Monday, January 09, 2017

जनता झुक्याउने कलामा एमाले पार्टिलाई कसैले पनि सक्दैन

खांट्टी कुरा     January 09, 2017    

 
पौष २५ गते, काठमाण्डौ: बिगत केहि दिन देखि नेपाली मिडियाहरुमा तिन ठुला पार्टीका ३ ठुला नेताहरुको गोप्य बैठक भन्ने समाचार तगातार प्रशारण तथा प्रकाशित गर्दै आई रहेका थिए ।
यसै बिषयमा बि.बि.सी नेपाली अनलाईनले व्यवस्थापिका संसदमा आइतबार आफ्नो विरोधका माझ सरकारले संविधान संशोधनको प्रस्ताव टेबल गरेकोमा आक्रोशित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब हुने बैठकमा त्यसलाई अगाडि बढ्न नदिने बताएको छ भनेर लेखेको छ । बि.बि.सी नेपालीमा प्रकाशित भए अनुसार सभामुख ओनसरी घर्तीले संशोधन प्रस्ताव टेवल भएपछि अब प्रतिपक्षसंग वार्ता गर्दै निकास खोज्ने प्रयास गर्ने भनेर बताएकी छन् ।
आइतबार निर्वाचन सम्बन्धी दुईवटा कानून र अख्तियार प्रमुखको महाभियोग प्रस्ताव प्रस्तुत गरिए लगत्तै कानुन मन्त्रीले संविधान संशोधनको प्रस्ताव टेबल गरेका थिए ।
नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भने, "हामीले आइतबार आफ्नो ठाँउबाट मात्र विरोध गर्यौ। यो विषयलाई अगाडि बढाउन खोजियो भने हामीले हाम्रो संघर्षको स्वरुप परिवर्तन गरेर त्यसलाई अवरोध गर्ने गरि आन्दोलन अगाडि बढाउँछौं ।"
सत्तापक्ष र प्रतिपक्षबिच संविधान संशोधनको विषयमा लगातार वार्ता भइरहेपनि त्यसले नतिजा नदिएपछि आइतवार सरकारले प्रतिपक्षको विरोध हुँदाहुँदै संशोधन प्रस्ताव टेबल गरेको थियो।
संशोधन प्रस्ताव संसदमा पेश गर्न नदिन डेढ महिना देखि अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष नेकपा एमालेले झुक्याएर संसदमा पेश गरिएको भन्दै प्रकृया अगाडि बढ्न नदिने जनाएको छ जुन कुरालाई सजिलै संग पत्याई हाल्नु पर्ने भन्ने देखिदैन किनभने महाकाली सन्धि पारित हुँदाको बखत पनि ने.क.पा एमालेले अहिलेकै जस्तो दोहोरो चरित्र प्रदर्शन गरेको थियो ।
गत साता प्रतिपक्षले एक हप्ताको समय माग्दै त्यसपछि विरोध नगर्ने सहमति भएको भन्ने खबर आएताएपनि एमालेले देखावटीकै रुपमा भए पनि विरोध त्यागेको देखिंदैन।
सभामुख ओनसरी घर्तीले भने संशोधन प्रस्ताव टेबल भएपश्चातको फरक परिस्थितिमा छलफल जारी राख्ने र सहमतिकै खोजी गरिने भनेर बताइन् । "प्रकृया अगाडि बढिसकेको अवस्थामा परिस्थिति फेरिइसकेको छ। यो परिस्थितिमा अब नयाँ ठाँउमा त पुग्नैपर्छ। मलाई विश्वास छ जसरी उहाँहरुले अहिले छलफल गरिराख्नु भएको छ, त्यसमा उहाँहरु एकै ठाँउमा आउनै पर्ने वाध्यता छ। होइन भने देशलाई निकास कसले दिने ?"भनेर दलहरु खासगरि एमाले माथि साभामुखले प्रश्न समेत तेर्स्यायेकी छिन  
संसदिय प्रकृया अनुसार सभामुख ओनसरी घर्तीले संशोधन प्रस्तावलाई सोझै छलफलमा लान वा परामर्श समितिको सल्लाहमा विशेष समिति बनाई अगाडि बढ्न सक्नेछिन् ।
महिना दिन अगाडि नै संशोधन प्रस्ताव संसदमा आइसकेकाले त्यो परिपक्व हुन आवश्यक पाँच दिनको समय सीमा पुगिसकेकाले अब छलफल अगाडि बढ्ने र संसदमा थप संशोधन परेमा त्यसमा पनि छलफल हुने प्रकृया रहेको बताइएको छ । ढिलो चाँडो संबिधान संसोधन प्रस्ताब पारित भएमा त्यसलाई नौलो र अचम्म नमाने हुन्छ किनभने प्रतिपक्ष खासगरी एमाले पार्टी आफ्नो बचनमा कहिले पनि अडिग रहन सकेको देखिदैन ।




Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .