तस्बिर साभार : सावित्री सुबेदीको फेसबुकबाट |
-जनकमान डंगोल
बिदेसिले हुल्देको
भएर होला अहिले बिरोध पनि बिदेसी तरिकाले हुन थाल्यो !
हाम्री आमैहरुले
लाउने फरिया कुर्कुच्चा भन्दा २ अम्मल माथि पुग्यो भने हजुर आमैले ब्वारी बईफाले
हुने भो भनेर चिन्ता मान्नु हुन्थ्योरे ! नारीको ईज्जेत भनेको बयान नगर्नु पर्ला !
अहिलेका नारि देखि
भुरिहरुले लाउने वस्त्रको बयान के गराई भो ! कुन अंग देखाउनु हुन्छ कुन देखाउनु
हुन्न भन्ने थाहा नै हुन छाड्यो !
बिरोध गर्ने पनि तरिका हुन्छ ! हिजो एउटा बिर गोर्खालीले पुरुषको संबेदनसिल अंग कागजको चिर्कटोले छोपेर जात्रा देखायो ! आज बलात्कारीलाई फांसीको माग गर्दै कालो पेटिकोट लाएर केहि नानीहरु बिरोधमा उत्रिए !
नारि देबी हुन,
आमा हुन, पत्नी हुन भने छोरी बुहारी पनि हुन ! नारीको सम्मान
नगर्ने पशु हुन तर जुन दिन बाट बिदेसी भाषा, संस्कृति, भेषभुषाले नेपाली पहिचान, संस्कृति र भेषभुषामा आक्रमण गर्दै गयो त्यहि दिन देखि बिकृति र विसंगति देखि
छाडापन भित्रेको हो !
पंचायतको कुरा
निकाल्यो भने मण्डले भन्लान ! भने पनि केहि फरक पर्दैन ! अस्लिल पुस्तक, पत्र पत्रिका, म्यागजिन देखि चलचित्रमा समेतमा पन्चेतको सरकारले
कडाई गरेको थियो !छाडापन भित्रिन पाएको थिएन !
बोल्न पाएनम,
स्वतन्त्रता पाएनम भनेर गरेको आन्दोलन
अनि त्यो आन्दोलन र बलेको आगोमा बिदेसिले थपेको घ्युको रापले टिक्न नसकेको पंचायती
ब्यबस्थाको पतन !
पंचायती शासनको पतन
अनि बिदेसी मालिकहरुको निगाहले पाएको प्रजातन्त्र सम्म त्यति छाडा नभएको नेपालीहरुलाई
माओ देउता पुज्नेहरुको कृपाले गर्दा लादिएको गणतन्त्रमा आईपुग्दा पुरै छाडापन र
निर्लज्ज भई सकेको छ त्यसैले नाङ्गो
प्रदर्शनलाई यो पंक्तिकारले कहिले पनि समर्थन गर्दैन ! कुरो यत्ति मात्र हो !
0 Comments:
Post a Comment