Showing posts with label श्रव्यदृश्य. Show all posts
Showing posts with label श्रव्यदृश्य. Show all posts

Thursday, June 03, 2021

कोभिड विरुद्ध अग्रपङ्तीमा युद्धरतहरुलाई पूर्वराजाद्वारा धन्यवाद ।

काठमाडौँ – पूर्वराज दम्पतीले आफूहरुको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गरेका छन् ।

रानी कोमल राज्यलक्ष्मीदेवीसँगै बसेर भिडियो मार्फत जारी सन्देशमा पूर्व राजा शाहले आफूहरुको स्वास्थ्यलाई लिएर चासो व्यक्त गर्ने देश भित्र र बाहिर रहेका सबै नेपालीप्रति आभार व्यक्त गरेका हुन् ।

सन्देशमा पूर्व राजा शाहले भनेका छन्, ‘हामी दुवै पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा छौँ । तर देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ ।’

उनले अग्रपंक्तिमा रहेर महामारीविरुद्ध दिनरात खटिरहेकाहरुलाई धन्यवाद भनेका छन् । सन्देशमा भनिएको छ, ‘अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई धन्यवाद दिन चाहन्छौँ ।’

देश सञ्चार बाट साभार

Monday, August 24, 2020

पूर्व स.ई दुधराज थापा अब यो संसारमा रहेनन ।

बिगत बर्षको जेष्ठमा सवारी दुर्घटनामा परि घाईते भई उपचार हुँदै आएको नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति मकवानपुरका अध्यक्ष तथा पूर्व प्रहरी नायब निरीक्षक दुधराज थापाको मिति २०७७/०५/०७ गते सांझ ८ बजेको समयमा निधन भयो ।

प्रहरी संगठनको परम्परा अनुसार मिति २०७७/०५/०८ गते राप्ती खोला स्थित घाटमा दाह संस्कार हुनु भन्दा अगाडि जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट प्र.ना.नि को कमाण्डमा आएको एक टुकड़ी सम्मान गारदले मृतकमा प्रहरी झण्डा ओढाई शोक सलामी अर्पण गरियो ।

दाह संस्कार कार्यमा पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति मकवानपुरका का.बा अध्यक्ष सूर्य बहादुर श्रेष्ठले फूलमाला चढ़ाई अन्तिम श्रद्धांजलि अर्पण गर्नु भएको थियो । 

 अन्तिम श्रद्धाञ्जली कार्यमा नेपाल पुर्व प्रहरी संगठन केन्द्र, बागमती प्रदेस, कार्य समिति मकवानपुरका पदाधिकारी, पूर्व प्रहरी संगठनका सदस्य तथा पूर्व प्रहरीहरु समेतको उपस्थित रहेको थियो ।
स्व.थापा प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो दुख: ब्यक्त गर्दै पंक्तिकार हार्दिक समवेदना प्रकट गर्दछ !
तस्विर तथा VDO: जनकमान डंगोल

 

Thursday, August 20, 2020

दर काण्ड

 तिजको विकृतिलाई समेटेर तयार पारिएको 

यो व्यंग्यात्मक क्लिप फेसबुकमा भेटेर यता 

साभार गरिएको हो😃


Tuesday, August 18, 2020

होलिवाईनको करामत देखिदैछ

लाल बादशाहको युग !

बिष्णु प्रताप शाह अहिले हिरासतमा छ उनलेे यति मात्रै अपराध गरेको थियो की मुस्लिम मुख्यमन्त्री भएको कारणले हिन्दु किशोरीले न्याय पाएन भनेर बोलेकै भरमा साम्प्रदायिक जातीय भड्काव गरेको आरोपमा थुनामा छ,

तर भारतीय मुलका पास्टर गोपाल गुरुङले खोलेको MNO पार्टी नेपाल सरकारको निर्वाचन आयोगमा दर्ता गरेको छ।
उनीहरु सार्वजनिक मञ्चमा बाहुन क्षेत्री फटाह डाँका चोर लखेटेर पठाउन पर्छ भन्दै चुनावी प्रचारप्रसार गर्छ, उनको पार्टीको सार्वजनिक आमसभा सरकारको जानकारीमा अनुमतिमा सुरक्षामा नै आयोजना हुने हो।
आज एउटा भिडियो भाइरल भएको रहेछ MNO सम्बद्ध केही युवाहरूले भिडियोमा बुद्धको तस्वीर बोक्दै नेपालको राष्ट्रिय झण्डा जलाएर शरणार्थी बाहुन क्षेत्री लगारौं भन्दै रहेछ, डिजाइन कस्तो गरेको छ भने यो जलाउने समुह बौद्ध समुदायले गरेको रहेछ भन्ने आभास दिलाउन बुद्धको तस्वीर बौद्ध झण्डा प्रयोग गरेको छ, प्रष्ट छ बौद्ध विरुद्ध हिन्दु समुदाय आक्रमक होस् भन्ने तर्फ भिडियो लक्षित छ।
म MNO लाई केही भन्न चाहन्न एउटा डाँकाले डकैती गर्नु अनौठो होइन मान्दिन तर नजिकै रहेकोे प्रहरी चौकी हेरेर बस्छन् भने त्यो अनौठो हो र यही अनौठो भित्रको रहस्य नबुझ्ने ति जन्मले हिन्दुको कोखमा जन्मेका र जन्मदै पण्डित नारायण पोखरेल काशीनाथ तिवारी जस्ता गुरुहरुको छाती बाट बगेको रगतको बाछिटाले मुखमा लतपतिएको हिन्दुहरुको किंकर्तव्यविमुढ अनुहारहरु देख्दा अनौठो त्यहाँनेर मात्रै हो !!
नेपालमा जातले हिन्दु प्रधानमन्त्री छ, हिन्दु राष्ट्रपति छ,हिन्दु सेनापती छ, हिन्दु प्रहरी महानिरीक्षक छ, हिन्दु प्रधान न्यायाधीश छ, हिन्दु प्रतिपक्षी दलको नेता पनि छ, हिन्दु पत्रकार महासंघको अध्यक्ष पनि छ फ़ेरि यस्तो हुन्छ किन ? किन खुलेयाम छुट छ ? किन लाचार हुन्छ सारा सरकारी संयन्त्रहरु ? किन मौनता छाउँछ अधिकारीहरु ?
 

किनकि महान क्रान्तिकारी अग्रगामी छलाङ भन्दै मन्दिर तोडफोड गर्दै गुरिल्ला लाई गाई गोरु काट्न लगाउदै प्रखर पण्डित नारायण पोखरेल एवं काशीनाथ तिवारीहरु जस्ता धार्मिक अभियान्ता लाई गोली ठोकेर ढलाएर खडा भएको हो यो संविधान ! हो यही संविधानको जन्मदाता हुन् लाल वादशाह हरु र ती बादसाह हरुको सत्तामा जुठोपुरो टपरी टट्काउदै खाने जागिरे हुन् प्रशासन !!
त्यसैले MNO त बाहिर देखिने कारण मात्रै हुन कारकतत्व त सत्तामा लाल बादशाहरु बिराजमान छ !


 

Saturday, December 10, 2016

मृत्यु कुर्दै बसेका आमाछोराले मागे सहयोग

दुवै मृगौला काम नलाग्ने भए पछि मृत्यु कुर्दै बसेका आमाछोराले सहयोगलागि गरेको मार्मिक याचनाको भिडियो


जनक मान डंगोल, ई-कोशी डटकम
मिति २०७३ मङ्सिर ३ गते अन्नपूर्ण पोस्टका मकवानपुर सम्बाददाता कृष्ण सारु मगरले हेर्नुहोस समाचार समाचार सम्प्रेषण गर्नु भएको थियो । सोहि समाचारलाई हामीले ई-कोशी डटकममा पनि साभार गरेका थियौ । (हेर्नुहोस ई-कोशी डटकमको समाचारसमाचार)
समाचार प्रकाशित भए पश्चात पत्रकार कृष्ण सारु मगर, बाल कृष्ण दाहाल, धर्मेन्द्र दाहाल, राज सापकोटा गिरिजा अधिकारि लगायत हेटौडाका थुप्रै पत्रकारहरु तथा सामाजिक अभियन्ता तथा रास्ट्रिय जागरण अभियान मकवानपुरका अध्यक्ष कृष्णराज कोईराला, केन्द्रिय सदस्य तथा ई-कोशी डटकममा एडमिन तथा स्तम्भ लेखनकार जनक मान डंगोल, रेडियो प्रस्तोता सलिना, सुसिला राई समेत जागरण अभियानलाई सहयोग गर्न आएका बिधार्थी भाई बैनीहरुको सहयोग लिई  रास्ट्रिय जागरण अभियानको ब्यानरमा मृगौला पिडितको लागी चन्ब्दा संकलन अभियान जारि रहेको छ ।
पिडितको भनाई अनुसार रास्ट्रिय जागरण अभियानले उठाएको सहयोग रकमले उपचारमा केहि भरथेग मात्र हुने देखियो त्यसैले आज पत्रकार मित्रहरु कृष्ण सारु, बालकृष्ण दाहाल तथा राज सापकोटाको सहयोगमा दुवै मिर्गौलाले काम नगर्ने पिडित आमाछोराको भिडियो तयार पारेर प्रस्तुत गरेका छौ ।
गणतन्त्रे देसमा छिनछिनमा बदलि रहने सरकार छ ।  देसको ढुकुटी बृद्ध तथा रोगि नेताहरुको औषधि उपचार र तिनीहरुको कार्यकर्ता पाल्दैमा ठिक छ भने गरिब तथा असहायको लागी बोलिदिने को नै छ र त्यसैले एक थुकी सुकी सय थुकी नदि भन्ने उखान सम्झिदै मकवानपुर जागरण अभियानको #हेटौडाकोमृगौलापिडितआमाछोरालाईसहयोगगरौ अभियानलाई सहयोग गर्नु हुन हार्दिक अपिल गर्दछौ ।
सेवानै धर्म हो ।
सहयोगको लागी :
पिडित आशिष उप्रेतीको खाता नम्बर :  
NEPAL INVESTMENT BANK को  खाता नम्बर 01205100253604 
अथवा: रेमिटान्सबाट पठाउन चाहनु हुनेले
सामाजिक अभियन्ता तथा ई-कोशी डटकमको एडमिन 
-जनक कुमार डंगोल, हेटौडा मोबाईल नम्बर ९८४५९०३०८३ 
सामाजिक अभियन्ता तथा पत्रकार-बालकृष्ण दाहाल हेटौडा: ९८४५६३७४०२ 
सामाजिक अभियन्ता-कृष्णराज कोईराला, हेटौडा: ९८५५०६७४७५
२५ मङ्सिर २०७३

Monday, August 22, 2016

नेपाले कम्निस्टहरु फटाहा हुन

एउटा बेला थियो, वामपन्थीहरु संसारै फेर्छु भनेर हिँड्थे, तर कालान्तरमा उनीहरुले संसार होइन आफ्नै जीवनशैली बदले।
यो भनाई मेरो हैन हिजो पंचायती शासनको बेलामा जनतालाई गीतको माध्यमबाट चेतना फैलाउदै हिड्ने बामपन्थी गायक आभाषले भनेका हुन !
पंचायतको बिरोध गर्दै हिड्नेहरुमा नेता जति दोषी छन त्यो भन्दा बढ्ता दोषी कलाकार देखि गायकहरु समेत छन भन्ने पुख्ता प्रमाण आभाषको भनाईले पुस्टि गर्छ कि गर्दैन ?
कांग्रेसीहरु त फटाहाका राजानै भए तर कम्निस्टहरु त फटाहाकै चक्रवती सम्राटनै रैछन !