Saturday, March 31, 2018

राजनीति आस्थाको आधारमा भेदभाव किन ?

जनकमानको खाँट्टी भोगाई
जनकमानको खाँट्टी भोगाई
तस्बिरमा देखाईएको घर हेटौडा उप-महानगर पालिका वार्ड नम्बर ८ कमानेको मदन तथा लाली गुराँस मार्गको चार दोबाटोमा पर्छ । पश्चिम तिर चार दोबाटोलाई चौराहा पनि भनिन्छ ।
 ..
चुनाव भयो । स्थानीय सरकार पनि गठन भयो । चुनावमा दक्खिन तर्फको घरमा कांग्रेसको चारतारे झण्डा पनि देखेका थिए भने तस्बिर भएको घरमा माओबादी केन्द्र नामको पार्टीको झण्डा निकालेर फालेकोले होला झण्डा फालेको भोलिपल्ट नजिकै बम समेत राखेर तर्साएका पनि थिए ।
..
एमाले बिरोधि भन्ने ठानेछन । आफ्नो समर्थकको घर अगाडिको पोलमा CFL बत्ति जडान गरे तर मदन मार्ग तथा लाली गुराँस मार्गको यो चौराहामा CFL बत्ति किन जडान भएन ? राजनीतिक आस्थाको आधारमा भेदभाव गर्न पाईन्छ ?
 ..
लोकतन्त्रमा बिरोध गर्न पाईदैन भने नेपालमा पंचायती ब्यबस्था ठिक र फेरी पनि पंचायती शासन लागु हुनु पर्दछ भनेर किन नभन्ने ?