Monday, August 24, 2020

मकवानपुरमा निषेधाज्ञा १५ गते सम्म थपियो

 २०७७ साउन २६ बाट सुरु भएको निषेधाज्ञा भदौ ९ गते सकिँदै थियो । कोरोना संक्रमण घंट्नुको साटो दिनानुदिन बढ्दै गएको देखिएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा लगाईएको निषेधाज्ञा भदौ १५ गतेसम्मको लागी थप गरिएको छ ।

यसअघि हेटौंडा उपमहानगरपालिका पुरै र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा संक्रमणको जोखिम मुल्यांकन गर्दै निषेधाज्ञा थप गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

 

त्यस्तै संक्रमण दर तिब्ररुपमा बढ्दै गएपछि मनहरी गाउँपालिका र थाहा नगरपालिकासहितका स्थानीय तहले पनि निषेधाज्ञा लगाएका छन् ।

No comments: