'फिगर’ भनेको गोरा र कुइरेको भाका हो तर त्यसलाई खाँट्टी नेपाली भाकामा भन्नु पर्दाचै ‘ज्यानको बनावट ‘
भनेर भन्ने अर्थ आम्च्च ।
हाम्रो देसा छयालीसाले बौदलले पाउकस्ट गरेपछि हरेक
क्षेत्रमा दिनहुँ जसो आमुल क्रान्तिकारी परिवर्तन
भको भै छ । बौदलपनि क्रान्ति
गरेर आको हो । सत्रौ हजार आफन्तीहरु लाई जेम्राज्का काज फिर्ता पठाएर
ल्याको कथित गणतन्त्र पनि त्यस्तै त्यस्तै गरेरनै ल्याएका हुन । जसरि ‘मने’ कम्रेटहरुले अग्रगामी छलांग मारेर गणतन्त्र ल्याएपछी सन्सनी मच्चाए त्यस्तै
गरि अहिले संगीतको दुनियाँमा पनि मिस्मासे भाकाले सन्सनी मच्चाएको छ ।
‘तिम्रो फिगर कोकाकोला’
भन्ने चल्तीको भाका पनि सुन्नु भएकै होला । यो भाका
दिनमा भन्दा पनि साँझको बेला सुन्दा अर्कै किसिमको आनन्द आउँछ । साँझको बेलामा
भेलीमा युरिया मिसाको खोया देखि
टिनबिर्के लगाए पछी दुई बिस नाघेकी छ्म्मा पनि एक बिस जस्तो देखिन्छ भने बंगुरे ज्यान भएका मुईय्याहरु कोकोकोला जस्तो
देखिनु कुन ठुलो कुरो भो । खोयाँको चमत्कारले आँखाको भ्रान्ति भनेकै यहि होला ।
कोकाकोला अर्थात हाम्रो गाम्ले
भाकामा भन्ने गरिएको 'कोकोला' भनेको कलेजी रंगको गुलियो झोल नामको जिनिस । सुलित्त परेको गला र राबन माराज्की बुईनी सुपर्णखाको जस्तो कम्बर भएको त्यो
पलास्टिकको जिनिस देखेर होला त्यसलाई च्वांक छम्माहरुको ज्यान संग दाँजेर ‘किरण माईकल’
भन्ने कलमेले लेखेको गीतलाई प्रल्हाद तिमिल्सिना
नामको गाईने र जोनिसा पौडेल नाम्की गाईनीले आज भन्दा दुई तिन बर्ष अगाडी गएका हुन । अहिले पनि त्यो गीतलाई तिज आउनुभन्दा दुई मैना अगाडी देखिनै दरखाने निउँपारेर ओठमा चुरोट र हातमा खोया देखि टिनबिर्केको बोतल लिएर 'तिम्रो फिगर हो ♪♫ ♪ ♫ ♪ तिम्रो फिगर ♪♫ ♪ ♫ ♪ कोको कोला' भनेर नाच्दै अग्रगामी छलांग
हानेको हानेकै छन ।
‘तिम्रो फिगर कोकाकोला’
भन्ने गीतमा पोरपरार जसरि
यो पाला पनि धेरैले मच्चिमच्चि, थच्चिथच्चि,
हल्लीहल्ली भाका अनुसार कम्बर मर्काएका मर्कायेकै छन । त्यसरी कम्बर मर्काउनेमा
बकुल्लाको हुलमा लाज पचेका कागनामका साँढेहरु पनि
देखिदैछ । त्यै देख्या भएर यो पाला पनि जनकमानको खाँट्टी भाकामा ‘जस्तो देखाई त्यस्तै
लेखाई भन्दै ‘तीजे झटारो’
डाम्देको छु । नभाको कुरा डामेको हैन
क्यार त्यसैले रिसाउन कि खुसाउन मुम्बैया भाकामा बालै फरर्र ।
आधुनिक भाकाको हस्बेन, श्रीमान, काँठे भाकाको पोई, लोग्ने,
खसम देखि मदेसी जुबानके बेट्वाके बापका ज्युज्यानहरु चै सुदामाका जस्तो तर हाम्री महान गणतन्त्रे
आधुनिक सहरिया नारि, महिला काठंका कांठेनी गाम्ले आईमेहरुको सुकोमल ज्यु ज्यान भने
दिन प्रतिदिन भगवान सिरिरामको जार लंकाधिपति राबनको बुईनी शुपर्णखाको जस्तो
देख्दैछु । नहुन पनि कसरि ? प्रजातन्त्र देखि गणतन्त्र आयेसी सबै भन्दा फापेकोनै तिनीहरुलाई नै हो । ३३ पर्सेनको कमालले होला
। अहिलेको जुगमा त हजुर नारीलाई काम
लाउनु हुन्न । नारीलाई काम लायो भने ‘नारि अधिकार हनन’
हुन्छरे । नारी
अधिकार हनन भो भनेको सुन्न मात्र पर्च्च INGO देखि NGO
नाम धारण गरेका भस्मे
माहाराजका खलक अधिकारकर्मी भन्ने नन्दी माराजहरुले पुलिस बोलार हात पछाडि पारेर स्टिलको चुरा लाएको फोटो पत्रकारलाई खिच्न लाएर चिसो सिंडीमा लगेर जाक्छन । बुझ्नु न सुझ्नु कासी तिर कुद्नु भन्ने पदवी पाएका फतफतेहरुले ‘नारि अधिकार हनन गरेको बापतमा पुलिस द्वारा अपराधी पक्राउ’ भनेर भंगेरे अक्षरमा डामेको सम्चार पत्रिकाको भित्तोमा डाम्न बेर लाम्दैनन ।
महान प्रजातन्त्र देखि अग्रगामी छलांग मारेर ल्याको अस्तव्यस्त व्यवस्थाले देखिने नतिजाचै यस्तै हुने रच्छ ।
अहिलेको महान गणतन्त्रे जुगमा ब्या गर्नु भन्दा अगाडी हिन्दीमा भाकामा भनिने ‘नासमझ’
नेपाली भाकाको ‘अज्ञानी’ नामका भुरा देखि भुरीहरुले उमेर नपुग्दै ‘लप’
भन्ने ‘मयाँ र पिरती गास्न थाल्छन । त्यसरी पिरती गास्ने बेलामा आफ्नी प्रेमिका भन्ने लभरलाई
‘जुन तारा टिपेर’
दिने देखि अंग्रेजी भाकाको माई एन्जेल, माई स्विट हार्ट तिम्लाई प्रिन्सेज अर्थात
‘राजकुमारी’
बनाएर राख्छु भन्दै अंग्रेजी भाकामा ‘प्रमिस’,
हिन्दि भाकाको वादा, कस्सम देखि
नेपाली भाकाको किरिया खाँदै फ्लाईंग म्यारिज गर्न बेर
मान्दैनन ।
हिजोआजको जमानामा हाम्रो बाउ बाजे देखि मेरै जमानाको शादी
ब्या हुन छाड्यो । जबर्जस्ति गर्न पनि
मिल्दैन । बाउआमाले यो कतिले घर गरि खान्छ भन्ने अनुमान
लाम्दै मनले खाको केटि बिहा गर्दिन खोज्यो भने घांटीमा डोरी लाएर
पिंग खेल्न बेर लाम्दैनन । वादा कस्सम निभाउने भन्दै मण्डपबाट ब्यौली भागेको पनि देखिएको हो त्यसैले आजकल त धेरै भुराभुरीहरुले
उमेर नपुग्दै ‘फ्लाईंग म्यारिज’
अर्थात भागि ब्या गर्छन ।
मागी भनेको त्यस्तै हो ।
गाला मुस्तांगे स्याउ हुन्जेल त रमाइलै हुन्छ । जब
तिनीहरुका जोईकी भुडीले करामत देखाउन थाल्छ त्यसपछि गैरी खेत बन्धकी राखेर हुन्छकी
सयकडा ५ मा ब्याज काढेर हुन्छ हान्निने भनेकै खाडी मलेस्या हो भने मुग्लाने भएसी तिनका जोईले पाउने पद
भनेको ‘तोरी लाउरे’
देखि ‘डोरी लाउरे’सम्म हो । यो ज्यानले पनि १० बर्ख डोरी लाउरेको पद पाएकै हो ।
कुरो माथी टुप्पामा लेख्या फिगर देखि कोकोकोलाको ।
हामी बरा सुदामा देखि चैनिजे
हिरो ब्रुस्लीको जस्ता ज्यान भका पोई, खसमहरुको जोईहरुलाई हिजाज डोको नाम्लो भिरेर घाँसपात गर्न देखि हाम्रा बाको
पालामा बनेको श्याम स्वेत रंगको नेपाली फिलिम ‘पराले आगो’ मा गौथली नामकी हिरोनिले गाएकी ‘उडी जाउँ भने म पन्छी हैन’ भन्ने जङ्गली गाना घन्काउदै बन जंगल चाहार्न जानु पर्दैन । त्यहि
जानु पर्ला भनेर पोई हिडेको महिना दिन नबित्दै भुराभुरी पढार ठुलो मान्छे बनाम्ने
बहानामा गामबाट सहरा कोठो भाडामा लिएर बस्छन हैन बस्न बाध्य पार्न लगाईन्छ । बाउ
आमा भन्दा जोई प्यारो भ सी के लाग्छ नि राम तर त्यसरी बस्ने धेरैका भुराभुरीहरु
ट्यापे अर्थात लागु औषधिका अम्मली भो भनेर पत्रिकामा दिनहु छापिने खबर पनि पढ्ने बानि परि सकेको छ ।
हिजो गाम्घरमा ढाडको छाला खुईलिने देखि अन्वार घामले डढ़ेर
दक्षिण भारतका हिरो रजनिकांत जस्ता हाँडी अन्वार भकाहरु शहरमा डेरा गरेर बस्नासाथ
फेयर एण्ड लभ्लीको कमालले छुन पनि दाग लाग्ने हेलम्बुकी शेर्पिनी जस्ती हुँदै गाको
तिनका तोरी देखि डोरी लाउरे पतिदेव सुदामाहरुले पनि देखेकै होलान । ‘अल्छी तिघ्रे’
भएसी ‘स्वादे जिब्रो’ हुनेनै भो भने आहार देखि बिहारको
बारेमा अरु के बयान गराई भो
त्यसैले जबजब गाम्ले बाट महान आधुनिके नारीमा पदोन्नती भएकाहरुको माहान पर्व ‘तिज’
जस्तो चाडबाड आम्छ अनि तिनै शहरा बस्ने जोईहरुले गाम्घरको
कला संस्कृतिलाई चटक्क छोडेर शहरिया खिचडी मिसाएर लेख्ने खिचडी गीतकारको शब्दमा
आर्को खिचडी संगीतकारले धुन भरेर गाईने गाईनिहरुले गाएको ‘बोर भयो यार’,
‘टेन्सन छ जिन्दगि’ देखि ‘तिम्रो फिगर कोकोकोला’
भन्ने गीतको भाकालाई गोराको भाकामा लिप्संग गर्दै एउटा
हातमा घामे चुरोट अनि आर्को हातमा टिनबिर्के रौसि देखि ब्युरको बोत्तल
देखाम्दै नाच्न थालेका छन ।
त्यै फिगर अर्थात ज्यानको बनावट पनि २५० ML को कोकोकोलाको बोत्तल जस्तो सुलित्त परेको भाको भए त गीतले भन्न खोजेको अर्थ लाउथ्यो
तर ज्यान चै १० टाउके राबनको बुईनी शुपर्णखा अर्थात जम्बो पेउसीको जस्तो अनि ‘तिम्रो फिगर कोकोकोला’
भन्दै नाच्ने देखि ‘सबथोक देखाई दिन्छु’, ‘मेरो सेक्सी ज्यान’
भन्दै ‘अर्थ न बर्थ गोबिन्द गाई’ जस्ता शब्द घुसाउने अहिलेका जोति मर्नी जस्त गाईनेनीहरु भसी उही हिन्दि सिनेमा ३ ईडीयटको पात्रले भन्ने गरेको
शब्द माथी चमत्कार नभएर बलात्कार भयो कि भएन ? त्यहि भएर ‘जस्तो देखाई त्यस्तै लेखाई डामेको छु
। नभाको कुरा डामेको हैन क्यार । त्यसैले रिसाए नि
खुसायेनी के को टयासट्यास ।
(बिकृति र विसंगति बिरुद्ध लेखिएको यो व्यङ्ग्य नारीहरुको अपमान गर्न भनेर हैन । समाजमा नकारात्मक बिचारधारा त्यागेर आगामी दिनहरुमा सकारात्मक देख्न
पाईयोस भन्ने मनसायले लेखिएको लेखकको निजि
बिचार मात्र हो )
'प्रदेस दैनिक हेटौडाको मिति २०७५ भाद्र २६ गतेको अंकमा प्रकाशित'