Home » » प्रजातन्त्रको जननी नेपाली कांग्रेसको भविस्य अव कता ?

प्रजातन्त्रको जननी नेपाली कांग्रेसको भविस्य अव कता ?

Written By खांट्टी कुरा on Friday, June 04, 2021 | June 04, 2021

बाजेले खाएको घ्यू हेर हाम्रो हातमा अझै  बसाउदै छ भने जस्तै गरि नेपालमा राणा शाही फालेर २००७ सालमा प्रजातन्त्रको स्थापना हामीले गरेका हौ भनेर नेपाली कांग्रेसले अझै पनि गर्व साथ भन्ने गर्छन ।  कुरा सहि पनि हो ।

छिमेकी भारतमा पनि अंग्रेज बिरुद्धको जेहाद भारतीय कांग्रेसले नै गरेको हो । बितेको महिना पश्चिम बंगालको चुनावमा कांग्रेस पार्टीले खाता समेत खोल्न सकेन । कुनै समय सिंगो भारतमा एकछत्र शासन चलाएको कांग्रेस आज दयनीय अवस्थामा पुगेको छ ।

नेपाली कांग्रेसलाई बहुमत कहिले पनि पच्दैन । जनताले प्रजातन्त्र स्थापना गरेको पार्टी भनेर माया गर्दै बहुमतमा पटक पटक पुर्याएको हो । जनताको मतको कदर गर्न कांग्रेसले कहिले पनि सिकेन । सत्तामा पुग्ने बित्तिक्कै रास्ट्रघात गर्न कांग्रेसले कहिले पनि सरम मानेको छैन । कांग्रेसकै नक्कल अहिले कम्युनिस्टको सर्खारले गर्दैछ ।


कांग्रेसको जन्मदाताहरु मध्येको एक जननायक स्व. बि.पी ले आफु बाँचुन्जेल कम्युनिस्टको संगत कहिले पनि गरेनन र आफ्नाहरु लाई पनि गर्न दिएनन । कम्युनिस्टको संगत गर्नु हुन्न भन्ने अटल बिचार बोकेको बि.पी को देहान्त पछी स्व.गणेशमान, गिरिजा र भटराईले नेपालबाट जसरि पनि पन्चायत फाल्नु पर्छ भनेर कम्युनिस्टलाई साथ दिंदा आज देशको हविगत के भएको छ त्यो बयान गर्नु नपर्ला ।

स्व.बि.पी ले देशलाई संकट पर्दा राजाको गर्धन मुनि मेरो माथि हुन्छ भने । तिनैका अनुयायीहरुले कम्युनिस्ट संग मिलेर पहिला पन्चायत पछी राजतन्त्र नै फाले । पन्चायत फाल्नु पर्छ तर राजतन्त्र फाल्नु हुन्न भन्ने आफ्ना जन्मदाताको आदेशको बर्खिलाप गर्दा आज कांग्रेस पार्टी कम्युनिस्ट लंगौटी समातेर हिंड्नु पर्ने स्थितिमा पुगेको देखियो ।

अहिले छिमेकी भारतमा कांग्रेस पार्टीले आफ्नो अस्तित्व जोगाउन विभिन्न दलहरु संग सम्झौता गर्न बाध्य हुनु परेको छ । नेपालमा पनि ठ्याक्कै त्यसैको नक्कल देखिदैछ ।

अब आउने चुनावमा महागठबन्धन गरेर भाग लिने योजना बन्दैछ भनेर मिडियाहरुमा समाचार आएको छ । ने.क.पा माओबादी केन्द्र कम्युनिस्ट, ने.क.पा एमालेको माधव झलनाथ समुह कम्युनिस्ट, जनमोर्चा कम्युनिस्ट, जनता समाजबादी पार्टीको उपेन्द्र बाबुराम कम्युनिस्ट पार्टीको उत्पादन, अन्य साना बाम दलहरु पनि कम्युनिस्ट । यी कम्युनिस्टहरुको हुलमा कांग्रेस मिस्सिनु भनेको कागको बथानमा बकुल्ला मिस्सिनु हैन र ?

कम्युनिस्ट पार्टीको रास्ट्र र रास्ट्रियता हुँदैन । सिंगो विश्वको कम्युनिस्ट एक हौ भन्ने मान्यता बोकेका छन । क्रान्ति र युद्ध बाहेक अरु सिकेका हुँदैनन । क्रान्ति गरेर प्रजातन्त्र स्थापना अझ त्यतिले पनि नपुगेर कम्युनिस्टको लहलहैमा लागेर राजतन्त्र फाले पछी देश र जनताको विकासमा लाग्नु पर्नेमा सत्ताको लोभमा एकले आर्कालाई सिध्याउने कम्युनिस्टको खेलमा कांग्रेस पार्टी पनि मिस्सिनु देश र जनताको लागी शुभ संकेत पक्कै पनि हैन ।

कांग्रेस पार्टीले आफुलाई हिजोको स्थानमा पुर्याउन चहान्छन भने कम्युनिस्टको पछी लाग्न छाडेर जनता सामु गएर हामीले गल्ति गर्यौ, अब हामि त्यस्तो गल्ति गर्दैनौ । देशको लागी हिन्दुधर्म सहितको राजतन्त्र पुन:स्थापना गर्छौ भन्ने हो भने जनताले फेरी नेपाली कांग्रेसलाई आँखाको नानि बनाएर हृदयमा सजाउनेमा कुनै दुईमत छैन भन्ने यो पंक्तिकारको ठम्याई हो ।

स्वदेस नेपाल डटकममा मिति २०७८/०२/२१ गते प्रकाशित !

 

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger