पंक्तिकार पूर्व
रास्ट्र सेवक । तत्कालिन श्री ५ को सरकारको पालामा सूरक्षा सेवामा भर्ना भएर
चानचुन २० बर्ष देश नरेस र जनताको सेवा गर्न अबसर पाएको हुँदा पंचायत देखि प्रजातन्त्र
हुँदै गणतन्त्र सम्मको शासन ब्यबस्थालाई देख्न र भोग्न समेत पाएको छ ।
सूरक्षा सेवामा अवकाश
भए पछी निजि सुरक्षा कम्पनिमा काम गर्न कुनै कठिनाई हुन्न । देस देखि बिदेसमा
सुरक्षा सेवामा सजिलै संग रोजगार प्राप्त गर्न सकिन्छ । बिदेस मलेसियाको १० बर्षे
सेवा पछी पुन: स्वदेशमा आएर निजि सुरक्षा सेवा प्रदान गर्ने कम्पनिको सेवा दिन
थालेको पनि झन्डै १७ महिना पुग्न लागि सकेको छ ।
पंक्तिकारले लामो
समय सम्म कार्यालय संचालन अर्थात फाँटवालाको जिम्मेवारी सम्हालेको हुँदा पुन निजि
सुरक्षा सेवा प्रदायक कम्पनीमा पनि होही हैसियतमा काम गर्ने अवसर पाएको छ । कामको
सिलसिलामा देखिएको देखाई, भोगाई र समस्यालाई बर्णन गर्ने मनसायले यो आलेख लेखिएको
हो ।
निजि सुरक्षा
कम्पनिको काम भनेको सरकारी जस्तो हुन्न । रोजगार दिने कम्पनि, ब्यक्ति वा संस्थाले
नचाहेको खण्डमा जुनसुकै बेला पनि सेवाबाट हट्नु पर्ने हुन्छ । त्यो भनेको डिउटीको
समयमा मादक पदार्थ सेवन गर्नु, चोरि वा कम्पनीको अहितमा पुग्ने काम, डिउटीको समयमा
लापरबाही गर्नु हो ।
केहि महिना अगाडी
एकजना सुरक्षाकर्मीले आफ्नो पदीय दायित्व बहन नगरेको हुँदा निजलाई कम्पनीको
नियमानुसार डिउटी होल्ड गर्नु पर्ने बाध्यता आयो । मलाई के कति कारणले डिउटी होल्ड
गरियो भनेर रोजगार दिने कम्पनीमा आएर सोधखोज गर्नु पर्नेमा त्यसो नगरी मजदुर
संगठनमा गएर कम्पनि बिरुद्ध उजुरी दिने काम सम्म भयो । मजदुर युनियनका नेताहरु आए ।
धाक धम्की देखि अप्सब्द प्रयोग भयो । पंक्तिकारलाई कोठा भित्र थुनेर बन्दि बनाउने
सम्मको कुरा उठे । गल्ति गरेको हो हैन भन्ने तर्फ सोधखोज हुनुपर्थ्यो तर त्यसो
नगरी धम्कीको भाषा मात्र प्रयोग भयो । कम्युनिस्ट राजनीतिको स्कुलिंग छुद्र हुने
रैछ भन्ने अनुभव गरियो ।
नेपालको सबै
राजनीतिक पार्टी देखि तिनका भात्री संगठनहरुको
आम्दानीको श्रोत भनेको चन्दा संकलन हो । चन्दा पनि भने जत्तिको दिनु पर्दछ ।
नदिएको खण्डमा जे पनि गर्न पछी पर्दैनौ भन्ने धम्कि दिन बेर मान्दैनन ।
मजदुर दिबस । मजदुर
दिबसको समयमा बिदेसमा पनि कम्पनि मालिकहरु संग चन्दा माग्छन वा माग्दैनन त्यो थाहा
भएन तर हाम्रो देसको हकमा भने २/३ हप्ता अगाडी देखिनै अत्यत्न सिष्ट भाषामा लेखिएको
‘सहयोगको लागि अनुरोध’ भन्ने चिठि आइपुग्छ । चिठि दिनु भन्दा अगाडी हामीहरुले त्यो
कम्पनि माथि दुर्ब्यबहार गर्नु हुन्नथ्यो भन्ने हेक्का राखेको भए चन्दाको चिठि
बुझाउन जाने आँट पक्कै पनि गर्दैन थिए ।
युनियन तथा संघ
संगठन भनेको नेपालको पार्टीका नेताहरुले आफ्ना कार्यकर्ताहरुको भरण पोषण गर्नको
लागी खोलिएको संस्था हो र त्यो भन्दा अरु केहि पनि हैन । राजनीतिक पार्टीको आडमा
ब्यापारी, कम्पनि देखि उधोगपतिलाई अनेक हथकण्डा अपनाएर चन्दा दिन बाध्य पारिन्छन ।
ब्यापारी भनेको नाफामा रमाउने ब्यक्ति वा समुह । ब्यापारीहरु १०० खर्च गरेर हजार
कमाउने गर्छन । हामीले व्यापारीहरु देखि उधोगपतिहरु संग चन्दा माग्यौ भने त्यसको
भार आफै देखि जनता सम्म पर्छ भन्ने हेक्का किन राख्दैनन ?
देसको बिकास र
जनताको लागी भनेर क्रान्ति गरेका हौ भनेर अहिले पनि नेताहरु भन्न लाज मान्दैनन ।
हिजो राणा देखि पंचायती शासकहरुलाई ‘शोषक र सामन्ती’ भन्थे । त्यस्तो भन्नेहरु आज
आफै उधोगपति देखि अर्बौका सम्पतिको मालिक बनि सकेका छन । त्यसरी मालिक बन्नेहरु के कसरि मालीकको दर्जामा
पुग्न सफल भए ? देस र जनताको श्रम र सम्पतिको शोषण नगरेको भए के मालिकको दर्जामा
पुग्न सम्भव हुन्थ्यो ?
यी सबै घटनाहरु
तिनीहरुको रिकुटे देखि बरिस्ट सम्मका कार्यकर्ताहरुले राम्रै संग देखेका छन तर
बिरोध गर्ने आँट र हिम्मत भने गर्दैनन । बिरोध गर्नुको सट्टा नेताहरुको ईसारामा
मदारीको बाँदर बनेका छन । हिजो अरुलाई जे भाषा प्रयोग गरेका थिए आज त्यहि भाषाको
हकदार बन्न पुगेका छन भने यिनीहरुले पटक पटक गरेको क्रान्ति भनेको चितवनको धुर्बे
हात्तीको दांत जस्तै हो ।