रियाकलापले गर्दा भुटान सरकार रिसायर लाखौलाख नेपालीहरुलाई पुस्तौपुस्ताको थातथलो छाडन बाध्य बनाउंदै जबर्जस्ती भारतको बाटो हुँदै नेपाल ल्याएर छाडी दिएको घटना पनि धेरैले बिर्सी सकेका होलान भुटानी सरणार्थी समस्या हाल सम्म पनि समाधान हुन सकेको छैन धेरै नेपाली मुलका भुटानीहरु तेस्रो मुलुकमा बसाई सर्न बाध्य भए तर भुटान सरकारले आफ्नो देशबाट नेपाल खेदेका नेपाली मुलका भुटानीहरुलाई आफ्नो देसमा फर्काउन राजि भएको देखिदैन कथित प्रजातन्त्रको मागले नेपालको जस्तै स्थिति भुटानमा पनि दोहरिन सक्ने भयले त्यसो गरिएको हो भनेर सजिलै लख काटन सकिन्छ

सियो बनेर पस्दै फाली बनेर निस्कन सक्ने सामर्थ्य भएका बेलायतिहरुले सयौ बर्ष भारतलाई केन्द्रबिन्दु बनाएर थुप्रै देशहरुमा कब्जा बनाउन सफल भय तर नेपाल निल्न भने हिम्मत गरेनन तर अंग्रेजको गुलामी कस्तो हुन्छ भन्ने राम्रै अनुभव बटुलेका भारतीयहरुले अंग्रेजले देस छोड़नासाथ् छिमेकीहरुलाई निल्ने दुस्प्रयास गरे जसको नतिजा स्वतन्त्र रास्ट्र सिक्किमलाई भारतले आफ्नो एउटा प्रदेस बनाउन सफल भने भुटानलाई अर्धगुलाम बनाएको पनि देखिएकै हो

नेपाललाई पनि सके सिक्किम नसके भुटान बनाउन नखोजिएको पनि हैन तर स्व.राजा महेन्द्र देखि बीरेन्द्र सम्मले सिक्किमको घटनाबाट पाठ सिकेर त्यो समयमा शासन ब्यबस्था प्रत्यक्षरुपमा आफ्नो हातमा नलिएको भए  नेपालको नक्सा आज बिस्व मानचित्रमा स्वतन्त्र देसको रुपमा कोरिने थिएन । नेपालले पनि सिक्किमकै नियत ब्यहोर्नु पर्ने थियो

भारतीयहरुको बानि थाहा पाएर भुटानले आफ्नो देसमा नागरिकताको बिषयमा कडाईका साथ नियमको पालना गर्न लगाएका छन । भारतीयहरुलाई ब्यापार ब्यबसाय गर्न दिएकातापनि स्थाही अनुमति पत्र भने दिन मानेका छैनन ।

भारतीय दानापानीमा हुर्केका नेपालका अहिलेका सबै पार्टीका नेता देखि तिनका ताबेदारहरुले भुटानको सिको मात्र गरि दिएको भए प्रजातन्त्र देखि जनयुद्ध हुँदै गणतन्त्रको नाउँमा हज्जारौ हजार नेपालीहरुले अकालमा ज्यान फाल्नु पर्दैन थियो ।

पंचायत नफाले सम्म राजा फाल्न सकिदैन । राजा नफाले सम्म नेपालमा हालीमुहाली गर्न पाईदैन । बिदेसिले बुनेको माकुरी जालो यिनै थियो । बिदेसीले चारो हाले । सित्तैमा किन दिए भनेर सोच बिचार गरेनन । यहि माकुरी जालोमा नेपालका पार्टीका नेताहरु फसेका छन । फस्न त फसे भोलि ईतिहास देखि आफ्ना सन्ततिहरुले कत्तिको धिकार्लान त्यो पनि बुझेका होलान तर दासहरुको लागी भबिस्यको के नै अर्थ होला । आर्काले फाल्देको चारोमा लट्ठ भएर जसरि तोता मैना परेर पिजडाको बास हुन बाध्य भएका छन नेपाली नेताहरुको हबिगत पनि त्यस्तै भएको देखिन्छ

जसरि पिंजडाको सुगाले मिठो मिठो खाना खान त पाएका छन तर मालिकले रटाएको रटान बोल्न बाध्य हुनु पर्छ ठ्याक्कै नेपालका पुराना देखि नया रिकुटे नेताहरुले पिंजडाको सुगाको भाषा बोल्न बाध्य भएका छन २००७ देखि २०७४ सम्मको समयमा आईपुग्दा सम्म देखिएको विभिन्न घटनाक्रमहरुले त्यसलाई पुस्टि गरि सकेको छ

भुटानको राजाले पनि नेपालको राजा जस्तै उदार बनेर आफ्नो देसमा कांग्रेसी नेताहरुले भन्ने गरेको डेमोक्रेसीलाई आत्मसाथ गरेको भए आज भुटानमा बसेका हज्जारौ ब्यापारीहरुको हातहातमा भुटानको नागरिकता हुन्थ्यो र अन्त्यमा आएर भुटानी नरेसले पनि गणतन्त्र घोषणा गरेर राजा ज्ञानेन्द्रको पदको अगाडी पुर्व थप्न बाध्य हुनु पर्थ्यो


रास्ट्र र रास्ट्रियता नबुझ्ने र बुझेर पनि बुझ पचाउनेहरुको लागि यस्तो लेखाईको कुनै अर्थ हुन्न किनभने पार्टी प्रति अन्धभक्त भएर भेडाको जुनीमा पुगी सकेको हामि नेपालीहरुको लागी रास्ट्र र रास्ट्रीयताको लागि लड्ने राजतन्त्र भन्दा बिदेसीको दानापानीमा खोलिएको राजनीतिक पार्टीनै ठुलो हुन्छ । दुई पटक प्रजातन्त्र स्थापना देखि अहिलेको कथित गणतन्त्र सम्ममा आईपुग्दा देस र जनताले के पायो भनेर सोच्नु त परको कुरा अझै पनि विभिन्न पार्टीमा लागेर देशलाई सिक्किम बनाउने तर्खरमा पुगी सकेका छौ भने यो पंक्तिकारले खाँट्टी नेपाली शब्दमा लेखेको यस्तो आलेख के कसरि बुझ्लान