Showing posts with label funny. Show all posts
Showing posts with label funny. Show all posts
Tuesday, March 31, 2020
Wednesday, February 20, 2013
कोदाको रोटि !
त्यसै क्रममा ट्रेकिंगको लागी जाँदा एउटा बुढीको घरमा राति बास बसेछ !
बुढीमाउले बाक्लो भुक्के कोदाको रोटि र तोरीको साग पकाइछिन अनी त्यो कोदाको रोटी माथि तोरीको साग हालेर कुइरेलाई दिईछिन ! कुइरेले साग साग मात्र खायेछ ! त्यो देखेर बुढीमाउले हातको इसारा गरेर सोधिछिन ...
बुढीमाउ : nये मोरा कुइरे तैले त्यो रोटि किन नखाको हँ ?
कुइरे : ओल्ड लेडी मैले ता त्यो पिलेट होला भनेर नखाको ! हाम्रो देसा पिलेट
खादैनन क्या .....
Monday, October 29, 2012
आमै साग कता रोप्नु भ को छ ?
घरमा रुखा सुखा खाँदा खाँदा वाक्क भएर तल्ला घरे काइला दाइ मिठो मिठो खान पाउने आसामा ससुराली गएछन !
ससुराली पुगेको पहिलो दिन सासुआमैले रायोको साग पकाएर खुवाई छिन !
भोलिपल्ट तोरीको साग ................
अनि पर्सिपल्ट पालुंगोको साग !
यस्तै प्रकारले हप्ता दिन बितेछ !
अनि आठौ दिनको दिनमा सासु आमैले बिहानको
भान्छा पकाउने बेलामा ज्वाईलाई सोधिछिन ...
ज्वाई नारान आज के को साग पकाउ ?
काइला लाइ कन्पारो तातेछ ! अनि झोक्किएर भनेछ ...
सासुआमै साग कता रोप्नु भाको छ
बारीमा कि खेतमा ?
देखाई दिनुस म आफै त्याहा चर्न जान्छु हुन्न ?
Thursday, October 18, 2012
बाघको बच्चो
५ बर्षे बच्चो चलाख,वाक्पटुता तर जिराहा रैछ !

सदा झैँ आमा चाहिले भात खुवाई वरी
स्कुल जानको लागी लान खोजिछिन
तर बच्चो किन जान मान्थ्योर !
रोयर जात्रा देखाई दिएछ !
आमाचैको पालो दिछिन गालामा २ लबटा
तर पनि बच्चो स्कुल जान मानेन !
अनि आमाचईको पालो घिच्च्याउन थालीछिन !
सधै बोकेर लाने गर्थिन तर त्यो दिन चैँ बच्चोको बाउ पट्टि फर्केर भनिछिन 'यत्रो लाठे लाइ सधै भरि बोकेर लान साध्य हुन्छ' !
अनि बाउ चैँ ले बच्चो लाइ फुर्क्याउदै भनेछ 'ह्या मुला छोरा बाघको बच्चा भएर पनी रुनेहो ?
जा स्कुल' !
बच्चो पनी के कम !
रुदै हिक्क हिक्क गर्दै भनेछ "हेर बाउ बाघको बच्चो कहिले पनी स्कुल जादैन थियो" बुझ्यौ ?
Subscribe to:
Posts (Atom)