Wednesday, August 15, 2018

जागरण अभियानद्वारा ह्वील चियर हस्तान्तरण

खांट्टी कुरा     August 15, 2018    

२२ साउन/हेटौंडा: मकवानपुर जागरण अभियान र लायन्स क्लव अफ हेटौंडा नारायणी मलको सयुक्त आयोजनामा २ जना शारिरिक रुपमा अशक्त भएका व्यक्तिहरुलाई ह्वील चियर हस्तान्तरण गरेको छ ।
हेटौंडा–१४ नयाबस्ती निवासी ७५ बर्षिय भोजमाया डंगोल र सोहि ठाउ निवासी १७ बर्षिय सोनी स्याङतानलाई उनिहरुको आफ्नै निवासमा पुगि ह्वील चियर बितरण गरीएको हो । शारीरिक रुपमा उनिहरु हिडडुल गर्न सक्दैनन । ह्वील चेयर दिइएकोमा डंगोल र स्याङतानको  परिवारले आफूहरुलाई सहयोग गरेकोमा खुसी लागेको बताए ।
विगतका दिनहरुमा सामाजिक सहयोग गर्दै आइरहेको मकवानपुर जागरण अभियान र लायन्स क्लव अफ हेटौंडा नारायणी मलले  अपाङता भएकाहरुलाई बाहिर भित्र हिडाउन सहयोग  पुगोस भन्ने उद्देश्यले ह्वील चियर वितरण गरिएको बताए ।
ह्वील चियर हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ हेटौंडा नारायणी मलको संस्थापक अध्यक्ष कैलाश ढकाल,बर्ष २०१७/१८ का अध्यक्ष प्रल्हाद मिश्र, बर्ष २०१८/१९ को अध्यक्ष डा.सुन्दर श्रेष्ठ,  ,सेकेण्ड भिडिपि शम्भु नकर्मी,सेकेण्ड भि.पि मिलन थापा मगर,सचिव सन्तोष पराजुली, लायन अन्जन दाहाल,लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको अध्यक्ष विकेशलाल श्रेष्ठ, मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला, उपाध्यक्ष जनककुमार डंगोल, सचिब बालकृष्ण दाहाल, अभियन्ता प्रल्हाद घिमिरे, हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर १४ को वडा अध्यक्ष दिपक खड्का लगायतको समेत उपस्थिती रहेको थियो ।

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .