Home » » कोभिड विरुद्ध अग्रपङ्तीमा युद्धरतहरुलाई पूर्वराजाद्वारा धन्यवाद ।

कोभिड विरुद्ध अग्रपङ्तीमा युद्धरतहरुलाई पूर्वराजाद्वारा धन्यवाद ।

Written By खांट्टी कुरा on Thursday, June 03, 2021 | June 03, 2021

काठमाडौँ – पूर्वराज दम्पतीले आफूहरुको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गरेका छन् ।

रानी कोमल राज्यलक्ष्मीदेवीसँगै बसेर भिडियो मार्फत जारी सन्देशमा पूर्व राजा शाहले आफूहरुको स्वास्थ्यलाई लिएर चासो व्यक्त गर्ने देश भित्र र बाहिर रहेका सबै नेपालीप्रति आभार व्यक्त गरेका हुन् ।

सन्देशमा पूर्व राजा शाहले भनेका छन्, ‘हामी दुवै पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा छौँ । तर देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ ।’

उनले अग्रपंक्तिमा रहेर महामारीविरुद्ध दिनरात खटिरहेकाहरुलाई धन्यवाद भनेका छन् । सन्देशमा भनिएको छ, ‘अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई धन्यवाद दिन चाहन्छौँ ।’

देश सञ्चार बाट साभार

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger