Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Saturday, April 30, 2016

गीत:- "यौटा युग पुरुष जन्माएर पठाईदेऊ "


यौटा युग पुरुष जन्माएर पठाईदेऊ
गीतकार: कृष्ण बस्नेत 'भाग्य'
युगौ देखि रोएको यो देशलाई हँसाईदेऊ

यो देशको मुहार हिमाल झैँ हँसाउने
यो देशका धमिरा रसातल भसाउने
जननीको सेवा गर्ने त्यस्तो मानव पठाईदेऊ
उनकै अगुवाईमा सारा युवा खटाईदेऊ

साँचो भुमिपुत्रको खाँचो छ देशलाई आज
तिनकै योजनामा देशमा चलोस राज
हानि चिताउने देशका दुश्मनलाई उठाईदेऊ
युगौ देखि रोएको यो देशलाई हँसाईदेऊ

यौटा युग पुरुष जन्माएर पठाईदेऊ
युगौ देखि रोएको यो देशलाई हँसाईदेऊ

कृष्ण बस्नेत "भाग्य"
रचानामिति:-  २०७१/०५/०६

Tuesday, October 21, 2014

गीत:- "आफ्नै वशमा हुन्न सँधै आफ्नै मन भए पनि"

गीतकार: कृष्ण बस्नेत 'भाग्य'

आफ्नै वशमा हुन्न सँधै आफ्नै मन भए पनि

दुइ आत्मा एक कहाँ हुन्छ संगै रहे पनि


भन्नलाई त भनिदिन्छन एकै भयो आत्मा शरीर

वास्तविकता त्यस्तो हुन्न हेर्दै गए कैयौ नजिर

मायाँ भए याद आउछ जति टाढा गए पनि 

आफ्नै वशमा हुन्न सँधै आफ्नै मन भए पनि 


यति ठुलो संसारमा बिचार मिल्नै गाह्रो हुन्छ 

सँधै मन मिल्ने कुरा झनै कति साह्रो हुन्छ 

एउटा सिम्मासम्म न हो सहनशीलले सहे पनि

दुइ आत्मा एक कहाँ हुन्छ संगै रहे पनि


कृष्ण बस्नेत "भाग्य"

रचाना मिति :- २०७१/०६/२९