Saturday, March 31, 2018

आफ्नो फाईदाको लागी जनता जुधाउने पार्टीलाई बहिष्कार गर्नु पर्दछ


भारत उत्तर प्रदेशको क्षेत्रीय पार्टी समाजबादी तथा बहुजन समाज पार्टी केहि दिन अगाडी सम्म एक आर्काको घोर बिरोधिको रुपमा परिचित थिए ।
बिहार राज्यको क्षेत्रीय पार्टी रास्ट्रिय जनता दल तथा जनता दल युनाईटेड पनि अहिले आएर एक आर्काको घोर बिरोधि बनेका छन ।
पश्चिम बंगालको त्रिणमूल कांग्रेस पार्टी र बामपन्थी पार्टी अहिले एक आर्काको घोर बिरोधि बनेका छन तर कुनै समय एक आर्कासंग लगन गाँठो कस्न बेर मान्दैनन ।
यी केहि उदाहरण हुन ।
लामो समय सम्म भारतको शासनमा आफ्नो पकड जमाउन सफल भएको भारतीय कांग्रेस पार्टी अहिले ४४ सिटमा खुम्चेर रहेको छ ।
केहि बर्ष देखि भारतको राजनीतिमा अब्ब्लता कायम गर्न सफल भएको भारतीय जनता पार्टीको दिन प्रतिदिनको लोकप्रियता बाट अहिले माथि उल्लेख भएका पार्टीहरुको होस् हवास गुम भएको देखिदैछ । आउंदै गरेको चुनावमा कुनै पनि हालतमा भारतीय जनता पार्टीलाई रोक्न सकिएन भने राजनीतिक भविष्यनै अन्धकारमा पर्ने भयले पश्चिम बंगालको मुख्य मन्त्रि तथा  त्रिणमूल कांग्रेस पार्टीको अध्यक्ष ममता बनर्जीको अगुवाईमा मोर्चाबन्दी बनाउदैछन ।
बिहार राज्यको पुर्व मुख्य मन्त्रि लालु प्रसाद यादब पटक पटक मुख्य मन्त्रि भए । अहिले करोडौ करोडको चारा घोटाला काण्डमा मुछिएर अहिले जेलमा परेका छन । आफु बिरुद्ध आएको फैसला बाट अत्तालिएर यादब अहिले अस्पताल भर्ना हुन पुगेका छन ।
अस्ति राम नवमी पर्वको उपलक्ष्यमा भारतीय जनता पार्टीले बिहार, उत्तर प्रदेस तथा बिहारमा झाँकी सहितको जुलुस प्रदर्शन गर्यो । हिन्दुत्वको नारा बोकेको भारतीय जनता पार्टीको जुलुसमा आक्रमण भयो । त्यहि बिषयलाई लिएर अहिले बिहार तथा पश्चिम बंगालमा साम्प्रदायिक दंगा फैलिएको छ । बिपक्षी पार्टीहरु केन्द्रिय सरकार माथि दोष थुपारेर आफु पानि माथिको ओभानो बन्दैछन । को सहि को गलत छानबिनले बताउला । अहिले सम्म लेखिएको समाचारले औलो माथि उल्लेख भएको पार्टीहरु प्रति तेर्सिन खोजेको हो कि भन्ने भान हुदैछ ।
आफ्नो प्रदेसमा भएको घटनाको बारेमा मुख्य मन्त्रि ममता बनर्जीलाई थाहा नभएको पनि हैन तर कलकत्तामा बसेर साम्प्रदायिक हिंसाको बारेमा को सहि र को गलत भनेर छानबिन गराउनु पर्नेमा दिल्लीमा बसेर भारतीय जनता पार्टी बिरुद्दको अगुवाईमा मोर्चाबन्दी निकालेर बसेकी छिन ।
राजनीतिक पार्टीका नेताहरु चुनावको समयमा मात्र मतदाताहरु सम्झिन्छन । जनताको दुख पिरमा साथ दिनु राजनीतिक पार्टीका नेताहरुको आफ्नो धर्म र कर्तब्य पनि हो तर सत्तामा पुगेपछी वा बिपक्षमा पुगेपछि साम्प्रदायिक दंगा फसाद गराउन समेत बेर मान्दैनन जनतालाई दुख कस्ट दिने त्यस्ता राजनीतिक पार्टीको पछी लाग्नुको के अर्थ ?
हरेक कुरामा भारतको नक्कल गर्नमा नेपालमा स्थापना भएको पार्टीका नेताहरु खप्पिस छन । छिमेकी भारतमा जति नामका पार्टीहरु स्थापना भएका छन त्यहि नाम राखेर नेपालमा पनि पार्टी खोलेका छन तर फरक के छ भने अहिलेको समयमा भारतमा बामपन्थीको राजनीति ओरालो लाग्दैछ भने नेपालमा बामपन्थीहरुको राजनीति उकालो लागेको छ ।
छिमेकीको नक्कलको प्रभावले गर्दा नेपालमा पनि २०४६ साल पछी पटक पटक साम्प्रदायिक दंगा भड्किएको थियो । हत्या र हिंशामा रमाएका  तर जनताको लागी लडेका हौ भन्ने बामपन्थीहरु अहिले सत्ताको स्वामा रमाएर बसेका छन तर छिमेकमा अहिले पनि कम्युनिस्ट पार्टी माओबादीको जनयुद्द जारीनै छ ।
अंग्रेजहरु कुटिल खेल खेल्नमा माहिर छन । सयौ बर्ष आफ्नो मुट्ठीमा पारेर भारतको जनतालाई नचाएको अंग्रेज अहिले भारतमा छैन तर तिनैले रोपेको बिष वृक्ष अहिले नराम्रो संग झाँगिएको छ । भारतीय नेताहरु यस्ता कुरामा अनभिग्य नभएको पनि हैन तर देस र जनता भन्दा राजनीति ठुलो भन्ने अहं  पालेकाहरु लाई जनताको दुख पिर संग के नै साईनो भो र ।
पश्चिमाहरू राजनीतिक पार्टी मार्फत जनता जुधाउन माहिर छन । जात, धर्मको नाउँमा युद्द गराउनु तिनीहरुको लागी बायाँ हातको खेला हो । जस्को नतिजा एसियाली देखि अफ्रिकन रास्ट्रका जनताहरुले देखि भोगी सकेका छन । अहिले भारतमा भड्किएको साम्प्रदायिक दंगामा बिदेसी शक्तिको हात नहोला भनेर भन्न पनि सकिन्न ।
बिदेसिको ईसारामा नाच्ने पार्टी र ति पार्टीका नेताहरुलाई जब सम्म जनताले चिन्दैनन तबसम्म देसमा असान्ती, हत्या र हिंसाको खेल चलिनै रहन्छ । नेपाल तथा भारत देस दुई भए पनि भाषा, धर्म, पहिरन देखि सांस्कृतिक कारणले एकै जस्तो देखिन्छ । रोटि तथा बेटीको सम्बन्ध भनेर त्यसै भनिएको हैन तर जबसम्म भारत हुन या नेपाल ति देशहरुमा स्थापना भएको राजनीतिक पार्टीका नेताहरुले बिदेसिको ईसारामा नाच्न छाड्दैन तब सम्म शान्ति स्थापना हुन सक्दैन । आफुलाई मत तथा समर्थन दिने जनतालाई  नचिन्ने पार्टीको पछी किन लाग्ने ? लेखमा भन्न खोजिएको कुरा यत्ति मात्र हो । बाँकी नेता तथा ति नेताहरुको समर्थनमा अन्ध भक्त भएर लाग्नेहरुनै जानुन ।