Friday, August 17, 2018

रोकायाको त बुद्धि पलायो तर बाबुरामहरुको कहिले ?

खांट्टी कुरा     August 17, 2018    

भाद्र ३० गतेका दिन गोराहरूले खोलेको रेडियो बि.बि.सी को नेपाल शाखाले इसाई समुदायका एक अगुवा एवम् राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य केबी रोकायाले सबै धर्मको रक्षाको निम्ति नेपाल हिन्दू राज्य हुनु पर्ने धारणा व्यक्त गरेका छन भन्ने बिचार प्रशारण गर्यो ।
बि.बि.सी को ‘साप्ताहिक नेपाल’ सन्दर्भमा बोल्दै रोकायाले धर्मनिरपेक्ष नेपालीको एजेन्डा नभएको बताउनुको साथसाथै विगतमा आफूले धर्म निरपेक्षताको पक्षमा वकालत गरेर ठुलो गल्ती गरेको भनेर बताएका छन ।
उमेरले नेटो काटी सके पछी अहिले आएर नेपालमा हिन्दु रास्ट्रनै हुनु पर्ने भनेर रोकायाले महसुस गर्नु भनेको नेपालमा बिदेसिहरुले देशकै अस्तित्व सखाप पार्नको लागी ईसाई धर्मलाई के कसरि हतियारको रुपमा प्रयोग गरेका रैछन भनेर सजिलै लख काटन सकिन्छ ।
पंचायती शासनको ३० बर्षे दौरानमा धर्म परिवर्तन गर्नेहरु माथि कानून कठोर रुपमा प्रस्तुत भएको थियो । पंचायती शासन रहुन्जेल ईसाई धर्मको बिस्तार गर्न सकिन्न भनेर पश्चिमाहरुले नेपालको कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुको नेताहरुलाई सत्ता र भत्ताको लागी देखाएको ललिपप र त्यहि ललिपपमा भुलेको नतिजा नै अहिलेको ब्यबस्था हो ।
जवानीको समयमा कम्युनिस्ट पार्टीमा लाग्नेहरु एक किसिमको नास्तिक  जस्तै थिए । नास्तिक अर्थात धर्मका बिरोधि । कम्युनिस्टले धर्मलाई अफिम जस्तै कडा नशा हो भनेर भन्ने समेत गरेका थिए । अहिले आएर त्यसो भन्नेहरु गलामा रुद्राक्षको माला देखि निधारमा चन्दन लगाउन, साधु सन्त र ज्योतिषीको चक्करमा फन्को मारेको पनि देखिएको हो ।
सारा संसारले बीर गोर्खाली भनेर चिनेको हामि नेपालीहरुको बुद्धि अगाडी हैन पछाडी हुन्छरे भन्ने उखान चलेको छ । त्यो उखानलाई बेठिक भनेर पनि भन्न मिल्दैन । मानब अधिकारको वकालत गर्ने देखि ईसाई धर्म फैलाउने रोकायाहरु अहिले आएर ईसाई धर्म बेठिक र नेपाल र नेपालीहरुको लागी हिन्दु धर्म नै ठिक भनेर उमेर ढल्केपछि आएर भन्नु भनेको नेपालीहरुको बुद्धि अगाडी हैन पछाडी नै हुन्छ भनेर पुस्टि भएको छ ।
घुमाउरो पाराले अहिलेको कम्युनिस्ट सरकारले पनि धर्म परिवर्तन गर्नेहरु माथि कठोर कानून बनाएर हिन्दु धर्मको रक्षाको लागी पाईला चालेको देखिदैछ । रास्ट्रिय पोशाक दौरा सुरुवाल र सारी चोली अनि रास्ट्रिय जनावर गाई भनेर तोक्नु त्यसको प्रमाण हो तर अझै पनि  प्रधानमन्त्री जस्तो पदमा आसिन भई सकेका डाक्टर बाबुराम भटराई जस्ताहरु रास्ट्रिय पोशाक देखि धर्मको खिलाफमा सामाजिक संजालमा बर्बराउन छाडेका छैनन भने यस्ताहरुलाई नेपाली जनताले कहिले चिन्लान त्यो नै खाँटी प्रश्न बनेर तपाई हामि सामु तेर्सिएको छ ।

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .