Monday, August 31, 2020

गोहीको आँसु किन झार्ने

४ अप्रिल १९७९ मा पाकिस्तानको प्रधानमन्त्री जुल्फिकार अलि भुट्टोलाई देसको सर्बोच्च अदालतको आदेशानुसार फांसीको संजाय दिईयो । कानून पढेका पेशाले वकालतका साथै राजनीतिमा समेत लागेका भुट्टोलाई फांसीको संजाय दिंदा नेपालमा पंचायती शासन ब्यबस्था लागु थियो ।

 


रास्ट्रियता खतरामा पर्यो भन्दै २०३३ सालमा मेलमिलापको नारा दिएर नेपाल पसेका प्रतिबन्धित नेपाली कांग्रेसका नेताहरुले २०३६ सालमा आफ्ना बिधार्थी संगठनलाई उचालेर भुट्टोलाई फाँसी दिएको बिषयमा राजधानी काठमाण्डौ तताएका थिए । बिरोध गर्न तिनै बिरोधि अर्जुननरसिंह केसी र सूर्यमान गुरुङहरु थिए पुर्व पन्चको खोल ओढेर २०३३ सालमा बि.पी लाई समेत फाँसी दिनु पर्छ भनेर राजदरबारमा बिन्तिपत्र समेत हाल्ने ति नेताहरु देशमा ब्यबस्था परिवर्तन भए पछी खाँटी कांग्रेसी नेता बनेर पटक पटक मन्त्रि समेत भै सकेका छन

श्रमजीबी जनताको मुक्तिको निम्ति भनेर कांग्रेसले राणा शासन बिरुद्ध ईन्कलाबको नारा घन्कायेकै हो । सत्तामा पुगे पछी के के गरे त्यसको बयान गर्नु नपर्ला । श्रमजीबी जनताको मुक्तिको निम्ति भनेर कम्युनिस्टहरुले पनि नारा घन्कायेकै हुन । सत्तामा पुगेपछि के के गरे अनि गर्दैछन बताउनु नपर्ला ।

जनता भनेको मादल हो । कांग्रेस आएर समाजवादको गीतमा खरी नझारुन्जेल बजाउछ । आफ्नो मतलब पुरा भएसी त्यहि मादललाई ठोकर हानेर हिड्छन । फेरी साम्यवादको गीत गाउनु पर्छ भन्दै कम्युनिस्टहरु आएर खरी भरेर फेरी बजाउन थाल्छन । आफ्नो मतलब पुरा भएसी उही कम्युनिस्ट कांग्रेसी पारा ।

 


टर्किस उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी ४२ वर्षिया कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भएको छ ।  बिदेसी मर्नु पर्छ नेपालमा रुवाबासी सुरु हुन्छ तर आफ्नै देशमा राणाको पाला देखि कथित जनयुद्धको समय सम्ममा के कति मरे भन्ने बिषयमा बिदेशमा आँसु खसाल्ने कोहि थियो ?

त्यसैले आफ्ना मर्दा वास्ता छैन भने बिदेसी मर्दा सामाजिक संजाल देखि पत्र पत्रिकामा गोहीको आँसु किन झार्ने ?

 

                

 

No comments: