Showing posts with label Information. Show all posts
Showing posts with label Information. Show all posts

Monday, August 24, 2020

मकवानपुरमा निषेधाज्ञा १५ गते सम्म थपियो

 २०७७ साउन २६ बाट सुरु भएको निषेधाज्ञा भदौ ९ गते सकिँदै थियो । कोरोना संक्रमण घंट्नुको साटो दिनानुदिन बढ्दै गएको देखिएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा लगाईएको निषेधाज्ञा भदौ १५ गतेसम्मको लागी थप गरिएको छ ।

यसअघि हेटौंडा उपमहानगरपालिका पुरै र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा संक्रमणको जोखिम मुल्यांकन गर्दै निषेधाज्ञा थप गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

 

त्यस्तै संक्रमण दर तिब्ररुपमा बढ्दै गएपछि मनहरी गाउँपालिका र थाहा नगरपालिकासहितका स्थानीय तहले पनि निषेधाज्ञा लगाएका छन् ।

Thursday, August 20, 2020

मकवानपुर प्रशासन के भन्छ ?

चाडपर्व नजिकै आयो । कोभिड -१९ कोरोनालाई ध्यानमा राखेर धार्मिक स्थलहरुमा नित्य पुजा बाहेक अन्य समयमा घर बाट बाहिर निस्केमा कारबाही हुनेछ ।

 

 

Wednesday, August 19, 2020

मकवानपुरका थप २३ जनामा कोरोना पुष्टि

मकवानपुर जिल्लामा बसोबास गर्ने २३ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुस्टि भएको छ ! २३ जना मध्ये हेटौडा उपमहानगर पालिका भित्र बसोबास गर्ने २० जना ब्यक्तिहरु रहेको छ !

 

Tuesday, August 18, 2020

रास्ट्रकवीमा हार्दिक श्रद्धान्जली

रास्ट्रकवीमा हार्दिक श्रद्धान्जली 

सताब्दी पुरुष स्व.रास्ट्रकवी माधव प्रसाद घिमिरे  

आजबाट हामि बीच रहनु भएन । 

उहाँ प्रति हार्द्क श्रद्धान्जली अर्पण गर्दै

 यस दुखद घडीमा शोकसन्तप परिवारजनमा 

हार्दिक समवेदना प्रकट गर्दछु ।

ब्लगर-जनकमान डंगोल