हाम्रो गाउँ
समाजमा जानाजानी गल्ति गरियो भने ‘दुख: पाईस मंगले आफ्नै ढंगले’ भनेर होच्याउने चलन छ ।
अहिले यो उखानले
सारा नेपालीहरुलाई दिनानुदिन पिर्दै गएको छ । नपिरोस पनि कसरि ।
दुख: र काल खोज्न
अन्त कतै जानु पर्दैन । अहिले देसमा नयाँ गणतन्त्रे जनताको सरकारले जनताको ढाड भाँच्चिने
गरि कर माथि कर थोपर्दै गएको छ । करको बिरोधमा पत्र पत्रिका देखि सामाजिक संजालमा
केहि थान ब्यक्तिहरु घोक्रोको नसा फुल्ने गरि कुर्लदै छन । कान नभएको बहिरो
सरकारले सुनेर पनि नसुनेको जस्तै गर्दैछ ।
सुनोस पनि कसरि ।
जनताको आवाज सुन्ने हो भने संघियताले जन्माएको हज्जारौ हज्जार जनताको प्रतिनिधिको
मुखमा माड हाल्न धौ धौ हुन्छ । नसुन्ने हो भने कुन दिन यहि जनताले संघियता र
गणतन्त्रको बिरोधमा ईन्कलाबको नारा घन्काउन बेर मान्दैनन,
तर,
नारा कसरि घन्काउन । अहिले नेपालमा नेपाली जनताहरु बस्दैनन । बस्छन केवल विभिन्न नामधारी पार्टीका कार्यकर्ता देखि विभिन्न पार्टीमा विभाजन भएका मतदाताहरु । अब अहिले जनताको सरकारले कर बढायो भनेर गोहीको आँसु झार्नु भन्दा पंचायत र राजतन्त्र फालेर ठुलो गल्ति गर्यौ भनेर पश्चातापको साथ साथै संघियता र गणतन्त्र फालेर राजा सहितको प्राजातान्त्र स्थापना गर भनेर ईन्कलाबको नारा घन्काउन सकिएन भने हिन्दि उखान ‘आ बैल मुझे मार’ भनेर भन्नु बाहेक अरु के रहन्छ र ।

कुरो सहि कि गलत् ?
ReplyDelete