Showing posts with label entertainment. Show all posts
Showing posts with label entertainment. Show all posts

Friday, September 08, 2017

जिरे खुर्सानी फेरी सुरु भयो

रोकिएको हास्य टेलिशृंखला ‘जिरे खुसार्नी’ बिहीबारदेखि पुनः नेपाल टेलिभिजनमै प्रसारण भएको छ ।
शृंखलाका निर्देशक तथा प्रमुख अभिनेता जितु नेपाल (मुन्द्रे)ले जिरे खुसार्नी अब हरेक बिहीबार साँझ पौने ९ बजे हेर्न पाइने जानकारी दिए ।

पहिला जिरे खुसार्नी जितु र शिवहरि पौडेलले संयुक्त रूपमा निर्देशन गर्दथे । अब भने जितु एक्लैले निर्देशन गर्नेछन् । शिवहरि अन्यत्रै लागेकाले हाललाई उनी शृंखलामा देखिने छैनन् ।


Monday, January 09, 2017

गोल्डेन ग्लोब अवार्ड समारोहमा प्रियंकाको हट पोज


लस एन्जलस । गोल्डेन ग्लोब अवार्ड समारोहमा पहिलो पटक भाग लिएकी प्रियंका चोपडा हट पोसाकमा देखिएकी छन् । उनी आकर्षक सुन्दर सुनौलो रंगको ठूलो गला भएको गाउनमा सजिएर समारोहस्थल पुगेकी थिइन् ।
प्रियंकाको यो सुन्दर गाउनको डिजाईन राल्फ लरेनले डिजाइन गरेका हुन् । अधिकांश समारोहमा कपाल बाँधेर पुग्ने उनी यसपटक खुल्लै कपाल राखेर पुगेकी थिइन् । उनको गाढा रंगको लिपस्टिकले सबैलाई आकर्षण गरेको थियो । प्रियंका जेफरी डीन मोर्गनसँग मञ्चमा पुगेर अभिनेता बिली बब थर्टनलाई पुरस्कार दिइन् ।

Thursday, January 05, 2017

अहिलेको ब्यबस्था भन्दा पुरानै ब्यबस्था ठिक रैछ-रेखा थापा


अभिनेत्री तथा राप्रपाकी नेतृ रेखा थापाले पर्दाबाट भन्दा प्रत्यक्ष रूपमा जनताको सेवा गर्ने भावले राजनीतिमा लागेको बताएकी छन् । नेपालगन्जमा सञ्चारकर्मीसँग कुरा गर्दै अभिनेत्री थापाले भनिन्,‘जनताको मुक्ति र परिवर्तनका लागि पर्दामा धेरै काम गरियो अब भने साँच्चिकै जनताको मुक्तिका लागि काम गर्ने बेला आएकाले राजनीतिमा लागेको हो ।’

उनले कलाक्षेत्रबाट नीति निर्माण तहमा पुग्न नसकेका कारणले पनि कला क्षेत्र जर्जर भएको बताउँदै कलाकारले देश र जनताको लागि सकारात्मक सन्देश दिने काम गर्दै आएको बताइन् । अबका दिनमा राजनीतिमा कुर्सीका लागि मात्र नभएर साँच्चिकै देश बनाउन आफू होमिने उनले दाबी गरिन् ।

रेखाले देश र जनताको मुक्तिका लागि हिजोको परिवर्तनकारी शक्ति माओवादीनजिक रहेकी बताइन् । त्यसले आफ्नो स्वार्थ सिद्ध गर्न मात्र राजनीति गर्दै आएको महसुस गरेर राप्रपा प्रवेश गरेको बताइन् ।

उनले अरू राजनीतिक पार्टीप्रति इंगित गर्दै नेपालमा भएका पार्टीहरू विदेशी सिद्धान्त र इसारामा चल्ने गरेको बताइन् । आफू स्वभिमानी नेपाली भएको महसुस गर्न पनि राप्रपामा लागेको उनको दाबी छ । ‘जिब्रो फेर्दै हिँड्ने र आफंैले उठाएको एजेन्डालाई कार्यान्वयन नगर्ने पार्टीको पछाडि लाग्नुको अर्थ देखिनँ र कमल थापाको नेतृत्वमा रहेको पार्टीमा भविष्य देखेर लागेकी हुँ,’ उनले भनिन् । उनले विदेशमा कलाकार विभिन्न पार्टीमा लाग्दा कुनै चर्चा नहुने तर आफू राप्रपामा जाँदा त्यसलाई हाउगुजी बनाइएको आरोप लगाइन् । के मेरो राजनीतिक पार्टी चयन गर्न पाउने अधिकार छैन र ? भन्ने प्रतिप्रश्न गर्दै उनले आफू परिपक्व नागरिकको हैसियतले राजनीति गर्ने दाबी गरिन् ।

अभिनेत्री थापाले आफूलाई नयाँ नेपाल बनाउँछु भन्नेहरूले गुमराहमा राखेका कारण पनि पुरानै नेपाल मन पर्ने पुरानै व्यवस्था मनपर्ने भएकाले पूरा नेपाली वाद र सिद्धान्त भएको पार्टीको झन्डा बोक्न हिँडेको बताइन् । राप्रपाले नेपालगन्जमा आजै आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने क्रममा उनी नेपालगन्ज आएकी हुन् ।
(साभार आलेख)