Monday, October 29, 2012

आमै साग कता रोप्नु भ को छ ?

खांट्टी कुरा     October 29, 2012    

खन्चुवा ज्वाई !
घरमा रुखा सुखा खाँदा खाँदा वाक्क भएर तल्ला घरे काइला दाइ मिठो मिठो खान पाउने आसामा ससुराली गएछन ! 
ससुराली पुगेको पहिलो दिन सासुआमैले रायोको साग पकाएर खुवाई छिन ! 
भोलिपल्ट तोरीको साग ................
अनि पर्सिपल्ट पालुंगोको साग  ! 
यस्तै प्रकारले हप्ता दिन बितेछ ! 
अनि आठौ दिनको दिनमा सासु आमैले बिहानको 
भान्छा पकाउने बेलामा ज्वाईलाई सोधिछिन ...
ज्वाई नारान आज के को साग पकाउ ?
काइला लाइ कन्पारो तातेछ ! अनि झोक्किएर भनेछ ... 
सासुआमै साग कता रोप्नु भाको छ 
बारीमा कि खेतमा ? 
देखाई दिनुस म आफै त्याहा चर्न जान्छु हुन्न ?

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .