Monday, August 07, 2017

पार्टीका नेताहरु राणाशाहीको झल्को दिदैछन

खांट्टी कुरा     August 07, 2017    

-जनकमान डंगोल: 
स्तम्भकार:जनकमान डंगोल 
२००७ साल सम्म नेपालमा राणाहरुले राज्य चलाए । राणाहरुको शासनकालमा राणाहरुको बोलिनै कानून हुने भएकोले 'हुकुमी शासन' भनेर भन्ने गरिएको हो ।
राणाहरुको हुकुमी शासनलाई अन्त्य गर्नु पर्छ भनेर नेपालमा भित्रभित्रै गुपचुप तरिकाले बिक्रम सम्बत १९९३ सालमा टाँक प्रसाद आचार्यको अगुवाईमा प्रजा परिषद नामको पार्टी गठन भयो तर उक्त पार्टी लामो समय सम्म टिक्न सकेन । चाकडीप्रथामा चलेको त्यो समयमा चाकडीबाजहरुले पोल लगाई दिएको कारणले गर्दा धेरै नेताहरु जेल नेल देखि मृत्युदण्डको संजाय सम्म भोग्न बाध्य भएको थियो भनेर ईतिहासमा लेखिएको छ ।
नेपालमा राजनीतिक पार्टी खोल्न सकिदैन । प्रजा परिषदको हबिगत देखेको त्यो समयका युवा नेता स्व.बि.पी कोईराला, स्व.कृष्ण प्रसाद भटराई देखि स्व. गणेशमान शिहहरुले भारतमा गएर राजनीतिक पार्टी खोल्न थाले । रास्ट्रिय कांग्रेस पछी एकीकरण भएर नेपाली कांग्रेसको जन्म २००४ सालमा भारतको कलकत्तामा भएको थियो भनेको त्यसको ठिक दुई बर्ष पछी  बामपन्थी विचारधारा बोकेकाहरुको नेपाल कम्युनिस्ट पार्टी २००६ सालमा भारतको कलकत्तामा नै गएर खोलिएका हुन ।  दुबैको उद्धेश्य नेपालमा हुकुमी शासन चलाएका राणाहरुलाई शासन सत्ताबाट च्युत गरेर देसमा प्रजातन्त्रको स्थापना गर्नु थियो ।
हुकुमी शासनको बिरोध गर्ने नेपालको जेठो पार्टी कांग्रेस हुन या कम्युनिस्ट यी पार्टीहरु शासन सत्तामा आई सकेपछी राणाशाहीलाई समेत मात दिने गरि हुकुमी शासन लादनमा माहिर देखिन्छ र देखाउदैछन । हिजो राणाको समयमा राणा शासनको बिरोध गर्यो भने मृत्यु दण्ड देखि देस निकालाको संजाय पाईन्थ्यो भने अहिलेको समयमा पार्टीका नेताहरुको बिरोध गरियो भने बिरोध गर्ने कार्यकर्ताहरुको पनि हालत राणा शाहीले दिने संजाय जस्तै देखिएको छ ।
अहिले सरकारमा  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा छन । पटक पटक प्रधानमन्त्री बन्न सफल भएका प्रधानमन्त्री देउवाले चितवन जिल्लाको भरतपुरको वडा नम्बर १९ मा हुन् लागेको दोश्रो पटकको स्थानीय निर्वाचनको मतदानलाई लिएर हुकुमी सैलिमा माके पार्टीलाई भोट हालेनन र बिरोध गरे भने त्यस्ता कार्यकर्ताहरु लाइ कारबाही गरिने छ आदेस जारि गरे । प्रधानमन्त्री देउवाको भनाई भन्दै अहिले यतिखेर प्रिन्ट देखि बिधुतिय मिडियाहरुमा हेडलाईन न्युज बनेर छाएको छ ।
हिजोका आफ्ना अग्रज नेताहरुले जहानिया राणा शाही हुन या एकदलीय पंचायती शासन प्रणालीको बिरोध गर्दा जेलनेल देखि मृत्युदण्ड सम्मको संजाय भोग्न बाध्य भएको तथ्य अहिलेका कांग्रेसी नेताहरुले देखेका मात्र नभई भोगेका पनि छन भने हिजोका दिनलाई चटक्क बिर्सेर राणाशाहीको झल्को दिने गरि हुकुमी फरमान किन जारि गरे ?
देस अहिले २००७, २०१७, २०४६ देखि २०६४ साल जस्तो छैन । अहिलेका युवाहरु हरेक क्षेत्रमा निपूर्ण भैसकेका छन । पार्टी सभापतिले दिएको जस्तोसुकै अलोकप्रिय आदेसको पालना गर्नु पर्छ भन्ने मान्यता राख्दैनन र भोलि निर्वाचनको मत परिणाम सोचेको भन्दा उल्टो आयो भने प्रधानमन्त्री देउवाले चितवन जिल्लाका आफ्ना सबै नेता देखि कार्यकर्ताहरुलाई पार्टीको साधारण सदस्यता पनि नरहने गरि निस्कासन गर्ने हिम्मत गर्लान कि नैतिकता आधारमा प्रधानमन्त्री देखि पार्टी सभापति पदबाट राजिनामा देलान त्यो सोचनीय बिषय हो ।
नेपाली कांग्रेस प्रजातान्त्रिक विचारधारा बोकेको राजनैतिक पार्टी हो । प्रजातन्त्रमा सबैलाई आफ्नो बिचार राख्न देखि लेख्ने सम्मको छुट छ । प्रजातान्त्रिक ब्यबस्थामा सहिलाई सहि र गलतलाई गलत भनेर बोल्न र लेख्न पाईन्छ । पार्टी नेतृत्वले दिएको गलत आदेशलाई मान्नु पर्छ भन्ने जरुरि पनि छैन र यदि त्यसो भयो भने राणा शाही हुन या पंचायती वा अहिलेको शासनमा के नै भिन्नता भयो र ।
भारतमा सयौ वर्ष शासन सम्हालेको बेलायतिहरुलाई देशबाट निकाल्न आवाज उठाउने भारतको जेठो पार्टी भारतीय कांग्रेस आज आएर नाम मात्रको पार्टी भएको छ । पटक पटक एकछत्र राज गरेको भारतीय कांग्रेस पार्टी अहिले दुई अंकमा समेटिएको छ । सय बाट दुईको अंकमा झर्नु र यस्तो हुनुको मुख्य कारण भनेको सत्तामा पुगेको बेला सत्ताको नशाले मदमत्त भएर जनतामाथि गरेको अत्याचारको फल थियो भने भोलि यहि स्थिति नेपालको पुरानो पार्टी कांग्रेसको पनि हुन सक्छ ।    
नेपालको कांग्रेस पार्टी पनि भारतीय कांग्रेस पार्टी जस्तै हो । दुवै पार्टीको विचारधारा भनेको प्रजातन्त्र देखि समाजबाद हो । पार्टी प्रति आस्थावान नेता देखि कार्यकर्ता हुन या जनता यी सबैले माया गरेर नेपाली कांग्रेसलाई पटक पटक देसको सत्ताको साँचो सुम्पेको छ तर जबजब नेपाली कांग्रेसका नेताहरुले सत्ता सम्हाल्छन त्यसपछि राणाशाहीलाई पनि मात दिने गरि हुकुमी शैली लादन खोज्छन भने भोलि नेपाली कांग्रेसको स्थिति पनि भारतीय कांग्रेसको जस्तै नहोला भनेर भन्न पनि सकिन्न ।
मिति २०७४ श्रावण २३ गते प्रदेस दैनिक हेटौडामा प्रकाशित 

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .