Saturday, January 31, 2015

'खास्सा कुरो'

खांट्टी कुरा     January 31, 2015    

भोजराज बराल (BoZ Raj)
तस्विर साभार:BoZ Raj ज्युको फेसबुक बाट
रामवरण राष्ट्रपति भए उनि सम्पन्न हुन्छन तर अरु मधिशे रिक्सा चलाउँदै हिंड्छन,
सुबास नेम्बाङ्ग सभामुख भए उनि सम्पन्न हुन्छन अर्को नेम्बाङ्ग भर्ति हुन को लागि हरेक बर्ष छाती नपाउंदै हिंड्छ,
बाबुराम भट्टराइ प्रधानमन्त्री भए उनकी छोरी दिल्लीमा पढ्छिन अर्को भट्टराइको छोरो रत्नपार्क मा माग्दै हिंडेको हुन्छ,
किर्तिनिधि विष्ट प्रधान मन्त्रि भए अर्को विष्ट विदेशमा चौकीदार गरेर बस्यो,
मरिच मान श्रेष्ठ प्रधानमन्त्री हुँदा मेरो नेवार साथी माछा मारेर जीविकोपार्जन गरेर बसेको थियो, विद्या भण्डारी उप प्रधानमन्त्री भइन, मेरो छिमेकी भण्डारी नानी दाउरा वा जिउ बेचेर जिविकोपार्जन गर्छिन,
तसर्थ,
यो लिङ्ग को मान्छे, यो जातको मान्छे प्रधानमन्त्री बनाउन पर्यो अनि मेरो वा सम्पूर्ण नेपाली को भलो हुन्छ भन्नु जस्तो अशिक्षित सोच अरु कुनै छैन - यस्तो कुरो संसार नदेखेको मूर्ख ले गर्ने हो, विज्ञ ले गर्यो भने लाज मर्दो सुनिन्छ, कि त्यो स्व-घोषित विज्ञ हुन पर्छ! नेपाल को लागि जुन क्षेत्र, लिङ्ग वा जात को भए पनि सिंगापूर को लि क्वान यु जस्तो वा गुजरात को नरेन्द्र मोदी जस्तो प्रधानमन्त्री को खाँचो छ, जसले जात, धर्म, लिङ्ग, दल, आफन्त नभनी विना पूर्वाग्रह भ्रष्टाचार शून्य पारेर देशको विकास गरोस र विदेशिएका लाखौँ युवालाई देश फर्कन सक्ने वातावरण सिर्जना गर्न सकोस !

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .