Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Wednesday, August 15, 2018

जागरण अभियानद्वारा ह्वील चियर हस्तान्तरण

खांट्टी कुरा     August 15, 2018    
२२ साउन/हेटौंडा: मकवानपुर जागरण अभियान र लायन्स क्लव अफ हेटौंडा नारायणी मलको सयुक्त आयोजनामा २ जना शारिरिक रुपमा अशक्त भएका व्यक्तिहरुलाई ह्वील चियर हस्तान्तरण गरेको छ ।
हेटौंडा–१४ नयाबस्ती निवासी ७५ बर्षिय भोजमाया डंगोल र सोहि ठाउ निवासी १७ बर्षिय सोनी स्याङतानलाई उनिहरुको आफ्नै निवासमा पुगि ह्वील चियर बितरण गरीएको हो । शारीरिक रुपमा उनिहरु हिडडुल गर्न सक्दैनन । ह्वील चेयर दिइएकोमा डंगोल र स्याङतानको  परिवारले आफूहरुलाई सहयोग गरेकोमा खुसी लागेको बताए ।
विगतका दिनहरुमा सामाजिक सहयोग गर्दै आइरहेको मकवानपुर जागरण अभियान र लायन्स क्लव अफ हेटौंडा नारायणी मलले  अपाङता भएकाहरुलाई बाहिर भित्र हिडाउन सहयोग  पुगोस भन्ने उद्देश्यले ह्वील चियर वितरण गरिएको बताए ।
ह्वील चियर हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ हेटौंडा नारायणी मलको संस्थापक अध्यक्ष कैलाश ढकाल,बर्ष २०१७/१८ का अध्यक्ष प्रल्हाद मिश्र, बर्ष २०१८/१९ को अध्यक्ष डा.सुन्दर श्रेष्ठ,  ,सेकेण्ड भिडिपि शम्भु नकर्मी,सेकेण्ड भि.पि मिलन थापा मगर,सचिव सन्तोष पराजुली, लायन अन्जन दाहाल,लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको अध्यक्ष विकेशलाल श्रेष्ठ, मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला, उपाध्यक्ष जनककुमार डंगोल, सचिब बालकृष्ण दाहाल, अभियन्ता प्रल्हाद घिमिरे, हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर १४ को वडा अध्यक्ष दिपक खड्का लगायतको समेत उपस्थिती रहेको थियो ।

Friday, January 20, 2017

महन्थ ठाकुरले चुनाव बहिष्कार गर्ने धम्की दिए

खांट्टी कुरा     January 20, 2017    
माघ ७ गते काठमाडौं : मधेशी मोर्चाका शीर्ष नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव पारित नगराईकन गरिने सबै चुनावलाई बहिष्कार गर्ने चेतावनी दिएका छन ।

शुक्रबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै तमलोपाका अध्यक्ष समेत रहेका ठाकुरले आफूहरुले उठाएको माँगलाई सम्बोधन नगरीकन चुनावमा गए बाध्य भएर आफूहरु त्यसको विरुद्धमा उत्रिने चेतावनी दिएका हुन्।

उनले भने,‘संशोधन प्रस्तावलाई थाती राखेर चुनावमा गए हामी त्यसलाई अवरोध गर्छौं, मधेसी मोर्चाको मागलाई बेवास्ता गर्दै सरकारले चुनावको कुरा उठाएको छ, यो हाम्रो लागि कुनै पनि हालतमा मान्य हुँदैन् ।

ठाकुरले भने,‘‘हामीले परिमार्जनसहित संविधान संशोधन गर्न माग राखेका छौं, सरकार चुनावको कुरा गरेर हाम्रो मागलाई बेवास्था गर्न खोज्दैछ ।

आफ्नो मातृपार्टी नेपाली कांग्रेस छाडेर छुट्टै पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी खोल्ने महन्थ ठाकुरलाई भरतको अति बिस्वासपात्रको रुपमा समेत चिनिने गरेको छ भने त.म.लो.पा नेपाल बिखन्डन गराउने उद्धेस्य्को साथ राखेर भारतको ईसारामा खोलिएको पार्तिहो भनेर जानिफकारहरू बताउछन !

Tuesday, January 17, 2017

नांग्लो थटाउदैमा हात्ती तर्सिदैन

खांट्टी कुरा     January 17, 2017    

रगतको खोलो बग्छ भन्ने धम्कीले पनि केहि काम गरेन
माघ ४ गते हेटौडा : हेटौडा नगर क्षेत्रको हेटौडा बजार भएर देशकै जेठो 'त्रिभुवन राजपथ' तथा देसकै सबै भन्दा लामो राजमार्ग 'महेन्द्र राजमार्ग' जान्छ ।

दुवै राजमार्ग एसियन हाईवेमा परेको हुँदा हालको सडकको चौडाई कम भएकोले सडकको दायाँबायाँ २५/२५ मिटर कायम गराउने भन्ने निर्णय नयाँ र नौलो पनि हैन ।

सडक बिस्तारको सिलसिलामा सडक विभागले आफ्नै पर्खाल त्यस पश्चात जिल्ला प्रहरी कार्यालय, हुलाक, दुर संचार, अस्पताल तथा बन बिज्ञान अध्ययन संस्थानको पर्खाल तथा पसल कवलहरु भत्काएको थियो ।
सरकारी भवन पछी व्यक्तिको घर टहरा भत्काउने भन्ने सूचना जारि पनि नभएको हैन तर हेटौडा बजार भत्काएर कुरूप बनाउन पाईदैन भन्दै उधोग बाणिज्य संघका अध्यक्ष देखि राजनीतिक पार्टीका नेताहरु समेत बाटो बिस्तारको काममा भाँजो हालेर बसेका थिए ।

नेपाली जनजिब्रोमा 'राजैको अगाडी बाबैको दुहाई' भन्ने उखान प्रचलनमा छ त्यो भनेको आफुलाई अन्याय परेको खण्डमा राजाको अगाडी बिन्ति बिसाउनु हो ।

नगरबासीको अगाडी राजाको भूमिका निर्वाह गर्नेहरु मुखले 'हामि बिकास बिरोधि हैनौ तर उचित मुवाब्जाबिना घर भत्काउन पाईदैन' भन्दै बाधा अबरोध गर्ने देखि रगतको खोलो बग्छ भन्ने अभिव्यक्ति दिन समेत पछी परेका थिएनन् र त्यतिले मात्र नपुगेर मिति २०७३/१०/३ गते देखि हेटौडा बजार बन्दको आब्हान पनि गरेका थिए  । 

ब्यापारीलाई कुटपीट
त्यसै सिलसिलामा २५ मिटर सडक विस्तारको बिरोधमा हिँडेको समूहले मंगलबार हेटौंडा स्कूलरोडका एक व्यापारीलाई कुटेका छन् । पसल खोलेको भन्दै यू एण्ड आइ सूज सेन्टरका प्रोपाइटर कृष्णप्रसाद दुलाललाई जबरजस्ती पसल बन्द गराउँदै हिँडेको समूहले कुटपीट गरेको हो । हिजो (सोमबार) पसल बन्द गरेकै हो । आज (मंगलबार) बजार बन्दको आव्हान गरिएको छ भन्ने थाहा थिएन’, दुलालले भने, ‘किन पसल बन्द गरेको भन्दै ३/४ जनाले आएर मलाई कुट्नुको साथै पसलको सामान फालिदिए ।राज्यले निजी सम्पति कब्जा गर्न खोजेको बिरोधमा निकालिएको बृहत ~याली लेखेको ब्यानर बोकेकाहरुले आफूलाई मुख छाड्दै कुटपीट गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी समेत दिएका छन् भनेर रेडियो पत्रकार गणेस दर्पण अधिकारीले बताएका छन ।


त्यसै सिलसिलामा यो पंक्तिकारले केहि पिडितहरुलाई सडक विभागले डोजर लगाउँदा तपाईहरुको निजि धनमाल लत्ताकपडा नोक्सानी भयो कि भएन प्रश्न गर्दा 'हामीलाई सरकारले घर भत्काउछ भन्ने थाहा नभएको पनि हैन त्यसैले अगाडिनै आफ्नो धनमाल लत्ताकपडा सुरक्षित स्थानमा सारी सकेको थियौ भनेर बताएका छन  । 

यी सबै घटनाहरुको वावजुद तथा धमिलो पानीमा माछा मार्न पल्केकाहरुको धम्कीलाई बेवास्ता गर्दै 'हात्ती लम्किदै गर्छ' भन्ने उखानलाई चरितार्थ पार्दै आज हेटौडा स्थित महेन्द्र राजमार्गको पश्चिम खण्ड अन्तर्गत चाईनाक्वाटरको राजमार्गको छेउमा रहेको घर टहरालाई प्रहरी तथा प्रशासनको मद्धतको साथ्  सडक विभागको डोजर लगाएर भत्काउने काम भने सम्पन्न भएको छ ।

Wednesday, January 11, 2017

बर्षेनी जम्मा हुने कालो धन कता बिलाउछ ?

खांट्टी कुरा     January 11, 2017    

काठमाडौं । नेपालमा बर्सेनी करिब ९० अर्ब रुपैयाँ कालोधन थुप्रने गरेको छ। उच्चपदस्थले अनधिकृत रुपमा कमाएको त्यस्तो धन विभिन्न क्षेत्रमा लगानी गरी चोख्याउने गरेको पाइएको छ ।

सरकारी अध्ययनका अनुसार नेपालमा संस्थागत भ्रष्टाचारहरुबाट हुने आम्दानी नै शुद्धिकरणको उच्च जोखिममा छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका उच्चपदस्थ अधिकारी र राजनीतिक प्रभाव रहेका व्यक्तिको आर्थिक गतिविधि नियामक निकायको निगरानीभन्दा बाहिरै रहँदा यस्तो जोखिम बढेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

सम्पत्ति शुद्धिकरणको विश्वव्यापी नियमअनुसार राजनीतिक प्रभाव भएका उच्च पदस्थ अधिकारीको आर्थिक कारोबार बित्तीय सूचना एकाइको जानकारीमा रहनुपर्नेमा नेपालमा सर्वसाधारणकै शंकास्पद आर्थिक कारोबार समेत एकाइको सूचना पहुँचमा छैन ।

देशमा अपराधजन्य क्रियाकलापबाट आर्जित कालोधन शुद्धिकरणका लागि घरजग्गा, सवारीसाधन, सुनचाँदी र सहकारी सजिलो र सुरक्षित स्थान भएको तथ्य बाहिर आएको छ । सरकारले बर्सेनि ९० अर्ब रुपैयाँभन्दा बढी कालोधन जम्मा हुने अनुमान गरेको छ ।

Monday, January 09, 2017

जनता झुक्याउने कलामा एमाले पार्टिलाई कसैले पनि सक्दैन

खांट्टी कुरा     January 09, 2017    
 
पौष २५ गते, काठमाण्डौ: बिगत केहि दिन देखि नेपाली मिडियाहरुमा तिन ठुला पार्टीका ३ ठुला नेताहरुको गोप्य बैठक भन्ने समाचार तगातार प्रशारण तथा प्रकाशित गर्दै आई रहेका थिए ।
यसै बिषयमा बि.बि.सी नेपाली अनलाईनले व्यवस्थापिका संसदमा आइतबार आफ्नो विरोधका माझ सरकारले संविधान संशोधनको प्रस्ताव टेबल गरेकोमा आक्रोशित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब हुने बैठकमा त्यसलाई अगाडि बढ्न नदिने बताएको छ भनेर लेखेको छ । बि.बि.सी नेपालीमा प्रकाशित भए अनुसार सभामुख ओनसरी घर्तीले संशोधन प्रस्ताव टेवल भएपछि अब प्रतिपक्षसंग वार्ता गर्दै निकास खोज्ने प्रयास गर्ने भनेर बताएकी छन् ।
आइतबार निर्वाचन सम्बन्धी दुईवटा कानून र अख्तियार प्रमुखको महाभियोग प्रस्ताव प्रस्तुत गरिए लगत्तै कानुन मन्त्रीले संविधान संशोधनको प्रस्ताव टेबल गरेका थिए ।
नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भने, "हामीले आइतबार आफ्नो ठाँउबाट मात्र विरोध गर्यौ। यो विषयलाई अगाडि बढाउन खोजियो भने हामीले हाम्रो संघर्षको स्वरुप परिवर्तन गरेर त्यसलाई अवरोध गर्ने गरि आन्दोलन अगाडि बढाउँछौं ।"
सत्तापक्ष र प्रतिपक्षबिच संविधान संशोधनको विषयमा लगातार वार्ता भइरहेपनि त्यसले नतिजा नदिएपछि आइतवार सरकारले प्रतिपक्षको विरोध हुँदाहुँदै संशोधन प्रस्ताव टेबल गरेको थियो।
संशोधन प्रस्ताव संसदमा पेश गर्न नदिन डेढ महिना देखि अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष नेकपा एमालेले झुक्याएर संसदमा पेश गरिएको भन्दै प्रकृया अगाडि बढ्न नदिने जनाएको छ जुन कुरालाई सजिलै संग पत्याई हाल्नु पर्ने भन्ने देखिदैन किनभने महाकाली सन्धि पारित हुँदाको बखत पनि ने.क.पा एमालेले अहिलेकै जस्तो दोहोरो चरित्र प्रदर्शन गरेको थियो ।
गत साता प्रतिपक्षले एक हप्ताको समय माग्दै त्यसपछि विरोध नगर्ने सहमति भएको भन्ने खबर आएताएपनि एमालेले देखावटीकै रुपमा भए पनि विरोध त्यागेको देखिंदैन।
सभामुख ओनसरी घर्तीले भने संशोधन प्रस्ताव टेबल भएपश्चातको फरक परिस्थितिमा छलफल जारी राख्ने र सहमतिकै खोजी गरिने भनेर बताइन् । "प्रकृया अगाडि बढिसकेको अवस्थामा परिस्थिति फेरिइसकेको छ। यो परिस्थितिमा अब नयाँ ठाँउमा त पुग्नैपर्छ। मलाई विश्वास छ जसरी उहाँहरुले अहिले छलफल गरिराख्नु भएको छ, त्यसमा उहाँहरु एकै ठाँउमा आउनै पर्ने वाध्यता छ। होइन भने देशलाई निकास कसले दिने ?"भनेर दलहरु खासगरि एमाले माथि साभामुखले प्रश्न समेत तेर्स्यायेकी छिन  
संसदिय प्रकृया अनुसार सभामुख ओनसरी घर्तीले संशोधन प्रस्तावलाई सोझै छलफलमा लान वा परामर्श समितिको सल्लाहमा विशेष समिति बनाई अगाडि बढ्न सक्नेछिन् ।
महिना दिन अगाडि नै संशोधन प्रस्ताव संसदमा आइसकेकाले त्यो परिपक्व हुन आवश्यक पाँच दिनको समय सीमा पुगिसकेकाले अब छलफल अगाडि बढ्ने र संसदमा थप संशोधन परेमा त्यसमा पनि छलफल हुने प्रकृया रहेको बताइएको छ । ढिलो चाँडो संबिधान संसोधन प्रस्ताब पारित भएमा त्यसलाई नौलो र अचम्म नमाने हुन्छ किनभने प्रतिपक्ष खासगरी एमाले पार्टी आफ्नो बचनमा कहिले पनि अडिग रहन सकेको देखिदैन ।




Monday, January 02, 2017

अब संसद बैठक रोकिदैन

खांट्टी कुरा     January 02, 2017    


पौष १८ गते, काठमान्डौ: तीन दिनभित्र अवरुद्ध संसद संचालन गर्नेबारेमा सहमति गर्न दलहरुलाई समय दिएकी सभामुख ओनसरी घर्तीले सोमबार बैठक शुरु हुने समयसम्म सहमति नभए प्रकृया अघि बढाउने बताएकी छन्।
उनले सोमबार अपरान्हका लागि डाकिएको संसद बैठकमा सहभागी हुने सबै दलका शीर्ष नेतालाई खबर गरेको बीबीसीलाई बताइन्।
अब निरन्तर संसदभित्रै छलफल गरेर दलहरुले सहमति जुटाउनुपर्ने उनको भनाई छ।
सत्तारुढ र विपक्षी दलहरु बीच सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई लिएर देखिएको मतभेद हल हुन नसकेपछि सभामुखको पछिल्लो चेतावनी आएको हो।

नपर्खिने

विपक्षीहरुले संविधान संशोधन विधेयक संसदको कार्यसूचीमा रहँदासम्म संसद बैठक चल्न नदिने बताइरहेका छन्।

सरकारले मंसिर १४ गते संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरे यता हरेकपटक बोलाइएका संसदका बैठक प्रमुख विपक्षी नेकपा एमाले लगायतका दलले विरोध गर्दै आएका छन्।
विपक्षी सांसदलाई आफ्नो स्थानमा बस्न आग्रह गर्दै बैठक अर्को दिनका लागि बैठक सार्दै आएकी सभामुख ओनसरी घर्तीले पछिल्लोपटक दलहरुलाई तीन दिनभित्र सहमति गर्न भनेकी थिइन्।
तर सोमबारको बैठक अघि सहमति हुन नसके अब फेरि आफूहरुले दलहरुलाई समय उपलब्ध नगराउने उनले बीबीसीलाई बताइन्।
उनले भनिन्, "मैले दिने समय दिइसकेको छु, अब मैले समय दिए भने पनि राष्ट्र र संविधानले मलाई समय दिन सक्दैन किनभने संविधानको कार्यान्वयनका लागि एकदमै ढिला भइसकेको छ, त्यसैले अब मैले उहाँहरुलाई पर्खिने समय छैन।"

योजना

एकपटक बैठक अवरुद्ध भएमा त्यही दिन अर्को बैठक बोलाउने, दैनिक बैठक राख्ने र आवश्यक परे संसदमै शीर्ष नेतालाई राखेर छलफल गराउने उनको योजना रहेको छ।

सोमबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन सबै दलका शीर्ष नेताहरुलाई खबर गरिएको उनले बताइन्।
उनले भनिन्, "बैठकमा सबै शीर्ष नेतालाई आउनुहोस् भनेकी छु, उहाँहरु सबैजना संसदको बैठकमा आउनुपर्छ र त्यहीँ छलफल गरेर कुनै न कुनै निस्कर्षमा पुग्नुपर्छ।"

सोमबारको बैठकका लागि पनि यसअघिकै बैठकलाई तय गरिएकै संविधान संशोधन विधेयक, निर्वाचन सम्बन्धी विधेयकहरु र अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई समितिमा पठाउने कार्यसूची राखिएको बताइएको छ।

संशोधन विधेयक असंवैधानिक भएको भन्दै विरोध गर्दै आएका एमाले लगायतका दलहरु संशोधन विधेयक फिर्ता नलिएसम्म संसद सञ्चालन हुन नदिने अडानमा कायमै छन् भनेर बि.बि.सी नेपाली सेवाको अनलाईनले लेखेको छ !

Thursday, December 29, 2016

नरोउ मकानपुरे, बिकास हाम्रै लागि हो

खांट्टी कुरा     December 29, 2016    
१४ पौष हेटौडा: अर्थोक त त्यस्तै हो भत्काउने मामिलामा माओका चेलाहरु माहिर छन तर राम्रो कामको  लागी कहिलेकाही ध्वंस लाई पनि ठिक भन्दै राम्रोकामलाई राम्रो हो ठिक  भनेर तारिफ गर्न कन्जुस्याई गर्न हुन्न । रास्ट्र बिरोधि काम गर्ने भएता पनि बाबुराम भटराईले उपत्यकाको सडक चौडा गरेर राम्रो काम गरेका थिए त्यहि भएर अहिले पनि बाबुरामलाई सम्झिने प्रसस्त छन ।


 २५ मिटर सडक चौडा गर्ने निर्णय अनुसार आज प्रहरी तथा प्रशासन भएर महेन्द्र राजमार्गको हेटौडा खण्ड अन्तर्गत हेटौडा अस्पतालको जग्गा, हुलाक कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा बनेको भौतिक संरचनामा डोजर लगाएर बाटो चौडा गर्ने काम भयो ।


सवारी साधनको तिब्र आयात तर राजमार्ग तथा बाटोघाटोको चौडाई नबढ्दा त्यसमा दुख पाउने आफै हुन्छ भन्ने ज्ञान नपलायेका  केहि नगरबासीहरुले  राजनीति पार्टीका नेताहरु गुहारेर मानव बस्ति संरक्षनको नाउँमा हेटौडा बजार भित्रको बाटो बिस्तारमा भाँजो हाल्दैछन र त्यस्ता बिकास बिरोधीहरुलाई पहिचान गरेर सामाजिक बहिष्कार गर्नु पनि जरुरि भई सकेको छ ।

प्रचण्ड सरकारको पालामा हेटौडामा सडक बिस्तारको काम भएको छ ! बाबुराम मार्काको प्रचण्डले पनि राम्रो काम गरेको भएर ‘वाहवाह’ भन्न किन कन्जुस्याई गर्ने ? यस्तै काम गरे भने जनताले आँखाको नानीमा सजाएर पक्कै पनि राख्नेछन यसमा कुनै दुईमत छैन ।
 

 
 

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .