Friday, January 20, 2017

महन्थ ठाकुरले चुनाव बहिष्कार गर्ने धम्की दिए

माघ ७ गते काठमाडौं : मधेशी मोर्चाका शीर्ष नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव पारित नगराईकन गरिने सबै चुनावलाई बहिष्कार गर्ने चेतावनी दिएका छन ।

शुक्रबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै तमलोपाका अध्यक्ष समेत रहेका ठाकुरले आफूहरुले उठाएको माँगलाई सम्बोधन नगरीकन चुनावमा गए बाध्य भएर आफूहरु त्यसको विरुद्धमा उत्रिने चेतावनी दिएका हुन्।

उनले भने,‘संशोधन प्रस्तावलाई थाती राखेर चुनावमा गए हामी त्यसलाई अवरोध गर्छौं, मधेसी मोर्चाको मागलाई बेवास्ता गर्दै सरकारले चुनावको कुरा उठाएको छ, यो हाम्रो लागि कुनै पनि हालतमा मान्य हुँदैन् ।

ठाकुरले भने,‘‘हामीले परिमार्जनसहित संविधान संशोधन गर्न माग राखेका छौं, सरकार चुनावको कुरा गरेर हाम्रो मागलाई बेवास्था गर्न खोज्दैछ ।

आफ्नो मातृपार्टी नेपाली कांग्रेस छाडेर छुट्टै पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी खोल्ने महन्थ ठाकुरलाई भरतको अति बिस्वासपात्रको रुपमा समेत चिनिने गरेको छ भने त.म.लो.पा नेपाल बिखन्डन गराउने उद्धेस्य्को साथ राखेर भारतको ईसारामा खोलिएको पार्तिहो भनेर जानिफकारहरू बताउछन !

No comments: