-जनकमान डङ्गोल
गुरु प्रसाद मैनालीले लेखेको कथा ‘छिमेकी’ ।
‘छिमेकी’ कथामा गुमाने र धनजिते दुईजना छिमेकी छन । असारको समय अनि खेत रोप्ने बेला । गुमानेको गोरु धनजितेको खेतको बिउमा पस्छ र धनजितेले गोरुलाई बेस्सरी पिट्दै धपाउँछ । वर्षायामका आफ्ना गोरुलाई बेस्सरी पिटेको देखेपछि गुमाने रिसाउँछ र दुबैका बीचमा झगडा हुन्छ ।
चौतारामा गाउँलेहरु जम्मा भएका छन । गाउँको भँडुवा धर्मानन्द पाध्याले गुमानेलाई उक्साउँछ र झगडा हातपातसम्ममा पुग्छ । छिमेकीहरूले गुमाने र धनजितेलाई छुट्याउँछन् तर दुबैमा रिस बाँकी रहन्छ । दुबै छिमेकीहरूमा बोलचाल तथा अर्म-पर्म र असल व्यवहार बन्द हुन्छ ।
केही समय पछि गाउँमा आँठे रोगको महामारी फैलिन्छ त्यसको चपेटामा धनजिते र उसको परिवार पनि पर्छ । आँठेले इन्तु न चिन्तु भई लडेको धनजितेको दयनीय अवस्था देखेर गुमानेको मन पग्लन्छ । उसले मन लगाएर धनजितेको सेवा गर्छ ।
सेवा नगर्न र आफ्नो भारी बोक्न गए चलनचल्तीभन्दा धेरै ज्याला दिने लोभ आसामरु साहुले देखाउँछ । यो लोभमा नपरी गुमानेले उल्टै छिमेकीको महत्त्व बुझाउँछ । सन्चो भई बिउँझेपछि धनजितेले गुमानेको प्रेम र उसको मनमा आफूप्रतिको माया र सद्भाव देख्छ । उसलाई विगतप्रति पछुतो लाग्छ र गुमानेसँग माफी माग्छ । दुबैमा मेल हुन्छ र कथा समाप्त हुन्छ ।
कथा छोटो र सरल छ ! यो कथालाई अहिलेको राजनीति संग दाँजेर हेर्ने हो भने प्रत्येक पार्टीहरुमा भंडुवा धर्मानन्द पाध्यहरु टन्न भेटिन्छ ! आफ्नो फाइदा हेर्ने आसामरु साहु जस्तै चरित्र बोकेका बिदेसीहरु छन जसले जातीयताको खेति देखि धर्म परिवर्तनको खेलो खेलेका छन !
अब हिजोको गुमाने र धनजिते बन्ने कि भंडुवा धर्मानन्द पाध्य देखि आसामरु साहुको जालोमा फस्ने ?
तस्विर: गुगल सर्च
0 Comments:
Post a Comment