जुलाई 28, 2006 मा भारतीय निर्देशक बिशाल भारद्वाजले ‘ओमकारा’ नामको सिनेमा बनाए । उक्त सिनेमामा पर्याप्त मात्रामा पचाउन नसकिने अश्लिल गालिहरु राखिएको थियो । निर्देशकले एकजना चर्चित नायकलाई सिनेमामा खेल्न प्रस्ताब गरे ।
नायकले कथा पढे । चलचित्रमा अत्याधिक मात्रामा अश्लिल गालि राखेर बनाईएको सम्बाद देखे । ति चर्चित निर्माताले यो गालि शब्द हटाउने हो भने म सिनेमा खेल्न तयार छु भने तर निर्माताले मैले गालीको लागि भनेर नै करोडौ करोड खर्चेर सिनेमा बनाउन लागेको भने म कसरि गालि हटाउन सक्छु ? तपाईले नखेले आर्कोले खेल्छन भनेर जवाफ दिए ।
नेपालको राजनीति अनि राजनीतिमा लाग्ने राजनेता र तिनीहरुको ईसारामा मर्न र मार्न पछी नहट्ने कार्यकर्ताहरुमा पनि ठ्याक्कै बिशाल भारद्वाजले बनाएको सिनेमा जस्तै चरित्र देखिन थालेको छ । एक आर्का बिरुद्द तल्लोस्तरमा ओर्लेर अपशब्द प्रयोग गर्नु त सामान्य जस्तै भई सक्यो ।
राजनेता भनेका देसका खम्बा हुन तर बुद्धि, बिबेक र चेतनामा धमिरा पसेर खोक्रो भई सकेको खम्बाहरुले नेपालको राजनीतिरुपी घर कतिन्जेल सम्म धान्ला त्यस तर्फ भने नेपाली जनताहरुले अब सोच्ने बेला भई सकेको छ ।
0 Comments:
Post a Comment