जोई कसार हो भने साली रसबरी
गोरा र कुईरेको देसा हैन हाम्रो देसमा भुटेको चामलको पिठोमा गुल्यो सुल्यो
हालेर बनाएको जिनिसलाई कसार भनेर भन्ने गरिन्छ । सादी ब्या देखि छठ पर्वमा यो कसार
भन्ने जिनिस अनिवार्यरुपमा बनाउने गरिन्छ ।
भुरा हुँदा बाहुन साथिहरुको ब्या मा निम्तो मान्न जाँदा टपरीमा एकमुठी च्युरा, एक थान सेलको साथ दाँतनै भाच्ने क्षमता भएको एक डल्लो कसार पाईन्थ्यो जसलाई
स्वाद मानेर बजाईने गरिन्थ्यो ।
कसार सम्पन्नताको प्रतिक हो भने कसार बनाएर ख्वाम्न नसक्नेलाइ जोरीपारीले
हरिकंगाल अर्थात सुदामाको कोटिमा उभ्याएर ‘सुदामाको सन्तान’ भनेर हेपेर बोल्ने गर्थे ।
कसार भन्दापनि ठुलो जिनिस भनेको ‘रसबरी’ हो । उतिबेला अर्थात हाम्रो पालामा रसबरी खानलाई त्यार आम्नु पर्थ्यो । सुद्ध
गाई माते देखि भूईसिको दुधबाट ‘रसबरी’ बनाईन्छ ।
जोई र सालीको बखान गर्ने हो भने ३२ लक्षणको जोई भन्दा छुच्ची काली साली आच्छा
भन्ने चलन छ । साली भनेको आधि घरवाली रे नि भन्छन । साली भनेको रसबरी हो । जोई
भनेको दांत भाच्ने ह्याउ भको ‘कसार’ हो ।
एउटा पत्नी पिडित गोर्खाली मनुवाले ब्या अरेर पहिलो पटक ससुराली ग को बेलामा
साली देखेछ त्यसपछि मुन थाम्न नसकेर सामाजिक संजालमा ‘जब सालीसङ्ग आँखा जुध्यो, तब था भयो रसबरी लुकाएर
कसारको डल्लो थमाएछन मलाई’
भनेर गुनासो पोखेछ्न’ । कुरो जायज भए
पनि क्यार्नु । यो मंगीको जमानामा दुईटा माला पनि भिर्न सकिन्न । त्यहि माथि बौ
ब्या गर्यो भने त उखाने सरकारले झ्यालखाना जाकेर तोरीको फुल देखाई दिन्छन,
त्यसैले ..........
जो जसले अहिले आएर साली सम्झिदै गुनासो अर्छन तिनीहरुले ‘क्यार्नु हजुर करिमै खोटो परेसी’ भनेर पुर्पुरोमा
हात लाएर बस्नु भन्दा अरु के नै बिकल्प भो र !