Showing posts with label टिका-टिप्पणी. Show all posts
Showing posts with label टिका-टिप्पणी. Show all posts

Tuesday, March 31, 2026

सब तिवारी र गोतामे भए पछी कसलाई बिस्वास गर्नु ?

कांग्रेस र एमालेका भुराहरुले गोरु चुटाई गरेको ३ महिना नबित्दै एमालेको सरण परेर पररास्ट्र मन्त्रि खान गएको दिन देखि हाम्रो कमल थापाको सबै हाउभाउलाई राम्रो संग विश्लेषण गर्न पाईयो  नमस्ते गर्न छाडेर लाल सलामवाला मुट्ठी देखिए पछी यति लेख्न कर लाग्नेनै भयो !

पार्टीमा अध्यक्ष पद हारे पछी पार्टी फुटाउने सम्मको दुस्साहस गर्ने थापा काजी पछी एमाले पतनको बाटो देखेपछी आफ्नै घर फर्की आएँ भन्दै लाज्धानी बाट चुनाव लडे ।

सिधा र खाँटी भाकामा भन्नु पर्दा म कमल दाईको भक्ते हुँ तर जुन दिन बाट राजाको घोर बिरोधि कम्युनिस्टको दौराको फेरो समाउन पुगे त्यहि दिन देखि मेरो रा.प्र.पा प्रति मोह भंग भएको हो ।

श्री ५ महाराजाधिराजले अहिले चुनाव गर्नु भनेको संकटलाई निम्त्याउनु हो भन्दा भन्दै चुनावमा भाग लिन खोज्दा 'धोबीको कुकुर घरको न घाटकोअबस्थामा रा.प्र.पा पुगी सके पछी अरु खास के टिप्पणी गर्नु  

गाउँ समाजमा मलाई अझै पनि कमल थापाको मुन्छे भन्छन  हिजो गर्वले छात्ती सगरमाथा हुन्थ्यो अहिले शिर निहुरिमुन्टो 'भएको छ 

रा.प्रा.पाले न धर्मको संरक्षण गर्न सक्यो न देश जोडने राजाको । महाराजधिराजको सवारीमा देखिएको जुलुस लावा लस्कर  सबै रा.प्रा.पा बादी को हो भन्नुचै  ठुलो मुर्खता हुन्छ ! 

 


Thursday, June 24, 2021

भंडुवा धर्मानन्द पाध्यहरु

-जनकमान डङ्गोल 

गुरु प्रसाद मैनालीले लेखेको कथा ‘छिमेकी’ । 

‘छिमेकी’ कथामा गुमाने र धनजिते दुईजना छिमेकी छन । असारको समय अनि खेत रोप्ने बेला । गुमानेको गोरु धनजितेको खेतको बिउमा पस्छ र धनजितेले गोरुलाई बेस्सरी पिट्दै धपाउँछ । वर्षायामका आफ्ना गोरुलाई बेस्सरी पिटेको देखेपछि गुमाने रिसाउँछ र दुबैका बीचमा झगडा हुन्छ ।

चौतारामा गाउँलेहरु जम्मा भएका छन । गाउँको भँडुवा धर्मानन्द पाध्याले गुमानेलाई उक्साउँछ र झगडा हातपातसम्ममा पुग्छ । छिमेकीहरूले गुमाने र धनजितेलाई छुट्याउँछन् तर दुबैमा रिस बाँकी रहन्छ । दुबै छिमेकीहरूमा बोलचाल तथा अर्म-पर्म र असल व्यवहार बन्द हुन्छ ।

केही समय पछि गाउँमा आँठे रोगको महामारी फैलिन्छ त्यसको चपेटामा धनजिते र उसको परिवार पनि पर्छ । आँठेले इन्तु न चिन्तु भई लडेको धनजितेको दयनीय अवस्था देखेर गुमानेको मन पग्लन्छ । उसले मन लगाएर धनजितेको सेवा गर्छ ।

सेवा नगर्न र आफ्नो भारी बोक्न गए चलनचल्तीभन्दा धेरै ज्याला दिने लोभ आसामरु साहुले देखाउँछ । यो लोभमा नपरी गुमानेले उल्टै छिमेकीको महत्त्व बुझाउँछ । सन्चो भई बिउँझेपछि धनजितेले गुमानेको प्रेम र उसको मनमा आफूप्रतिको माया र सद्भाव देख्छ । उसलाई विगतप्रति पछुतो लाग्छ र गुमानेसँग माफी माग्छ । दुबैमा मेल हुन्छ र कथा समाप्त हुन्छ ।

कथा छोटो र सरल छ ! यो कथालाई अहिलेको राजनीति संग दाँजेर हेर्ने हो भने प्रत्येक पार्टीहरुमा भंडुवा धर्मानन्द पाध्यहरु टन्न भेटिन्छ ! आफ्नो फाइदा हेर्ने आसामरु साहु जस्तै चरित्र बोकेका बिदेसीहरु छन जसले जातीयताको खेति देखि धर्म परिवर्तनको खेलो खेलेका छन !

अब हिजोको गुमाने र धनजिते बन्ने कि भंडुवा धर्मानन्द पाध्य देखि आसामरु साहुको जालोमा फस्ने ?

तस्विर: गुगल सर्च

Friday, May 28, 2021

प्रसंग: राष्ट्रपति र संबिधान

केसवलाल श्रेष्ठ  


केहि पूर्व न्यायाधीश र बार एशोसिएशनका स्वनामधन्य विद्वानहरुले राष्ट्रपतिले ‘विवेक प्रयोग नगरेको’ भनेर आरोप लगाउँदा संबिधानमा राष्ट्रपति र विवेकको के साइनो रहेछ भनि नेपालको संबिधान अध्ययन गर्दा बिचरा राष्ट्रपतिलाई त विवेक प्रयोग गर्ने अधिकार त कुनै पनि धाराले दिएको रहेनछ त ! राष्ट्रपतिको काम, कर्तब्य र अधिकार नेपालको संविधानको धारा ६६ ले ३ वटा उपधारा अन्तर्गत बर्णन गरेको पाइयो !

६६.१. राष्ट्रपतिले यो संबिधान वा संघीय कानून बमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तब्यको पालन गर्नेछ !
६६.२. उपधारा (१) बमोजिम अधिकारको प्रयोग वा कर्तब्यको पालन गर्दा यो संबिधान वा संघीय कानून बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्य बाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ ! त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्री मार्फत पेश हुनेछ !
६६.३. उपधारा (२) बमोजिम राष्ट्रपतिको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण संघीय कानून बमोजिम हुनेछ !
]
उपरोक्त धारा एवम् उपधाराहरू अध्ययन गर्दा यो तीनैवटा उपधाराले राष्ट्रपतिलाई विवेक त टाढाको कुरा, कुनै काम र अधिकार पनि दिइएको पाइएन !
अहिले राष्ट्रपति जस्तो (केवल आलंकारिक मात्र) संस्थालाई सामाजिक सञ्जालहरुमा अमर्यादित भएर मात्र हैन असाध्यै अमर्यादित, अश्लिल एवम् असभ्य तरिकाले जुन जुन पात्र प्रस्तुत भैरहनु भएको छ, यसले आ-आफ्नो पारिवारिक र सामाजिक दर्पण प्रस्तुत गरिरहेको व्यहोरा स्विकार्नु नितान्त जरुरी छ !
के वर्तमान संविधानले राष्ट्रपतिलाई सम्मानजनक भूमिका दिएको छ ! राष्ट्रपतिले संविधानको कुन धारालाई टेकेर आफ्नो विवेक प्रयोग गर्ने ? आफुलाई गणतन्त्रवादी भनेर नथाक्ने ‘संबिधान निर्माताहरुले’ निर्वाचित राष्ट्रपतिलाई किन कुनै पनि अधिकार दिन कन्जुस्याइँ गरेको होला ? आज राष्ट्रपतिमाथि जुन आक्षेप लगाएको छ, के यस प्रश्नको जवाफ तपाई नेताहरुले दिनु आवश्यक छ कि यो दोष राष्ट्रपतिको होइन तपाईहरुले बनाउनु भएको संबिधानको हो !

Sunday, May 23, 2021

भाई फुट्दा फाइदा कसलाई भयो ?

तस्विर साभार: गुगल सर्च
तस्विर साभार: गुगल सर्च
  -जनकमान डङ्गोल

हिन्दु धर्म सहितको राजतन्त्र स्थापना हुनु पर्दछ भनेर कमल थापाले घोक्रो सुक्ने गरि कराए । हिजो कमल थापाको आवाजलाई सुर्य ग्रहणले छेकेकै हो ।

पूर्व पन्चहरु २०४६ साल पछी एक भएर लागेका हुन्थे भने आज आएर कांग्रेस देखि कम्युनिस्टहरुले जनताको टाउकोमा गिर खेल्न सक्दैन थिए । ओली विधा भएर आज रास्ट्रघाती नागरिकता विधेयक ल्याउने हिम्मत कसरि गर्थे ।

गोर्खालीको बुद्धि ढिलो पलाउछ भन्थे । अहिले आएर बल्ल पशुपति सम्सेर देखि प्रकाश चन्द्र लोहनीले देशमा राजतन्त्र स्थापना गर्नु पर्छ भनेर सामाजिक संजालमा लेखेछन । कम्तिमा ५ बर्ष अगाडी यस्तो बुद्धि किन आएन ? गणतन्त्रको नारा अलाप्दा घाटा कसलाई भयो ?

 
होस् गर्नुस महापन्चहरु छिमेकीले काखी च्याप्ने भनेको जसको जनमत धेरै छ उसैलाई हो । २०४६ पछी कांग्रेसलाई काखी च्यापेको छिमेकीले अहिले कम्युनिस्ट घटकको एक खेमा ओलीलाई माया गर्दैछ । हिजो माकुने देखि प्रचण्ड, सि.के राउत देखि बाबुराम उपेन्द्र सम्मलाई काँधमा बोकेर हिंडे । आफ्नो मतलब पुरा नहुने देखेसी जसले मतलब पुरा गर्छ उसैलाई काखी च्याप्ने हो । महन्थ ठाकुर देखि राजेन्द्र महतोलाई ढाल बनाएर ओलीलाई चक्रब्युहमा पारेको नतिजा ‘नागरिकता बिधेयक’ आयो हैन ?

अहिले जे जस्ता राजनीतिक घटना घट्यो त्यसो हुनुमा कांग्रेस कम्युनिस्ट जति दोषी छन त्यो भन्दा बढी दोषी राजाको नक्कली भजन गाउनेहरु छन भन्ने यो पंक्तिकारको ठम्याई हो ।

 

 

Saturday, May 22, 2021

देशले फेरी राजतन्त्र खोजेको छ

हिजो पन्चको पालामा देसको पैसा बिदेस लैजान दिन्थेनन । देसका सत्रु केहि काला व्यापारीले  LC अर्थात (आयात प्रतित पत्र) को नाउँमा डलरको कालो धन्दा गर्न खोज्दा पनि पक्डाउ पर्थे । खेतानको LC (आयात प्रतित पत्र) काण्ड पनि नेपालीले भुलेका छैनन । खेतानहरु सबै मारवाडी ब्यापारी हुन ।

..

काँग्रेस भनेको पूंजीवादी सामन्तीको पार्टी भनेर आरोप लाउने कम्युनिस्टहरु हुन । पुजीपतिको घोर बिरोधमा तत्कालिन कम्युनिस्ट पार्टी माले अहिलेको एमालेले देसमा भएको सम्पूर्ण सरकारी देखि निजि कल कारखानामा काम गर्ने मजदुरहरु उचालेर बन्द हड्ताल गराएर पंचायती ब्यबस्था लाइ छुलछुल पार्थे । मजदुरले गरेको बन्द हड्तालमा तिनका भात्री संगठन त झन नकुर्लिने कुरै भएन । उहिले कम्युनिस्टको जत्तिको जनमत कांग्रेसको थिएन र अहिले पनि छैन । त्यहि भएर पछाडी बाट समर्थन गर्थे । बन्द, हड्ताल, नारा जुलुस, चक्का जाम देखि तोडफोडमा कम्युनिस्टहरुलाई कसैले पनि जित्न सक्दैन । तिनीहरुको भुस भरेको खोपडी अर्थात दिमागमा नै माओले घोकाइ दिएको मन्तर 'पुराना संरचना भत्काऊ र नयाँ निर्माण गर' भन्ने फिर्फिरीझैँ फनफन घुम्छ ।
..

पुराना भत्काउन जति सजिलो हुन्छ नया जोडन त्यति नै गारो हुन्छ । नया जोडन लाइ पुजी चाहिन्छ । अहिले यतिखेर पार्टीमा घुसेका यी तिनै मारवाडीहरु हुन जसले देसको संक्रमणकालको फाइदा उठाउँदै पैसा जति बिदेसमा लगेर थुपारेका छन । देसमा खोल्ने उधोग धन्दा बिदेसमा गएर खोलेका छन । मजदुरको पेटमा लात हान्यो भनेर हिजो आन्दोलन गर्न उक्साउने यी कम्युनिस्टको जमातेले तिनै पुजीपति मारवाडीलाइ किन र के को आधारमा पार्टीमा हुलेर मनोनित बिधायक बनाउदैछन ? देसको पुजी बिदेसमा लगेर उधोगधन्दा खोले पछी देसको मजदुर बेरोजगार हुन्छ कि हुँदैन ? आफ्नै मजदुरहरुलाइ बेरोजगार बनाउदैछ भन्ने थाहा हुँदा हुँदै पनि ति मजदुरका महा सत्रुलाइ गला जोडेर फुल माला र खादाको साथ पार्टीमा किन प्रबेस गराइयो ? अझै पनि पार्टीमा आस्था राख्ने हरुले यस्तो गम्भीर कुरालाइ नसोचेर हावाको तालमा थपडी बजाएर स्वागत गर्छन भने पछी गोहीको आँसु चुहाउनुको के अर्थ ? एमाले नामको कम्युनिस्ट पार्टी अब गरिब जनता मजदुरको पार्टी कि पुजीपतिको पार्टी ? यसको चिन्तन मनन गर्ने कस्ले ?
..

यो गम्भीर गल्ति सच्याउने कस्ले छात्तिमा हात राखेर सोच्नुस त । त्यसैले देसमा शान्ति नभए सम्म उधोग धन्दा कल कारखाना स्थापित गर्न सकिदैन । सान्तिको लागि अहिलेका यी पार्टीहरु बाट बिल्कुलै सम्भव छैन किनभने पैसा र पदको लागि यिनीहरुले आफ्नो आत्मालाई समेत बेच्न पछी पर्दैनन भन्ने कुरा हामीले यो ३० बर्षमा देखि भोगी सकेका छौ । यहि अबस्था रहेमा देस कुनै पनि बेला सिक्किमको स्थितिमा नपुग्ला भन्ने के बेर ।


..

काम नगारि माम पाइन्न । माम पाउनको लागी चाहिने रोजगार हो । रोजगारको लागि पुंजी चाहिन्छ तर पुजिपतिले पुजी जति बिदेसमा लगेर थुपारे पछी देसमा कसरि रोजगारको सिर्जना हुन्छ ? त्यसैले अहिलेको यो भाडभैलो लाइ ठेगानमा लगाउन कै लागि भए पनि केहि समयको लागि देसले फेरी २०१७ साल जस्तै कठोर ब्यबस्था खोजेको छ । राजतन्त्र बिना त्यो सम्भब छैन भने अब फेरी राजतन्त्र  पुनर्स्थापना किन नगर्ने ?

बेलायत जस्तो महासक्तिसाली देस होस् या कम्युनिस्टले गाँजेको देश कम्बोडियामा गुमेको राजतन्त्र पुन फर्किन सक्छ भने नेपालमा किन सक्दैन ? देस रहेपो पहिचान पाइन्छ ? आफुमा जुधेर लड्ने देखि बिदेसीको ताबेदारी गर्ने अहिलेका नेताहरुले देशमा मच्चाएको भाँडभैलोलाई  रोक्नकै निमित्त भए पनि नेपालमा फेरी एकपटक राजसंस्था लाइ पुनर्स्थापना गर्न अति आबस्यक भै सकेको छ ।
 

 

Thursday, January 28, 2021

धेरै नउम्ल कमरेडहरु पोखिएर खेर जाला


धेरै उम्ल्यो भने पोखिन्छ भने उखान नेपाली जनजिब्रोमा झुण्डिएको छ । यो उखानलाई पटक पटक सत्ताको स्वाद चाखेको नेपालको बुढो पार्टी नेपाली कांग्रेसले चरितार्थ पारेर देखाई पनि दिएको छ ।

देस र जनताको लागी क्रान्ति गरेका हौ भने । सोझो र सिधा जनताले हो भन्दै सहि थापेर पटक पटक समर्थन र सहयोग नगरेको भए कांग्रेसीहरुले पटक पटक सत्ता र भत्ताको स्वाद चाख्न पाउदैन थिए । सत्तामा पुगेपछि सोझा र सिधा जनतालाई भन्दा आफ्ना र नजिकका आसेपासेलाई मात्र अँगालो हाल्दा नेपाली कांग्रेसलाई नेपाली जनताले आज आएर थांग्नामा सुताई दिन बाध्य पार्देको छ र त्यसो हुनुमा अरु कोहि नभएर नेपाली कांग्रेस पार्टी हाक्नेहरुनै सतप्रतिसत जिम्मेवार छन ।

कांग्रेस पार्टीको आजको हबिगत देखेर खिसिटिउरी गर्दै अहिलेको सत्तासिन पार्टीका मुखियाहरु काखी बजाउदै छन । टुंडिखेलमा भाषण गर्ने हैसियतको नेपाली कांग्रेस पार्टी आज आएर माईतिघर मण्डलामा सिमित भएको छ भनेर घिरम्ले नाक पार्न थालेका छन । अहिलेका बहुमतका कम्युनिस्ट पार्टी पनि क्रान्ति र संघर्ष गरेर आएका हुन । उम्लियो भने पोखिन्छ । कांग्रेस पार्टीको जस्तै हबिगत हाम्रो पार्टीको पनि हुन सक्छ भन्ने सोच भएको भए यस्ता घटिया कुरा पक्कै पनि गर्दैन थिए होलान ।

कार्टुन साभार: गुगल सर्च

जसले राम्रो काम गर्छ भोट त्यसैलाई दिने हो तर पंचायतको बर्खास्ती पछि आजको दिन सम्म आईपुग्दा कुनै पनि पार्टीले देस र जनताको लागी राम्रो काम गरेर देखाएका छैनन । जुन दिन नेपालका जनताले देस र अहिलेको राजनीतिक पार्टीहरु लाई राम्रो संग बुझ्छन त्यो दिन अहिलेको सत्तासिन पार्टीहरुको हबिगत पनि नेपाली कांग्रेस पार्टीको जस्तै हुनेछ । यसमा कुनै दुईमत छैन ।

मिठो र गुलियो भाषणले जनतालाई केहि दिन भ्रममा पार्न र राख्न सकिन्छ तर संधै त्यसो गर्न सकिन्न । अहिलेको ओली सरकारले भाषण ठोक्ने भन्दा अरु कुनै गतिलो काम गरेर देखाएका छैनन । यस्तै प्रकारले यो सरकार चल्दै गयो भने आर्को पटकको चुनावमा नेपाली कांग्रेसले भोगेको हबिगत पक्कै पनि ओली सरकारको हुनेछ यसमा कुनै दुईमत छैन ।

जनताहरु भनेका आसे हुन । चुनावमा केहि पाईन्छ भन्ने आसले भोट दिएका हुन । जनताको आसा भनेको बिकास र शुसासन हो तर जनताको आशालाई निरासामा पारियो भने ‘काला गए गोरा आउछन ’ भनेर सोच्न बाध्य हुनु पर्छ । हाम्रो देस गरिब थिएन र अझै पनि छैन । हामीहरुलाई दरिद्रको कोटिमा उभ्याई दिने अरु कोहि नभएर हाम्रा महान नेताहरु हुन । देस लाई बिदेसिको पाउमा बन्धकी चढाएर नेता र तिनका केहि थान आसेपासेले विलासी गाडी र घोडा चढ्दैमा देस शक्तिसाली र सम्पन्न छ भनेर कसरि भन्न सक्छन ?

जनताको जीवनस्तरलाई माथि उठाउने हो भने बिपक्षीलाई पनि मनाएर काँधमा काँध मिलाएर अगाडी बढ्नु पर्नेमा एकले आर्कालाई खसी बोका खुल्यायेका जसरि खुईल्याउदै छन । अहिले हामि सत्तामा छौ र हामीले जे गरे पनि हुन्छ भन्ने मानसिकता बोकेर अगाडी बढ्यो भने आर्को पटक नेपाली जनताले ‘मिलेर बस्न नसक्ने तिमि कम्निस्टहरु पनि उही ड्यांगको मुला रैछौ त्यसैले  अब काँध थाप्न सकिन्न’ भन्दै जसरि अहिलेको नेपाली कांग्रेस पार्टीको हविगत बनाई दियो भने अहिले आफैले यत्तिखेर भनेको ‘बिचरा नेपाली कांग्रेस पार्टी माईतिघर मण्डलामा भाषण गर्ने हैसियतमा पुगेछ’ भन्ने स्थितिमा त्यो समयमा नपुग्ला भनेर भन्न पनि सकिदैन त्यसैले उखानटुक्का हालेर आफ्नालाई गालि गर्नु भन्दा देस बिकासको सत्रु ‘भ्रस्टाचार र भ्रस्टाचारी लाई बढार्न कम्बर कसेर लाग्नु पर्छ’ भन्ने सुझाब र सल्लाह मात्र हो ।

 

Sunday, October 18, 2020

खाँटी प्रश्न किन नगर्ने ?

 -जनकमान डङ्गोल

पार्टी एकीकरण भए पछी समाजबादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भटराईहरु देश दौडाहामा छन । भटराईहरुको टोलि जुनजुन स्थानमा जान्छन त्याहाँ भिड एकत्रित भएकै हुन्छन ।


समाजबादी पार्टी जस्तै कांग्रेस पार्टीका नेताहरु पनि देश दौडाहामा छन । पार्टीको आउँदो महाधिबेसनले गर्दा देश दौडाहामा निस्किनु कांग्रेसी नेताहरुको बाध्यता पनि हो । नेताहरु जुन जुन स्थानमा पुग्छन त्याहाँ भिडभाड नहुने कुरै भएन ।

समाजबादी र कांग्रेस जस्तै रा.प्र.पा पनि जिल्ला जिल्लामा संगठन गर्न व्यस्त छन । पार्टी एकिकरण भए पछी देशमा ठुलो पार्टी बनेर देखाउने सपना पालेका रा.प्र.पा का नेताहरु यतिखेर युद्धस्तरमा लागेको कारणले गर्दा नेताहारु पुग्ने स्थानमा भिड बढ्नु स्वभाविकै हो ।

सत्ताधारी पार्टीका नेताहरु पनि जिल्ला भ्रमणमा जाँदा अत्याधिक भिड बढेको देख्न पाईन्छ ।

धेरै लामो समय पछी सार्वजनिक यातायात सुरु भएको छ । सार्वजनिक यातायातमा कोच्चिएर यात्रा गर्नु पर्ने बाध्यता पनि देखिएकै हो ।

छिमेकी रास्ट्र भारतको बिहारमा यतिखेर बिधान सभाको चुनाव सुरु भएको छ । बिहार प्रदेसले नेपालको धेरै सिमावर्ती जिल्लाहरु छोएको छ । बिहार चुनावमा पनि हजारौ हजारको भिड देख्न सकिन्छ ।

यताका हुन या उताका राजनीतिक पार्टीहरुले गरेको जनता देखि कार्यकर्ताको भिडमा कोरोना कहर पक्कै पनि लाग्न सक्छ तर प्रशासनले त्यस्ता गतिविधिमा रोक लगाएको देखिदैन,

तर,


हिन्दुहरुको महान चाड दशैमा मन्दिर प्रबेशमा रोक लगाउनुको कारणमा कोरोना संक्रमण फैलिन्छ भनेर सरकारले जुन आदेस जारि गरेको छ त्यो हिन्दु धर्म माथि सिधा प्रहार गरेको हो भनेर बुझ्ने कि नबुझ्ने ? यदि भिडको कारणले कोरोना संक्रमण फैलिन्छ भने राजनीतिक पार्टीहरुले गरेको कार्यक्रममा कोरोना किन फैलिदैन भनेर खाँटी प्रश्न किन नगर्ने ?

Tuesday, September 29, 2020

पार्टी एकीकरण भएको रहेनछ ।

नेपालमा डेमोक्रेसी भनिने प्रजातन्त्र हाम्ले स्थापना गरेको हौँ भन्ने कांग्रेसीहरु अहिले सम्म एक हुन सकेका छैनन । जन्मदाताहरु बिते पछी छत्तीसे र चौहत्तरेमा विभाजन भएको कांग्रेसमा अहिले पनि तिन गुट कायमै छ ।


 

चौहत्तरे देउवा, छत्तीसे पौडेल संगै आर्को अर्थ लाग्ने सिटौला गुट जन्मेको छ । गगन थापा सिटौलाका दाहिने हात बनेर उदायका छन ।

कांग्रेस झन्डै चारबर्ष कानमा तेल हालेर बस्यो । देउवा पार्टी बिस्तार गर्न खोज्ने पौडेल र सिटौला तगारो हाल्ने । जुन कार्य अहिले पनि यथावत रुपमा नै चलि रहेको छ ।

 


नेपालमा गणतन्त्र हाम्ले स्थापना गरेका हौ । हाम्ले जनयुद्ध नलडेको भए नेपालमा गणतन्त्र आउदैन थियो भन्ने फटाहा कुरा गर्ने माओबादी र सामन्ती भन्दै ब्यक्ति हत्या गरेर उदाएका झापाली कम्युनिस्ट निकै ठुलो तामझामको साथ एकीकरण भयो । एकीकरण पछी भागबण्डाको कुरो उठ्दैन तर अहिले पनि नेपाल कम्युनिस्ट पार्टी नाम फेरेको एकिकृत पार्टीमा साठी र चालिसको भागबण्डा कायमै छ । त्यसैको कारणले गर्दा दुईटा अध्यक्ष भएको पार्टीमा समय समयमा ठुला ठुला समस्याहरु जन्मिने गरेको छ । मन्त्रीमंडल हालसम्म बिस्तार हुन नसक्नु त्यसैको परिणाम हो ।

पार्टी भनेको घर हो भने कार्यकर्ता भनेको सन्तान हो ।  घरमा मुली एक जना हुन्छन ।  मुलीको आदेस र खटनपटनमा चल्न सकेन भने त्यो घर स्वाहा हुन्छ ।  

२००७ साल पछी नेपालमा आएर जो जस्ले राजनीतिको खेति गरे तिनका घरको मुली स्वदेसी नभएर बिदेसी हुन । सन्तान स्वदेसी अनि मुली बिदेसी भए पछी देसमा बिकाश र शान्ति हुँदैन ।  देखिएको र बुझिएको खाँट्टी कुरा यिनै हुन ।

Wednesday, September 09, 2020

राजेन्द्र सिम्खडा अर्थात पंक्तिकारको सम्धी नाता पर्ने 

केहि बेर अगाडी हु.प्र.चौर अगाडीको पसलमा भेट भो

मैले सम्धी ज्यू  नमस्कार ।

ठट्टा गर्दै भने आज खाना अगाडी हो ?

नमस्कार सम्धी

हैन सम्धी अब १ महिना लक डाउन भो भने त्यो स्थिति नआउला भन्न सकिन्न ।


 

झन्डै २० बर्ष सर्खारी जागिर खाईयो । पेन्सन छ ! पेन्सन हात्तिको मुखमा जिरा जस्तै हो । १० बर्ष मलेसिया बसियो । अहिले पनि म निजि कम्पनीमा जागिरे छु ।जीवन निर्वाह गर्न जसो तसो चलेको छ ।

कोरोना माता हो कि पिता अहिले सम्म कसैले भन्न सकेनन । तिनैको कृपाले गर्दा अहिले धेरैको पेट पटुकी कस्न बाध्य छन ।

आज बाट हेटौडाको हु.प्र.चौरमा पनि निशुल्क भोजन चल्यो । पहिला पहिला व्यापारीहरुले कमाएको सम्पतिबाट केहि अंश दान पुण्यमा खर्च गर्थे । बेपारिहरु नै अहिले बिर्बलको उखान हासम कि रोऊ भएका छन । बेपार नै नभए पछी 'पुंजी न सुजि किन उचाल्नु जिमु' ।

अझै केहि महिना यस्तै भो भने हाम्रो पनि जागिर पिलित्त हुन्छ ।सर्खार बिचरालाई पुगेको छैन । अनि यस्तै मनकारी संस्थाले दाल भात कहिले देला भनेर भन्नुको बाहेक अर्को बिकल्प छैन ।

नकच्चरो

हाम्रो देशमा लाज सरम घिन सबै पचाउन सक्ने पुरुष भए नकच्चरो अनि महिला भए नकच्चरी भनेर सम्बोधन गर्ने चलन छ ।

जुलाई 28, 2006 मा भारतीय निर्देशक बिशाल भारद्वाजले ‘ओमकारा’ नामको सिनेमा बनाए । उक्त सिनेमामा पर्याप्त मात्रामा पचाउन नसकिने अश्लिल गालिहरु राखिएको थियो । निर्देशकले एकजना चर्चित नायकलाई सिनेमामा खेल्न प्रस्ताब गरे  । 

 

नायकले कथा पढे । चलचित्रमा अत्याधिक मात्रामा अश्लिल गालि राखेर बनाईएको सम्बाद देखे । ति चर्चित निर्माताले यो गालि शब्द हटाउने हो भने म सिनेमा खेल्न तयार छु भने तर निर्माताले मैले गालीको लागि भनेर नै करोडौ करोड खर्चेर सिनेमा बनाउन लागेको भने म कसरि गालि हटाउन सक्छु ? तपाईले नखेले आर्कोले खेल्छन भनेर जवाफ दिए ।

नेपालको राजनीति अनि राजनीतिमा लाग्ने राजनेता र तिनीहरुको ईसारामा मर्न र मार्न पछी नहट्ने कार्यकर्ताहरुमा पनि ठ्याक्कै बिशाल भारद्वाजले बनाएको सिनेमा जस्तै  चरित्र देखिन थालेको छ । एक आर्का बिरुद्द तल्लोस्तरमा ओर्लेर अपशब्द प्रयोग गर्नु त सामान्य जस्तै भई सक्यो ।

राजनेता भनेका देसका खम्बा हुन  तर  बुद्धि, बिबेक र चेतनामा धमिरा पसेर खोक्रो भई सकेको खम्बाहरुले नेपालको राजनीतिरुपी घर कतिन्जेल सम्म धान्ला त्यस तर्फ भने नेपाली जनताहरुले अब सोच्ने बेला भई सकेको छ ।

Saturday, August 29, 2020

अभिभावकले लिनुस, स्कुलले ले भन्न सक्दैन

कोरोनाको कारणले गर्दा चैत्र ११ गते देखि देश अघोषितरुपमा कोमामा पुगेको छ । देशनै बन्द भए पछी स्कुल खुल्ने कुरै भएन ।

चैत्र मसान्त सम्ममा सम्पूर्णरुपमा शुल्क उठी हाल्छ भनेर ढुक्क  भएका स्कुल संचालकहरुले चैत्र ११ गते आउछ भनेर पत्तै पाएनन । पाएका भए हाम्रै भुरा भुरिका अभिभावकहरु हुन । शुल्क तिरिहाल्नु हुन्छ भन्ने बिस्वासमा किन पर्थे ।


 

जब लक डाउन लम्बिदै गयो अभिभावकहरुले आफ्ना बालबच्चाको फिस तिर्नु कि पेटको जोहो गर्ने भन्ने सोचाईमा परे । फिस तिर्दै गरौला पहिला बाच्ने उपाय गरौ भने पट्टि लागे ।

चैत्र ११ देखि आजको दिन सम्म स्कुल खुलेको छैन । पुंजी बचाएकोहरुले गुरु गुरुआमा देखि कर्मचारीहरुको तलब भत्ता भुक्तानी पनि गरे होलान तर भदौ देखि दिन सक्दैनौ भनेर बिज्ञप्ति निकाल्न बाध्य पनि बनाए ।

चैत्र भन्दा अगाडीकै शुल्क नतिर्ने अभिभावकहरु पनि टन्न होलान । अबको समयमा चाहेर पनि यो समयमा स्कुलले रकम माग गर्न सक्दैनन भने अभिभावकले पनि दिन सक्दैनन । सबैलाई आर्थिक समस्याले गांजेकै छ ।

बिचको केहि समयमा लकडाउन खुकुलो गरेको पनि देखियो त्यो भनेको बाठो सर्खारले कर उठाउन खोलेको रैछ ।

स्कुल हुन कि उधोग कल कारखानाको मालिक सबैको गुनासो छ सर्खारले हामीलाई हेरेन ।

सर्खारले कसरि हेरोस । संघियता सहितको गणतन्त्र लागु भएको छ । हिजो अर्बले पुग्ने ठाउँमा आज खर्ब को बजेट विनियोजित गर्नु परेको छ । सर्खारलाई आफ्नै पाल्न धौ धौ भा को बेलामा निजीलाई किन हेर्थे ।

बिकल्प पनि छ । अब सर्खारले शिक्षक कर्मचारी देखि औधोगिक मजदुरहरुको सामाजिक सुरक्षा कोषमा जम्मा गरेको २०७७ असार मसान्त सम्मको रकम फिर्ता  गरि दिने, बैंकको ब्याज मिन्हा तथा कर छुट दिनेहो भने सर्प पनि मर्छ र लट्ठी पनि भाँच्चिदैन ।

Saturday, January 04, 2020

गणतन्त्र ठिक कि राजतन्त्र ?


-जनकमान डंगोल 
चिनि संगै रक्सि बनाउने कारखाना नेपालमा राजाकै पालामा खुलेका हुन । बिदेसिको सहयोगमा नेपालमा खुलेका ति चिनि कारखानाहरुलाई बिरगंज चिनि कारखाना र भैरहवा सुगर मिल भनेर सबैले चिनेका थिए ।  
प्रजातन्त्र आयो भने जनताले सुख: र शान्ति पाउछन भनेर नेपालमा आन्दोलनको बिउ रोप्ने कांग्रेसीहरु हुन कांग्रेसको नक्कल पछी कम्युनिस्टहरुले गरे । आन्दोलनको बिउ हाल्नुको सट्टा उधोगधन्दा कल कारखानाको बिउ हालेको भए नेपालीहरु बिदेस हैन बिदेसीहरु नेपालमा रोजगार गर्न आउथे ।
स्व.राजाहरु महेन्द्र देखि बिरेन्द्रले बिदेसीहरु संग सहयोग मागेर देसमा ठुला उधोगधन्दा देखि कलकारखाना संचालनमा ल्याएको हुन । कांग्रेस देखि कम्युनिस्ट नेताहरुको गुलियो आश्वासनमा नपरेको भए आज उखु किसानहरु राजधानीमा आएर आँखाबाट बागमती बगाउनु पर्दैन थियो ।
किसान संघ, संगठन, संस्था भनेर पार्टी पिच्छे खोलेका छन । तर बोल्दैनन । बोल्यो भने नेता बन्न पाइदैन । नेता बन्न पाइएन भने कसले पुछने ?
मदेसी पार्टी भनेको मदेसको मसिहा । भू.पु कांग्रेसी नेता महन्थ ठाकुर हुन या उपेन्द्र, राजेन्द्र, भण्डारी हुन या त्रिपाठी यी खाँटी मदेसी हुन तर मदेसमा बस्दैनन । चुनावको बेलामा मांस, मछली, दारु भात खिलाउन र पिलाउन बाहक अरु बेलामा मदेस जादैनन । यिनीहरु सबै राजधानीका रैथान भै सके ।
बेपारी चाहे मारवाडी हुन या गुप्ता, नेवार हुन या अन्य जातिका । बेपारी भनेको नाफा र नोक्सान हेर्ने हुन । हिजो राणा देखि पन्चेतको पालामा केहि रकम दान पुण्य भन्दै जनताको नाउँमा खर्चिन्थे तर अहिले खर्चिदैनन । अहिलेको बेपारीहरु लाई नेता र तिनको कार्यकर्ता पोस्दै र पाल्दैमा फुर्सद छैन । काहाँबाट खर्चिनु 
ब्यापारिको पोईसो भएन भने नेताहरुको कार्यकर्ता पाल्न सकिन्न । कार्यकर्ता नभए पछि पार्टीले चुनाव जित्न सक्दैनन । जनता मार्फत लुटेको व्यापारीको पैसाले मासु भात देखि दारु भोज खुवाएर, लगाएर बुथ कब्जा गरेर चुनाव जितिन्छ भन्ने बिहारी भ्रममा बाँचेका कांग्रेस, कम्युनिस्ट देखि मधेसी पार्टीहरुले जनता मरुन कि बाचुन किन वास्ता गर्थे । यदि वास्ता गर्थे भने राजाले जोडेको सम्पति किन निजीकरण गरेको । ति जोडिएको सम्पतिहरु जनताकै लागि भनेर जोडिएको हैन ?
होस गर हिमाल देखि पहाड हुँदै तराईका जनताहरु चुनाव फेरी आउछ । अहिलेको दुख: कस्ट बिर्सदै फेरी पनि आउने चुनावहरुको बेलामा मांस, मछली, दारु भातमा बिक्यौ भने पछी रुनु र कराउनुको कुनै अर्थ छैन ।
२०७६/०९/१९ गते शनिवार 

Monday, December 30, 2019

बोल्न र लेख्न पाईदैन भने किन चाहियो लोकतन्त्र ?

जंग बहादुरलाई जंग चल्यो जंगे बनेर देखाई दिए साधारण प्रजाको छोरो जंगे र तिनका भाइका सन्तानले १०४ बर्ष नेपालमा जंगे शासन चलाए आफ्नैले मात्र चलाउन पाउने भएको भएर जहानियाँ शासन भनेकोरे जंगेको शासनमा जंगेकै हुकुम कानून बिरोध गर्न पाईन्नथ्यो जंगे माराजहरुको खलकको बिरोध गर्नु भनेको जेम्राज्का हाजिर लगाउन जानु जस्तै थियो बराजु देखि बाजेहरूले भनेका र हामीले सुनेका कुरा  
जंगेले मात खुवाउदै जनताको शासन भनेर देसमा प्रजातन्त्र आयो । बिदेसी भूमिमा बिदेसीकै रेखदेखमा दीक्षित बनेकाहरुले नेपाल भित्र पसेर जनता उचालेर  ल्याको प्रजातन्त्रले ‘श्रीमान गम्भीर नेपाली’ गाउनुको सट्टा ‘सारे जाहाँसे आच्छा हिन्दुस्ता हमारा’ बनाउन खोजेका थिए । साछी र प्रमाण कोशी र गण्डकी देखि मेचि देखि माहाकालीको उत्तरी सिमानामा राखेको हिन्दुस्तानी चेकपोस्ट हुन ।
देश भन्दा ठुलो अरु केहि हुन्न भन्दै तत्कालिन राजा महेन्द्र निरंकुस नबनेको भए हामी पनि उत्तिखेरै सिक्किमे जस्तै हुन्थेम ।
सत्तुर खोज्नु धेरै टाढा जानु पर्दैन । मुखले रामराम गर्ने बगलीमा छुरी बोकेर हिड्ने भारत जस्तो छिमेकी पाएका छौ । तिनैका ईसारामा असंख्य लेन्डुपे हरु जन्माएर हुर्काइएको छ । लेन्डुपहरु अहिले आफुलाई जंगे बनेर देखाउन खोजेका छन ।
जनताको छोराले चलाएको शासनलाई जनतान्त्रिक भनेर भन्छन । बानि व्यहोरामा जंगे खलकलाइ मात ख्वाउन थालेका छन । सामाजिक संजालमा भर्खरै (१३ पुस २०७६) नयाँ कानून बनाउने भनेर बिधेयक पास गरेका छन । बिधेयकमा कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्पेषण गरेमा पाँच बर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुनेछ ।
जनताको हैन हाम्रा नेताहरुको ठुल्दाईको देसमा अहिले येतिखेर ह्वारह्वार्ती आगो सल्केको छ । नागरिकता कानूनको बिरोध भन्दै सल्केको आगोले सरकारी देखि सार्बजनिक सम्पतिको क्षेती हुन थालेसी प्रधानमन्त्री मोदीले ‘मेरो पुत्ला बनाएर त्यसमा थुक, जुत्ताले हान, घृणा गर, जला, तर सरकारी देखि ब्यक्ति सम्पति माथि हानि नोक्सानी नपुर्यानुस भन्दै याचना गरेको श्रव्यदृश्य पनि देखिएकै हो ।
सरकारको बिपक्षी नेताहरुले आफ्ना प्रधानमन्त्रीलाई ‘चोर’ भन्न समेत भ्याएका छन । खै त कारबाही हुन्न । अभिव्यक्तिको स्वतन्त्रता छ त्यहि भएर होला ।
हाम्राहरुले सबै उतै बाट सिकेर त आए तर शासन सत्तामा पुगेसी आफु जंगे माराज हुँ भन्ने भ्रम पाल्न  थालेका छन । जंगे माराज कडा थिए तर देश तोडेनन बरु जोड्दै गए । हिजो पन्चेती शासनमा अभिव्यक्ति स्वतन्त्रता चाहियो भन्दै पन्चेत फाल्नेहरुले अहिले आएर नराम्रो कामको बिरोध गर्न पाईदैन भन्दै जनताको जिब्रोमा भोटे ताल्चा ठोक्ने काम गर्न थाल्छन भने यस्ता कुशासनको जय किन भन्ने ?