चैत्र मसान्त सम्ममा सम्पूर्णरुपमा शुल्क उठी हाल्छ भनेर ढुक्क भएका स्कुल संचालकहरुले चैत्र ११ गते आउछ भनेर पत्तै पाएनन । पाएका भए हाम्रै भुरा भुरिका अभिभावकहरु हुन । शुल्क तिरिहाल्नु हुन्छ भन्ने बिस्वासमा किन पर्थे ।
जब लक डाउन लम्बिदै गयो अभिभावकहरुले आफ्ना बालबच्चाको फिस तिर्नु कि पेटको जोहो गर्ने भन्ने सोचाईमा परे । फिस तिर्दै गरौला पहिला बाच्ने उपाय गरौ भने पट्टि लागे ।
चैत्र ११ देखि आजको दिन सम्म स्कुल खुलेको छैन । पुंजी बचाएकोहरुले गुरु गुरुआमा देखि कर्मचारीहरुको तलब भत्ता भुक्तानी पनि गरे होलान तर भदौ देखि दिन सक्दैनौ भनेर बिज्ञप्ति निकाल्न बाध्य पनि बनाए ।
चैत्र भन्दा अगाडीकै शुल्क नतिर्ने अभिभावकहरु पनि टन्न होलान । अबको समयमा चाहेर पनि यो समयमा स्कुलले रकम माग गर्न सक्दैनन भने अभिभावकले पनि दिन सक्दैनन । सबैलाई आर्थिक समस्याले गांजेकै छ ।
बिचको केहि समयमा लकडाउन खुकुलो गरेको पनि देखियो त्यो भनेको बाठो सर्खारले कर उठाउन खोलेको रैछ ।
स्कुल हुन कि उधोग कल कारखानाको मालिक सबैको गुनासो छ सर्खारले हामीलाई हेरेन ।
सर्खारले कसरि हेरोस । संघियता सहितको गणतन्त्र लागु भएको छ । हिजो अर्बले पुग्ने ठाउँमा आज खर्ब को बजेट विनियोजित गर्नु परेको छ । सर्खारलाई आफ्नै पाल्न धौ धौ भा को बेलामा निजीलाई किन हेर्थे ।
बिकल्प पनि छ । अब सर्खारले शिक्षक कर्मचारी देखि औधोगिक मजदुरहरुको सामाजिक सुरक्षा कोषमा जम्मा गरेको २०७७ असार मसान्त सम्मको रकम फिर्ता गरि दिने, बैंकको ब्याज मिन्हा तथा कर छुट दिनेहो भने सर्प पनि मर्छ र लट्ठी पनि भाँच्चिदैन ।
0 Comments:
Post a Comment