Tuesday, January 17, 2017

नांग्लो थटाउदैमा हात्ती तर्सिदैन


रगतको खोलो बग्छ भन्ने धम्कीले पनि केहि काम गरेन
माघ ४ गते हेटौडा : हेटौडा नगर क्षेत्रको हेटौडा बजार भएर देशकै जेठो 'त्रिभुवन राजपथ' तथा देसकै सबै भन्दा लामो राजमार्ग 'महेन्द्र राजमार्ग' जान्छ ।

दुवै राजमार्ग एसियन हाईवेमा परेको हुँदा हालको सडकको चौडाई कम भएकोले सडकको दायाँबायाँ २५/२५ मिटर कायम गराउने भन्ने निर्णय नयाँ र नौलो पनि हैन ।

सडक बिस्तारको सिलसिलामा सडक विभागले आफ्नै पर्खाल त्यस पश्चात जिल्ला प्रहरी कार्यालय, हुलाक, दुर संचार, अस्पताल तथा बन बिज्ञान अध्ययन संस्थानको पर्खाल तथा पसल कवलहरु भत्काएको थियो ।
सरकारी भवन पछी व्यक्तिको घर टहरा भत्काउने भन्ने सूचना जारि पनि नभएको हैन तर हेटौडा बजार भत्काएर कुरूप बनाउन पाईदैन भन्दै उधोग बाणिज्य संघका अध्यक्ष देखि राजनीतिक पार्टीका नेताहरु समेत बाटो बिस्तारको काममा भाँजो हालेर बसेका थिए ।

नेपाली जनजिब्रोमा 'राजैको अगाडी बाबैको दुहाई' भन्ने उखान प्रचलनमा छ त्यो भनेको आफुलाई अन्याय परेको खण्डमा राजाको अगाडी बिन्ति बिसाउनु हो ।

नगरबासीको अगाडी राजाको भूमिका निर्वाह गर्नेहरु मुखले 'हामि बिकास बिरोधि हैनौ तर उचित मुवाब्जाबिना घर भत्काउन पाईदैन' भन्दै बाधा अबरोध गर्ने देखि रगतको खोलो बग्छ भन्ने अभिव्यक्ति दिन समेत पछी परेका थिएनन् र त्यतिले मात्र नपुगेर मिति २०७३/१०/३ गते देखि हेटौडा बजार बन्दको आब्हान पनि गरेका थिए  । 

ब्यापारीलाई कुटपीट
त्यसै सिलसिलामा २५ मिटर सडक विस्तारको बिरोधमा हिँडेको समूहले मंगलबार हेटौंडा स्कूलरोडका एक व्यापारीलाई कुटेका छन् । पसल खोलेको भन्दै यू एण्ड आइ सूज सेन्टरका प्रोपाइटर कृष्णप्रसाद दुलाललाई जबरजस्ती पसल बन्द गराउँदै हिँडेको समूहले कुटपीट गरेको हो । हिजो (सोमबार) पसल बन्द गरेकै हो । आज (मंगलबार) बजार बन्दको आव्हान गरिएको छ भन्ने थाहा थिएन’, दुलालले भने, ‘किन पसल बन्द गरेको भन्दै ३/४ जनाले आएर मलाई कुट्नुको साथै पसलको सामान फालिदिए ।राज्यले निजी सम्पति कब्जा गर्न खोजेको बिरोधमा निकालिएको बृहत ~याली लेखेको ब्यानर बोकेकाहरुले आफूलाई मुख छाड्दै कुटपीट गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी समेत दिएका छन् भनेर रेडियो पत्रकार गणेस दर्पण अधिकारीले बताएका छन ।


त्यसै सिलसिलामा यो पंक्तिकारले केहि पिडितहरुलाई सडक विभागले डोजर लगाउँदा तपाईहरुको निजि धनमाल लत्ताकपडा नोक्सानी भयो कि भएन प्रश्न गर्दा 'हामीलाई सरकारले घर भत्काउछ भन्ने थाहा नभएको पनि हैन त्यसैले अगाडिनै आफ्नो धनमाल लत्ताकपडा सुरक्षित स्थानमा सारी सकेको थियौ भनेर बताएका छन  । 

यी सबै घटनाहरुको वावजुद तथा धमिलो पानीमा माछा मार्न पल्केकाहरुको धम्कीलाई बेवास्ता गर्दै 'हात्ती लम्किदै गर्छ' भन्ने उखानलाई चरितार्थ पार्दै आज हेटौडा स्थित महेन्द्र राजमार्गको पश्चिम खण्ड अन्तर्गत चाईनाक्वाटरको राजमार्गको छेउमा रहेको घर टहरालाई प्रहरी तथा प्रशासनको मद्धतको साथ्  सडक विभागको डोजर लगाएर भत्काउने काम भने सम्पन्न भएको छ ।

No comments: