Thursday, July 11, 2013

कतै 'अखण्ड' पार्टी' पनि करौती पार्टी त हैन ?

हिजो आज सामाजिक संजाल फेसबुकमा 'अखण्ड' पार्टी' नेपालको पनि जोर सोरको साथ चर्चा चलाइएको देखियो ! के हो 'अखण्ड' पार्टी' भनेको? के हो यसको उदेस्य र किन खोलियो यो पार्टी अनि यो पार्टी खोल्दा देस र जनतालाई के कस्तो लाभ हानि हुन्छ त्यसको सविस्तार बर्णन कसैले पनि दिन सकेको छैन !
२०४६ सालको परिवर्तन पश्चात नेपालमा सबै भन्दा ठुलो बिकास भनेको पार्टी खोलेर त्यो पार्टीको नेता बन्नु हो भन्दा कुनै अत्युक्ति नहोला ! ठुला पार्टी पनि नभएको काहा हो र ! २०४६ साल भन्दा अगाडिको सरकारले देसमा पार्टी खोल्न पूर्ण प्रतिबन्ध लगाई दिएको थियो ! जब पार्टी नै थिएन भने अहिले जसो दैनिक रुपमा हुने बन्द, हड्ताल, चक्काजामको सास्ती नेपालको जनताले भोग्नु परेको थिएन ! भलै  एक दलीय सासन किन नहुन कमसेकम देसमा शान्ति त थियो ! जनताले ढुक्क संग काम गरेर खान त पाएका थिए !
नेपाल बहुभाषिक बहु सांस्कृतिक देस हो ! याहा कुनै जातिको पनि बहुमत छैन ! 'अखण्ड नेपाल' भन्ने नामको पार्टी भनेको मात्र तागाधारी अर्थात बाहुन र क्षेत्री जातिको लागि ध्यानमा राखेर गठन भएको पार्टी हो भन्ने कुरा देख्न र सुन्नमा आयो ! कुनै पनि जिल्लामा बाहुन तथा क्षेत्रीको बहुमत छैन र सबै बाहुन तथा क्षेत्रीले उक्त नया पार्टीलाई समर्थन गर्छ भन्ने पनि कुनै आधार छैन ! चार ठुला पार्टीको लेबल लगाएर सत्ता र भत्ता हसुरेका पार्टीमा पनि अत्याधिक बहुमत त बाहुन र क्षेत्रीकै छ भने सबै जात जातिको समानता भएको पार्टी भनेको रा.प्र.पा.नेपाल (गाइ चिन्ह) हो ! जुन पार्टीले कांग्रेसले समेत बचाउन नसकेको राजा सहितको प्रजातन्त्र उदारबादको साथसाथै हिन्दु रास्ट्रको नीतिलाइ बोकेर हिडेको छ ! नेपालमा ८३% प्रतिसत हिन्दु धर्मालम्बी छ भनेर हालैको ताजा जनगणनाले समेत पुस्टि गरि दिएको छ !
भर्खरको युवा भनेको जिज्ञासु स्वभावका हुन्छन ! कुन ठिक र कुन बेठिक राम्रो सित छुट्याउन सक्दैनन र त्यस्ता युवा लाइ यो सहि र यो गलत भनेर बुझाउन सक्नु अगुवाको काम हो ! तर हाम्रो देशको कांग्रेस तथा कम्युनिस्टको नेताहरुले युवा भनेको हाम्रो लागी जनमत तयार गरि दिने साधन हो भनेर मात्र बुझे !
किन खोलियो 'अखण्ड' पार्टी'  ? यसको विचारधारा के हो त ? समाजबाद भन्ने नक्कली नारा र बाद त कांग्रेस पार्टीको पेवा हो ! कम्युनिस्ट विचारधारा मान्ने हो भने ५ दर्जन भन्दा बढी छ ! प्रजातन्त्र र उदारबाद मान्ने हो भने रा.प्र.पा.नेपाल छ ! यो भन्दा बढ्ता बाद र सिधान्त संसारमा कहिँ कतै पनि छैन भने कुन चाहिँ बाद र सिदान्त बोकेको छ त 'अखण्ड' पार्टी'  नेपालले ? हिजो पंचायतकालमा आफु भन्दा बलियो उम्मेदवार पर्यो भने त्यसलाई पछार्न पन्चहरुले समाजमा पत्याका ब्यक्तिलाइ आर्थिक सहयोग गरेर चुनाउमा उठ्न लगाउथे जसलाई त्यतिखेरको चलन चल्तीको भाषामा ‘करौती उम्मेदवार’ भनिन्थ्यो भने कतै 'अखण्ड' पार्टी' त्यस्तै करौती पार्टी त हैन ?