Showing posts with label फुटकर. Show all posts
Showing posts with label फुटकर. Show all posts

Saturday, February 13, 2021

आज बाट थप जिम्मेवारी

 -जनकमान डंगोल ।


२०४१ साल पौष १६ गते नेपाल प्रहरीमा भर्ना भै १९ बर्ष ३ महिना ७ दिन अनवरतरुपमा सेवा गरे पछी बाध्यताले गर्दा नोकरी राजिनामा दिई पेन्सनमा निस्केको थिएँ ।

ईमान बेचेर धन कमाउने जाँगर कहिले पनि चलेन । यदि चलेको भए त्यति लामो समय प्रहरी सेवामा जीवन बिताउँदा धन दौलत पक्कै पनि जोडिन्थ्यो होला ।

नोकरी छाडे पछी झन्डै १० वर्ष सात समुन्द्र पारीको बिदेस मलेसियामा सुरक्षा पेशामा लागियो । राम्रै सेवा सुबिधा पाएको कारणले गर्दा जीवन जिउंन सजिलै भएकै छ ।

मलेसियाको १० बर्षे बसाईमा उल्लेखनीय सिकाई भनेको ब्लग तथा स्तम्भ लेखन पनि हो । त्यहि कलाले गर्दा आज सबै संग चिनापर्ची हुने मौका पनि पाएको छु ।


नेपाल प्रहरीको आफ्नै गौरबमय ईतिहास छ । पूर्व प्रहरी संगठनमा आबद्ध भए पछी सहसचिवको भूमिका निभाउंदै आएको थिए तर मलाई कार्य समितिले थप जिम्मेवारी प्रदान गरेको हुँदा खुसि पनि लागेको छ ।

मकवानपुर जिल्लाको पूर्व प्रहरी संगठनलाई अझ मजबुद  बनाउने दृढ संकल्प गर्दै मैले पाएको जिम्मेवारीमा बधाई दिनु हुने सबैमा हार्दिक आभार ब्यक्त गर्दै धन्यवाद प्रकट गर्दछु ।

जय नेपाल ।

२०७७ फाल्गुण ०१ गते ।


Saturday, October 03, 2015

नेपालको २०७०को संभिधान सभाको निर्वाचनको नतिजा

नेपालको संभिधान सभाको निर्वाचनको नतिजा प्रकाशित भएको छ । राजनीतिक पार्टीको नाम सहित प्रत्यक्षमा खसेको मत, समानुपातिकमा खसेको मत, पार्टीहरुले हात पारेका सीटहरु र पार्टीहरुले समानुपातिकमा पाएका जम्मा मतहरु निम्नानुसार छन !



Saturday, January 31, 2015

'खास्सा कुरो'

भोजराज बराल (BoZ Raj)
तस्विर साभार:BoZ Raj ज्युको फेसबुक बाट
रामवरण राष्ट्रपति भए उनि सम्पन्न हुन्छन तर अरु मधिशे रिक्सा चलाउँदै हिंड्छन,
सुबास नेम्बाङ्ग सभामुख भए उनि सम्पन्न हुन्छन अर्को नेम्बाङ्ग भर्ति हुन को लागि हरेक बर्ष छाती नपाउंदै हिंड्छ,
बाबुराम भट्टराइ प्रधानमन्त्री भए उनकी छोरी दिल्लीमा पढ्छिन अर्को भट्टराइको छोरो रत्नपार्क मा माग्दै हिंडेको हुन्छ,
किर्तिनिधि विष्ट प्रधान मन्त्रि भए अर्को विष्ट विदेशमा चौकीदार गरेर बस्यो,
मरिच मान श्रेष्ठ प्रधानमन्त्री हुँदा मेरो नेवार साथी माछा मारेर जीविकोपार्जन गरेर बसेको थियो, विद्या भण्डारी उप प्रधानमन्त्री भइन, मेरो छिमेकी भण्डारी नानी दाउरा वा जिउ बेचेर जिविकोपार्जन गर्छिन,
तसर्थ,
यो लिङ्ग को मान्छे, यो जातको मान्छे प्रधानमन्त्री बनाउन पर्यो अनि मेरो वा सम्पूर्ण नेपाली को भलो हुन्छ भन्नु जस्तो अशिक्षित सोच अरु कुनै छैन - यस्तो कुरो संसार नदेखेको मूर्ख ले गर्ने हो, विज्ञ ले गर्यो भने लाज मर्दो सुनिन्छ, कि त्यो स्व-घोषित विज्ञ हुन पर्छ! नेपाल को लागि जुन क्षेत्र, लिङ्ग वा जात को भए पनि सिंगापूर को लि क्वान यु जस्तो वा गुजरात को नरेन्द्र मोदी जस्तो प्रधानमन्त्री को खाँचो छ, जसले जात, धर्म, लिङ्ग, दल, आफन्त नभनी विना पूर्वाग्रह भ्रष्टाचार शून्य पारेर देशको विकास गरोस र विदेशिएका लाखौँ युवालाई देश फर्कन सक्ने वातावरण सिर्जना गर्न सकोस !

Wednesday, January 28, 2015

Monday, December 29, 2014

उपयोगी टिप्स !


कम्प्युटरको बिर्सेको पासवर्ड कसरी री-सेट गर्ने ?
=================Diyu=============
Password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखि केही tipsको प्रयोग गरेर
Password लाई हटाउन सक्नु हुन्छ ।
१) जब तपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छ F8 कि press गर्नुहोस
त्यती बेला ...
२) तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले “Safe Mode” लाई छान्नुहोस् ।
३) जब “Safe Mode” मा जानु हुन्छ
तपाईंलाई password सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ ।
४) कम्प्युटर खुलिसकेपछि run मा जानुहोस र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस Enter गर्नुहोस
५) windows user account पेज खुल्नेछ त्यहा तपाईंले password protect गर्नु भएको account खोल्नुहोस password लाई delete गरिदिनुहोस
६) अब कम्प्युटरलाई restart गर्नुहोस तपाईंको password हटिसकेको हुनेछ ।
७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password ले protect गर्न सक्नु हुनेछ !
दिवाकर मैनालिज्युको फेसबुक पेजबाट साभार !