Showing posts with label Memory. Show all posts
Showing posts with label Memory. Show all posts
Sunday, August 23, 2020
पुराना नोट सम्बन्धि जानकारी
50 Rupee
Issue Date: 26 April 1977
Front: King Birendra Bir Bikram wearing military uniform and cap at left, Ram-Janaki temple in Janakpur at center
Back: Thar, a Himalayan male goat, at center, Nepal Rastra Bank seal at upper center, arms at right
Watermark: Plumed crown
Signature: 9 - Kul Shekhar Sharma
Printer: Bradbury, Wilkinson & Company, UK
Size: 142 x 70 mm
Sorce: Old Money collection
Monday, November 10, 2014
सम्झनामा मेरो पहिलो पाठशाला !
प्रथम ब्याच २०२८ साल,
निर्मल ज्योति हालको
चन्द्रोदय मा.बि कमाने !
२०२३ साल पौषमा नुवाकोटमा
जन्मेको रे म ! नेवारहरु प्राय घुमन्ते अर्थात व्यापारिक स्वभाव भएकोले पुर्ख्यौली
थातथलो छोडेर नयाँ स्थानमा बसाई सर्नु कुनै नयाँ र नौलो कुरो भएन ! नेपाल
अधिराज्यभरि नेवार जाति फैलिएको यस्तै गरि हो भन्ने कथन पनि छ !
म जन्मेको २ बर्ष नपुग्दै
मेरो पुर्ख्यौली जन्मथलो नुवाकोटबाट चितवन हालको पारस बसपार्क अगाडी हामीहरु बसाई
सरि गएको हौ ! २०२८ सालमा हाम्रो घर चोरि भएकोले मेरो मुवा चितवन बस्न मान्नु
भएनरे त्यहा बाट नया स्थानको खोजीमा २०२८ सालमा नै हामीहरु हेटौडा बजारमा आएको हौ
! हेटौडा बजारमा आयेसी हालको सिमा लज अगाडी रत्नलाल साहुजीको जमिन भाडामा लिएर
होटेल तथा पसल संचालन गरेको सम्झना पनि ताजै छ !
हाम्रो होटेलमा गाउँ तिर
बाट दुध बेच्न मान्छेहरु आउथे ! त्यसै क्रममा २ जना मान्छे सित बुवाले कुराकानी
गर्नु भयो ! गाउँमा स्कुल त खोलियो तर पढाउने मास्टर नभयेर मास्टर खोज्न आएका रैछन
! पहिला त मुवाले मान्नु भएनछ तर आफ्नै फुपाज्युले व्यापारमा धोका दिएकोले मुवाले
गाउँमा बसाई सरेर जाने निर्णय गर्नु भयो र ! हामीहरुको हेटौडा बजारको बसाई
मुस्किलले ५/६ महिना मात्र भएको हो र २०२८ साल देखि आजको मिति सम्ममा हाम्रो
बसोबास हेटौडा ८ कमानेमै छ !
कमाने राजपानी कुवां अहिले
त धारा जस्तो बनाको छन त्यो कुवाको बारेमा पनि एउटा रोचक कथा छ रे ! उहिले
स्व.राजा महेन्द्र दर्बारबाट निस्केर झुत्रो झाम्रो लुगा लगाएर हातमा राजदण्ड
बोकेर गाउँ घुम्न निस्किनु हुन्थ्योरे ! त्यसै गरि निस्किने क्रममा हाम्रो गाउँमा
आईपुग्नु भाको रहेछ ! त्यतिखेर घना जंगल थियो ! हामि आउँदा सम्म पनि घना जंगलै
थियो ! राजालाई प्यासले सताएको रैछ ! पछी एउटा खोंचमा पुगे पछी चिसो चिसो देखेर
हातले खोस्रीदा पानीको मूल फुट्योरे त्यो दृश्य नजिकै बस्तु चराएको अधबैसे
गोठालोले देखेका रैछन ! ति गोठाला पहिला सेनाको नायकरे ! राजाको हातमा राजदण्ड
बोकेको देखेर राजा भनेर चिनेछन ! राजाले बनाको कुवा भाको भएर ‘राजपानी’ कुवां भनेर
नामाकरण भएको भन्ने भनाई छ र त्यहि कुवाको पानि पिएर हुर्केका हौ हामीहरु !
राज्पानी कुवा पारि सानो
बस्तीमा तिन घर घिमिरे र १ घर सेनाको मेजर भन्दा अरु बस्ति थिएन त्यो बेला !
सेनाको मेजर भनेसी निकै सक्तिसाली ! छिमेकी बहालवाला मेजर भक्त बहादुर गुरुङलाई
हरि प्रसाद घिमिरे र हालको कालिकास्थानमा बस्ने हरि बहादुर बस्नेत २ जना भएर
गाउँमा स्कुल खोल्नु पर्यो भनेर माग गरेका रैछन ! गाउँले छिमेकको आग्रहलाई नकार्न
पनि सक्नु भएनरे मेजर साबले त्याहा माथि स्कुल भयो भने आफ्ना भुराभारीले नि पढ्न
झन्डै ४५ मिनेटको बाटो नजिकैको कर्रा खोला तरेर
बजार जानुनि नपर्ने सोचेर माथि भनसुन गरेर स्कुल निकासा गराई दिनु भएछ !
स्कुल निकासा भयो !
गाउलेहरुले आफैले फुसको छानो र कत्तरले बारेर ३/४ थान डेक्स, बेंची, १ थान कुर्चि टेबुल त बनाए तर भुरा पढाई दिने
कसले ? खोज्दै जाँदा मेरो बुवा फेला पार्नु भएछ ! मेरो बुवाले जन्मथलो नुवाकोटको
बिकट गाउँ बुंगतांगमा १७/१८ साल तिर पनि मास्टरी गर्नु हुन्थ्योरे !
२०२८ साल को पहिलो सत्रमा
हामी वडा नं ८ का म पंक्तिकार, बिरमान घलान, बिक्रम मोक्तान,बच्चु लामा, कृष्ण
बहादुर श्रेष्ठ, चेतनाथ आचार्य, ध्रुब प्रसाद घिमिरे, कृष्ण प्रसाद घिमिरे, अर्जुन
प्रसाद घिमिरे, केदार प्रसाद अर्ज्याल, हर्क बहादुर थिंग र अनि छिमेकी वडा नं ७ का
कृष्णराम पाठक, भरत खडका, दल बहादुर खडका, प्रेम बहादुर खडका, शान्त घलानर ध्रव
खुलालहरु थिए !
गाउँमा त्यतिबेला भुरा
पढाउने चलन थिएन ! मेरो बुवा बिहान र साँझ अभिभावकहरुलाई भुरा पढाउनु पर्छ भन्दै
गाउँ डुल्नु हुन्थ्यो ! तामांग बहुल गाउँ हो हाम्रो ! धादिंगको किरान्चोक बाट बसाई
आको भएर किरान्चोके टोल भन्ने टोल नै नामकरण भएको थियो र अहिले सम्म छ पनि ! हेटौडा
बगरको सबै भन्दा ठुलो वडामा हाम्रो वडा पर्छ !
यौटा रमाइलो घटना !
सेनाको जमदारको छोरा र छोरी
२ जना भर्ना हुन आए ! बुवाले केटि लाई नाम सोध्नु भयो के नाम हो भनेर ! जवाफ दीईन
‘केदार’ अनि केटालाई सोध्नु भयो जवाफ दियो ‘बाबुकाजी’ ! बुवाले यस्तोनी नाम हुन्छ
भनेर केटिको नाम ‘सरस्वती’ अनि केटाको नाम ‘केदार’ भनेर राखी दिनु भयो अहिले सम्म
पनि तिनीहरुको त्यहि नाम कायम छ !
भुराभारीहरु धुलो मैलो
फोहोरी भएर आउने ! नगर पंचायत भनेर के गर्नु बिकट दुर्गम जस्तै गाउँ थियो हाम्रो !
बुवाले दांत माझ्नु पर्छ, मुख धोएर कपालमा तेल लाएर कोरी बाटी गर्नु पर्छ ! लुगा
सफा लगाउनु पर्छ भनेर सिकाउनु हुन्थ्यो ! मेरो तामांग साथीहरु तेल तप तप चुहाउदै
आको देखेर बुवा हास्नु हुन्थ्यो ! अनि यसरि तेल दल्ने हैन मोराहरु ‘हातमा अलिकति
तेल हालेर कपालमा दल्ने भनेर सिकाई दिनु हुन्थ्यो !
स्कुल निकासा भएर आउँदा
स्कुलको नाम ‘निर्मल ज्योति रास्ट्रिय प्राथमिक स्कुल बहादुरगन्ज, कमाने’ कायम
थियो ! शिसु बाट ४ कक्षा सम्म हामीले पढ्दा स्कुलको नाम परिवर्तन भएको थिएन ! पछी
स्कुलमा बिधार्थीको चाप बढ्दै गयो ! बुवाले भ्याउन सक्नु भएन ! पछी ७ कक्षा पढेका छिमेकि
वार्ड न ७ का कमल केसी र मिना थापा २ जनालाई बुवाले सहायक राख्नु भयो !
२०३२ सालमा हामीले नि.मा.बि
पढ्न खोला पारीको श्रमिक नि.मा.बि मा गयौ ! सायद हामीहरुले स्कुल छोडे पछी स्कुलको
नाम पनि परिवर्तन भएको हुनु पर्दछ ! हेटौडामा नया शिक्षा २०३३ सालमा लागु भएको हो
! शिक्षक तालिम अनिवार्य लिनु पर्ने भए पछी बुवा बिहान तालिम दिउसो स्कुल गर्नु
हुन्थ्यो ! पछी खै के कारणले खटपट भएर हो बुवाले २०३३/३४ सालमा स्कुलबाट राजीनामा
दिएर शान्ति बनस्पति घ्यु कारखानामा जागिर खान जानु भयो !
हाम्रो वडाको सबै जग्गा
जमिन २०३६ साल सम्म ऐलानी थियो ! जमिनको नापी २०३२ साल बाट सुरु भएको जस्तो लाग्छ र
त्यो बेलामा स्कुलको जमिन बुवाले नै नपाई दिनु भएको हो र स्व.मेजर भक्त बहादुर
गुरुङले खाली पर्ती ऐलानी जमिनमा स्थापना गर्नु भन्ने दिएको आदेसानुसार मूल कच्चि मोटर
बाटोको छेउमा २ पाखे फुसको छानो भएको त्यो स्कुललाई पछी २०३४/३५ सालमा डाँडामा
स्थापना गरिएको हो !
निर्मल ज्योति अर्थात हालको
चन्द्रोदय हाई स्कुल स्थापनामा स्व.मेजर भक्त बहादुर गुरुङको जति देन छ त्यतिनै
देन स्व.हरि प्रसाद घिमिरे, स्व.हरि बहादुर थापा र मेरो बुवा अर्थात त्यो स्कुलको
पहिलो मास्टर श्री नारायण मान शिंह डंगोलको पनि छ र त्यस पश्चात अन्य सहयोगीमा
अक्कल बहादुर थिंग, स्व.तुल बहादुर मोक्तान, स्व.श्रीमान घलान, स्व.कुल बहादुर
घलान, बीर बहादुर घलान, हस्त बहादुर थिंग, वृष बहादुर थापा, गोपी मुक्तान, बाबुराम
ढुंगाना समेतको देनलाई भुल्न सकिदैन !
सुन्दैछु यी पात्रहरु
मध्येको कतिपय जीवित पात्रहरुलाई बेवास्ता गर्दै नयाँ नयाँ नाउको पात्रहरुलाई
स्कुलको संस्थापक घोषणा गरेर सम्मान गरियो रे ! नेपालको राजनीति पार्टीको
भागबण्डाको रोगले स्कुललाई पनि गाँजेको रै छ जुन घृणित तथा दुखद कदम हो !
सम्मान गर्ने हो भने
स्व.भक्त बहादुर गुरुङको धर्म पत्नी अहिले पनि जिवितै हुनुहुन्छ उहाँलाइ गर्ने गरौ
! स्कुल निर्माणमा उहाँको पनि देन छ भने पहिलो शिक्षक र हेटौडा नगर पालिका वार्ड
नं ८ र ७ मा ‘नारान मास्टर’ को नामले चिनिनु भएको श्री नारायण मान शिंह डंगोललाई
कमानेको स्कुलले कसरि बिर्सियो त्यो अचम्मको कुरा हैन र ? ईतिहासलाई बंग्याउने काम
कोहि कसैबाट हुनु गरिनु त्यो राम्रो काम हैन किनभने त्यो स्कुलको हामी पहिलो
बिधार्थीहरु अहिले सम्म साक्षी बनेर बसेका छौ !
‘अस्तु’
Wednesday, July 16, 2014
हामी नेपालीहरुमा एकरत्ति एकता छैन (संस्मरण) !
म बसेको स्थानलाई काम्पुंग मर्डेका (kampung merdeka) भन्थ्यो जसको अर्थ हुन्छ काम्पुंग भनेको गाउँ र मर्डेका भनेको स्वतन्त्र ! अंग्रेजको पालामा बसाइएको बस्ति भन्थ्यो ! मलेसियामा आप्रबासी भारतीय, चाईनिज थुप्रै छन !
भारतीयमा पन्जाबी जसलाई यहा अंग्रेजको पालामा हुलाकी, रनर, क्लर्कको काम गर्न ल्याईएको हो भने दक्षिण भारतीय तामिलहरुलाई श्रम गराउन ! तामिलेहरु श्रमको मामलामा अब्बल छन ! जस्तो सुकै गर्मि पनि सहन सक्छन ! चाइनिज हरु चैँ माओको चिनिया सांस्कृतिक क्रान्तिको दमन सहन नसकेर भागेर आको भन्थे ! हो हैन तिनै जानुन !
घर पट्टि साहु रंजित शिंहको श्रीमती प्राय अंग्रेजी बोल्थी ! एकदिन मैले भने भाभीजी तपाईलाई हिन्दि आउदैन ? लजाउदै भनिन 'मुझे हिन्दि बोल्नेमे सरम आती हे' ! मैले भने हिन्दि तपाईहरुको मदर ल्यांग्वेज हो ! प्रतिबाद गर्दै तुरुन्तै भनिन 'हैन हाम्रो मदर ल्यांग्वेज 'पन्जाबी' हो ! प्रतिबाद गर्नु जरुरि ठानिन ! रंजित शिह चैँ हिन्दि बोल्थ्यो तर गोराको पारामा ! सुन्दै हाँसो उठ्थ्यो ! एक दिन भन्दिए 'तिमीहरु लाइ गोराले ल्याको भ र तिमीहरु पनि गोरा जस्तै भएछौ' !
मेरो घर पट्टि साहु रंजित शिंहले एक दिन भन्थ्यो हेर 'गुर्खा' हरु बहादुर छन तर मिलेर बस्न कहिले पनि जान्दैनन ! मेरो यत्रो ठुलो घर भाडामा लिएर बसेका छौ ! तिमीहरु ५ जना छौ तर अब केहि दिन पछी ५ जना ५ तिर हुन्छौ ! ताल परेको खण्डमा एक आपसमा खुकुरी हान्न पनि बेर लाउदैनौ ! मलाई गुर्खाको बानि थाहा छ, देखेको पनि छु ! गोराहरूले गोर्खालीलाइ 'गुर्खा' भन्छन त्यहि भएर मलेसियामा 'गुर्खा' नै भन्छन ! तर हिजाज चैँ धेरै नेपाली देखेर होला 'ओरांग नेप्पल' भन्छन त्यो भनेको चैँ ओरांग भनेको मान्छे अनि नेप्पल भनेको चैँ नेपाली अर्थात नेपाली मान्छे !
रंजित शिहंले भनेको कुरा खेर गएन ! नभन्दै मलेसिया आएको ३ महिना नबित्दै
५ जना साथि हरु ५ तिर भईयो !
कसरि ?
हामीले मलेसिया आउनु भन्दा पहिला नै म्यान पावर कम्पनीमा सक्कली सहमति पत्रमा दायाँ बायाँ ल्याप्चे सहित प्रति घण्टा मलेसियन पैसा ३/९० मा करारनामा गरेका थियौ ! यता आयेसी चाइनिज साहुले करारनामा मा २/६८ बनाएर बदलेछन ! मैले बिरोध गरे ! मैले बिरोध गर्नु भन्दा पहिला नै पुर्ब सुनसरी घर हुने गंगा बहादुर श्रेष्ठ नामको साथीले हामी सबैलाई उचाल्दै भन्थे हाम्रो एग्रिमेन्ट चेन्ज गरेको छ रे बिरोध गर्नु पछ बुझ्नु भयो, नत्र हेप्छ चाइनिजले! चाइनिज सित डराउनु हुँदैन ! हामी ४ जनाले एकै स्वरमा भन्यौ 'हुन्छ गङ्गा सर हजुरको अंग्रेजी राम्रो छ, हामि साथ् दिन्छ्म', आज बाट हाम्रो टोलि नेता नै तपाई हुनु भयो ! तपाईले जे भनेको नि हामी मान्छ्म !
साहु आयो बल्ल २ महिना पछी ! सहि गर भने, मैले पढे पहिला र भने पेपर यो सक्कली हैन ... किन बदल्नु भो ? मारुला झैँ गरेर चोर अम्लो देखाउदै भन्यो 'मैले कमान्डो खोजेको तर तिमीहरुको नेपलको मान्छेले सिभिल मिसाएर पठायो त्यहि भएर ! मि.तिर्थ चिटिंग टु मि भन्यो ! तिर्थ भनेको म्यान पावरको साहु ! मैले जानी नजानी अंग्रेजी मै भने 'यु वान्ट कमाण्डो, यु वान्ट सिभिलियेन ... आई डोन्ट नो... बट हवाई यु चेन्ज आवर कन्ट्रयाक पेपर ? साहु बोलेन !
यति भनेसी त साथ देलान त भनेको त्यहि गङ्गा भन्ने साथीले भने 'आ होस जनक सर पर्देसा के कालो मुख गर्नु म त सहि गर्छु भनेर सही धस्काई दियो ! उसैको अनुसरण अरुले पनि गरे ! जनक मान डंगोल 'कागको हलमा बकुल्ला' भो ! त्यति मात्रै हैन यो ज्यानलाई ६ महिना सम्म सुक्खा तलवमा समेत पारे !
बिदेसमा नेपालीहरुले परि आएको खण्डमा एक आर्कालाई सिध्याउन समेत बेर लाउदैन भन्ने मेरो तितो भोगाई हो यो ! मेरो बिरोधमा समर्थन गरि दिएको भए त्यति खेर महिनामा आरामले १७ सय आम्दानि हुन्थ्यो ! फाल्टु ओभर टाईमको त कुरै नगरौ ! १७ सय कमाउन डबल दुख गर्नु पर्यो !
स्वदेस होस या बिदेस हामि नेपालीहरुमा एकता फिटिक्कै छैन ! एकता भै
दिएको भए न बिदेसमा आएर दुख गर्नु पर्थ्यो न नेताहरुले हाम्लाई उल्लु बनाउथे तर
अझै पनि हामि किन चेती रहेको छैनौ यो चै मैले आज सम्म पनि बुझ्न सकेको छैन !
..
janakdangol@gmail.com
Monday, September 16, 2013
सिकार सकियो त भाइ , डीम्मा खाने हो (संस्मरण) ?
२०३९ सालमा पहिलो चोटि पुर्ब घुम्न जाँदा इटहरीमा भोगिएको घटना !
२०३८ सालमा SLC दिए पश्चात २०३९ असार/साउना नतिजा आउँदा स्कुल निल भाको खबर ! फेरी फाराम त भरियो तर पढ्न मन गरिएन !
'पुनम ट्रान्सपोर्ट' त्यो जमानाको पूर्वको १ नम्बरको ट्रान्सपोट ! त्यहि कम्पनीको हेड ड्राइभर मेरा छिमेकी दाज्यु ! बिरगंजमा सामान लोड गरि वरी त्याहाट जनकपुर, लाहान, राजविराज हुदै भोलि पल्ट रातको ८ बजे इटहरी नजिक झुम्कामा पुग्दा गाडीको गियर बक्सले धोका दियो !इटहरी धरान लाइनको 'झरना होटेल' मुक्ति साहुको भन्थे ! च्यासे, लिखुरे बाहुन मुक्ति साहुजी स्या स्या गरेर बोल्थे ! तर खाना त्यो होटेलको जस्तो तगडा अन्त हुन्थेन भन्थे ! दिनको एउटा खसीले पनि पुग्दैन भनेर सुनाउथे ! राती ९/१० बजे पनि मान्छेको भिड त्यो जमानामा !
जसो तसो गाडी ९ बजे इटहरी पुर्याइयो ! दाजुले म बिराटनगर अफिस जान्छु ! त् मुक्ति दाइकोमा गएर खाना खा ! पैसो म आयेसी दिम्ला भनेर भन्नु भो ! मैले पनि हुन्छ भने ! दाइले बाटो बाटै भाइ लाइ खाना खुवाउनु भनि दिनु भो !
ओ लक्ष्मण गुरुजीको भाइ ? कस्तो कुट्याममा आको हाउ ? सिकार त सिद्दियो ता ! 'डीम्म़ा खाने' मुक्ति साहुले हकारे !
जिन्दगीमा पहिलो चोटि पुर्ब टेकेको १६ बर्षे केटा ! रातिको बिचमा 'डीम्म़ा खाने' भनेर थर्कौछ उफ्फ़ ! के को खाना न साना ! नबोली फनक्क फर्केर गाडीमा गएर सुते ! भोलिपल्ट दाजुले मिस्त्री र सामान ल्याउनु भो !
गाडी तयार भो अनि त्यस्तै १०/११ बजे खाना खानु गइयो ! मुक्ति साहुले भने 'हन के बिदि टुप्पेको हाउ गुरुजी तपाइको भाइ त' ? दाइ जिल्ला पर्नु भो ! के गरिस ये मोरा ? म अक्क न बक्क परे !
अनि डराई डराई भने दाज्यु लाइ हेर्नुस न 'डीम्मा खाने' पो भन्छ ता ! दाज्युले कुरा बुझी हाल्नु भो !अनि हास्दै मुक्ति साहु पट्टि फर्केर भन्नु भो थुक्क मोरा यता पूर्वमा कुखुराको अण्डालाइ 'डीम्म़ा' भन्छ ! भाषाको समस्याले गर्दा त्यो रात भोकै भो !
परार साल छुट्टीमा घर गाको मौकामा आफ्नै ट्रकमा हिले घुम्न जाँदा त्यहि ठाउँमा हेरे तर त्याहा न झरना होटेल थियो न मुक्ति साहु ! इटहरी त अचम्म संग फेरिएको रैछ !
हाहाहा अब तपाइँ हरु पनि 'डीम्म़ा खाने' कि ?
Subscribe to:
Posts (Atom)




