बजेट भाषण हुदैछ ! दुइ बर्ष भन्दा बढी भै सक्यो तलब भत्ता नबढेको ! यसपाली त कुस्त तलब बढछ ! पार्टीका नेताले चलाएको सरकार हो र कर्मचारीको सरकारले चलाएको सरकार ! छोरीको दुख आमाले बुझेको हुन्छ भने छोराको दुख बाबुले बुझेको हुन्छ ! कर्मचारीको दुख कर्मचारीले नबुझेर काहा राजनीतिक पार्टीको सरकारले बुझ्छ ! सबै कर्मचारीले यस्तै सोचेका थिए बजेट भाषण हुनु भन्दा केहि बेर अगी सम्म ! तर हात्ती आयो हात्ती आयो फुस्सा अर्थात हात्तिको मुखमा जिरा जस्तै पो रैछ कर्मचारीको सरकारले बढाएको तलब बृद्दीत !
२०४६ सालमा तत्कालिन पंचायती ब्यबस्था फाल्नलाई पार्टीका नेताले मात्रै आन्दोलन गरेका थिएनन ! त्यतिखेर कर्मचारीले ससक्त आन्दोलन नगरेको भए पंचायती सरकारलाई कुनै हालतमा ढाल्न सकिदैन थियो ! जनता, कर्मचारी तथा विभिन्न पार्टीका नेता तथा तिनका कार्यकर्ता मिलेर पंचायत लाइ फ्याके ! अन्तरिम सरकारको बागडोर कांग्रेसको सन्त नेता कृष्ण प्रसाद भटराईले सम्हाले ! अब त तलब मनग्गे बढ्छ सबै कर्मचारीले यहि आसा पालेका थिए ! तलब त बढायो अन्तरिम सरकारले तर निर्लज्ज ढंगले ! उच्च पदस्थ कर्मचारी र निम्न तहको कर्मचारीको तलबमान आकास जमिनको फरक हुने गरि ! तलब बढना साथ ३ रुपिया किलोको मोटा चामल ७ रुपिया किलो पुग्यो ! भर्खर लेराको प्रजातन्त्रको जोस कोहि बोलेनन !
अहिले पनि ठ्याक्कै आज भन्दा २४ बर्षको इतिहास लाइ दोहर्यायो कर्मचारीको सरकारले
! के पुर्ब प्रसासक वर्तमान अर्थमन्त्रीज्यु लाइ निम्न स्तरको कर्मचारीको पिर
मर्का थाहा थिएन र ? तलब बढाउनु थियो त माथिल्लो उच्च पदस्थ्को १० प्रतिसत र
निम्नस्तरको कर्मचारिको तलब २० प्रतिसत बढाएको भए वर्तमान अर्थमन्त्रीज्यु ले स्याब्बासी
तथा धन्यवादको पात्र पक्कै बन्नु हुन्थ्यो तर त्यसो भएन ! उही बच्चोको कथा जस्तो ‘आमा
आमा बा आए’ भन्दा ‘नकरा मोरा बा तेरो लागि हैन मेरो लागिपो आ’ भन्या जस्तो !
0 Comments:
Post a Comment