Showing posts with label Comment. Show all posts
Showing posts with label Comment. Show all posts

Saturday, June 11, 2022

चित्त दुखाउने कि जाग्ने ?

खांट्टी कुरा     June 11, 2022    

-जनकमान डङ्गोल

राणा शासन –मुर्दाबाद ।

पंचायती शासन –मुर्दाबाद ।

प्रजातन्त्र –मुर्दाबाद ।

माथिका सबै नारा लगाउन सिकाउने ब्राम्हण देउताहरु हुनुहुन्छ र होस्टेमा हैंसे गर्ने अन्य केहि अम्लोमा गनिने जातिका मुन्छेहरु थिए ।

राणा पन्चायत देखि प्रजातन्त्र त्यतिले पनि नपुगेर राजतन्त्र फाल्न उक्साउने पनि ब्राम्हण देउताहरूनै हैनन ?


ब्राम्हण क्षेत्रीकुलमा जन्मिनु भएका मित्रहरु अहिले भुराको कितावमा जय मुसी हावी भो भनेर अन्वार चुक जस्तो बनार सामाजिक संजालमा डाँको छोड्दै गरेको देखे ।

हिजो राजालाई बिष्णुको औतार भन्नेहरु कांग्रेस कम्युनिस्ट बनेको पनि देखिएकै हो । द्रब्यको लोभमा आफ्नो आत्मा बेचेर पन्चायत र राजा फालेसी देखिने नतिजा यस्तै हुन्छ ।  

अब सामाजिक संजालमा आएर चित्त दुखाउने कि देश र धर्म जोगाउन श्री ५ फिर्ता गराउने ?

अब पनि चेतेनन भने आफ्ना ईस्ट देबी देउताको ठाउँमा ईसा देखि मिसा सम्मको फुटो राखेर बाध्यकारी प्रे गर्ने दिन पक्कै पनि आउनेछ त्यसैले देश, धर्म र संस्कृति जोगाउने हो भने नेपालमा राजतन्त्रको स्थापना हुन सख्त खाँचो छ ।

 

 

Saturday, January 01, 2022

आज हाम्रो नयाँ साल हैन

खांट्टी कुरा     January 01, 2022    


आज जनवरी १ तारिख । पश्चिमा गोरा तथा कुइरेहरु देखि हिजो तिनीहरुले बनाएको दासहरुले मनाउने पर्व ।

चिनियाँहरुको आफ्नै नयाँ वर्ष छ । नेपालीहरुले सगोलमा मनाउने गरेको बिक्रम सम्बत बैशाख १ गते वाट सुरु हुन्छ ।

बुझ्नु न सुझ्नु काशी तिर कुद्नु भन्ने उखान नबुझेर हो वा हिन्दुस्थानी बन्न रहर पलाएर हो हाम्रा नक्कलेहरु अस्ति मेरो क्रिसमस अहिले Happy New Year भन्दैछन । गुलाम बन्न कति जाँगर चलेको हो ।

हज्जारौं बर्ष गुलामीमा जकडिएको हिन्दुस्थानीहरु समेत हाम्रो नयाँ वर्ष बिक्रम सम्बत हो र खाँटी भाषा हिन्दि हो भनेर मुलुक भरि बुझाउन सकेका छैनन भने बैशाख १ गते बाट बिक्रम सम्बत अनि रास्ट्रिय भाषा नेपाली बनाएको हाम्रो सानो मुलुकको नक्कल कहिले गर्लान ?

अंग्रेजी भाषा र अंग्रेजी चाड न हिन्दुस्थानको हो न नेपालको यस्ता कुरा मोदी देखि बोधीहरुले बुझ्नु जरुरि छ ।

 

Friday, September 22, 2017

प्रजातन्त्र देखि गणतन्त्र देशको लागी अभिसाप

खांट्टी कुरा     September 22, 2017    

-जनकमान डंगोल
२००७ सालमा नेपालमा पहिलो पटक प्रजातन्त्र स्थापना भयो ! १५ सालमा पहिलो पटक आम निर्वाचन सम्पन्न ! दूई बर्ष नपुग्दै २००१७ सालमा पंचायती ब्यबस्थाको सुरुवात !
  • २००७ फागुन देखि देखि २००१७ पौष सम्म अर्थात ९ बर्ष १० महिनाको अवधिमा ६ जना पुलिसको आई.जि.पी नियुक्ति अर्थात १ जनाको भागमा सरदर १६ महिना !
  • १०१७ देखि २०४६ अर्थात २९ बर्षको बिचमा ६ जना आई.जि.पी नियुक्ति गरिएको रैछ अर्थात १ जनाको भागमा ५६ महिना !
  • २०४६ साल देखि आजको मिति सम्म अर्थात २८ बर्षमा नेपाल प्रहरीमा १३ जना आई.जि.पी नियुक्ति भई सकेको छ र त्यो भनेको १ जनाको भागमा सरदर २५ महिना हुन आउछ !


अब अनुमान गर्नुहोस कुन शासन पद्धतिमा रास्ट्र सेवकहरुले आफ्नो पूर्ण कार्यकाल पुरा गरेका रैछन ?
त्यसैले देसमा भाँडभैलो मच्चाउने प्रजातन्त्र देखि कथित गणतन्त्र अर्थात बिदेसीहरुले हुल्देको शासन ब्यबस्था भन्दा पंचायती शासन ब्यबस्थानै अब्बल रैछ भनेर किन नभन्ने ?

Thursday, September 14, 2017

रा.प्र.पा को घोषणा पत्रमा के छ ?

खांट्टी कुरा     September 14, 2017    
पहिलो जस्तै गरि दोश्रो चरणको चुनावमा रा.प्र.पा पनि भाग लिदैछ र रा.प्र.पा को घोषणा पत्रमा के के छ त ?
घोषणा पत्रमा उल्लेख गरिएको बुंदाहरु पुरा होलान ?

Friday, August 04, 2017

कसरि भो हेटौडा नगर सफा स्वच्छ र हराभरा ?

खांट्टी कुरा     August 04, 2017    
-जनकमान डंगोल 
मकवानपुरबाट प्रहरी उपरीक्षक बसन्त कुमार लामा सरुवा भएर जाने बेलामा पत्रकार सम्मलेन गरेर नागरिकहरुलाई लागु औषध दुर्व्यसनमा हेटौडाका युवाहरु नराम्रो संग फसेको हुँदा त्यसतर्फ ध्यान दिन जरुरि छ भनेर भन्नुभयो । अरु पुलिसका हाकिमहरु पनि आए गए तर लामा साबले जस्तो समाजलाई खबरदारी गरेको देखिएन ।
उपरीक्षक लामाको भनाईलाई आधार मान्नेहो भने अहिले हेटौडा नगरीमा ९०% युवाहरु लागु औषध दुर्व्यसनीको सिकार भएको देखिन्छ   
दिनहु युवाहरु लागु औषध अपराधमा पक्राउ परेको समाचार पत्र पत्रिकामा छापिने गरेको छ तर लागु औषध दुर्व्यसनी मुक्त जिल्ला बनाउने भनेर आज सम्म कोहि कसैले पहल गरेको देखिएन ।
‘हाम्रो हेटौडा राम्रो हेटौडा’ भन्ने नारा नयाँ र नौलो पनि हैन तर दिनप्रतिदिन कुरूप बन्दै गएको हेटौडा अहिले सफा र सुग्घरमा देसको तेस्रो नगरपालिका भयो भनेर नगर पालिकाको हाकिम र मेयर भएर संयुक्त पुरस्कार पाएको समाचार सुन्दा जो कोहीलाई पनि अनौठो लाग्न सक्छ ।
सफा र सुन्दरको परिभाषालाई  बुद्धिजिबी देखि लेखकहरुले आ-आफ्नै तरिकाले व्याख्या गर्लान तर सफा र सुग्घरमा हेटौडा नगर देसको तेस्रो भयो भनेर बिस्वास गर्ने आधार के भनेर प्रश्न गर्ने ठाउँ भने प्रसस्त देखिन्छ ।
नगर सफा देखिन बाटोघाटो चोक गल्लि देखि सबै तह र तप्काकाहरुको मन सफा हुन सख्त जरुरि देखिन्छ तर उपरीक्षक लामाले सरुवा भएर जान लाग्दा गरेको पत्रकार सम्मेलनमा अपराधको अभिलेखमा नगरमा बढ्दै गएको लागु औषध दुर्व्यसनीको संख्याको सूचकाँक ९०%  देखिनु त्यो जस्तो डरलाग्दो फोहरीपना अरु के नै हुन सक्छ र ।
हेटौडाले अहिले राजधानी काठमान्डौलाई बिर्साउदै छ । दिनहु बढ्दै गएको ट्राफिक समस्याले सबै भन्दा बढी पिडित र आहत नगरबासीनै भएका छन । बाटो बिस्तार गर्न खोज्यो भने समाजका धमिराहरु अगाडी सरेर बाटो बिस्तारमा भाँजो हाल्छन । दिनहु बढ्दै गएको ट्राफिक जामले हेटौडा नगर अस्तव्यस्त भएको छ । ट्राफिक जाम नभएको कुनै सडक बाँकी छैन । सवारी गुड्ने बाटो जसलाई पिच सडक भनेर नामाकरण गरिएको छ त्यस्ता सडकहरुको अवस्थालाई हेर्दाहेर्दै पनि हेटौडा नगर कसरि सफा र स्वच्छ भयो ।
प्रजातन्त्र देखि लोकतन्त्रे शासनले हेटौडाका केहि नाम चलेका ब्यापारीहरुलाई अहिले सातखत माफी दिएको छ । ब्यापारीहरुले कालाबजारी गर्नु पेशाजस्तै बनि सकेको छ । उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने ब्यापारीको दोकानमा अनुगमन गर्ने निकाएले म्याद नाघेको खाधपदार्थ जफत गरेको समाचारले पत्रिकाको अगाडिको पानो पनि भरिएकै छ तर त्यस्ता जेम्राज चरित्रका व्यापारीहरुलाई कारबाही गर्ने कुनै निकाय देखिदैन भने कालो मन भएका ब्यापारी देखि नेता, समाजसेवी देखि अन्य तह र तप्का बस्ने हेटौडा शहर कसरि स्वच्छ, सफा र हराभरा भयो आजको खाँट्टी प्रश्न यो हो कि हैन ?

Tuesday, January 31, 2017

औचित्यहिन संयुक्त रास्ट्र संघ बिघटन हुनु पर्दछ

खांट्टी कुरा     January 31, 2017    
 -जनकमान डंगोल
मिति २०७३/१०/१७ गते लोकप्रिय दैनिक पत्रिका अन्नपूर्ण पोस्टको अनलाईन संस्करणमा सन्तोष घिमिरेले ‘यु.एन फिल्ड अफिस हटने’ शिर्षकमा लेखेको समाचारलाई गहन विश्लेषण गरेर हेर्ने हो भने नेपालमा जारि बिगत लामोसमय सम्मको अस्थिरतामा संयुक्त रास्ट्र संघको हात रहेको प्रस्ट देखिन्छ

संयुक्त रास्ट्रसंघको जन्म संसारभर शान्ति तथा बिकासको लागी स्थापना भएको हो भनेर भनिन्छ तर संयुक्त रास्ट्र संघको क्रियाकलाप हेर्दा भनाइ र गराईमा आकास जमिनको फरक देखिएको छ

नेपाल मात्र नभएर संसारका धेरै देशहरुमा संयुक्त रास्ट्रसंघको बाक्लो उपस्थिति रहेको छ तर जे जुन कार्यको लागी खटिएको हो त्यो कार्यको लागी नभएर संयुक्त रास्ट्र संघका कर्मचारीहरुले महाशक्तिशाली देसहरुको ईसारामा कम्जोर देशहरुमा अशान्ति र अस्थिरता फैलाउन ठुलो भूमिका खेलेको देखिदैछ

नेपालमा १२ बर्षे जनयुद्ध नामको हिंसाको खेती देखि जातीयता तथा क्षेत्रियताको नाउँमा हिंशा फैलाउन संयुक्त रास्ट्र संघको ठुलो हात रहेको प्रस्ट देखियो किनभने १२ बर्षे कथित जनयुद्धलाई शान्तिमा बदल्ने भनेर खटि आएको संयुक्त रास्ट्र संघका कर्मचारीहरुले जातीयता, क्षेत्रीयता, देखि ईसाई धर्म प्रचार गराएर नेपाली नेपाली बिचमा मारकाट गराएको घाम जस्तै छर्लंग भएको छ

जे जुन कामको लागी भनेर खटी आएको हो त्यो काम फत्ते भए पछी फिर्ता जानु पर्नेमा त्यसो नगरी नेपालको तराईको जिल्लाहरुमा क्षेत्रियाताबादीहरुलाई उचालेर नेपालको अखण्ड भूभागलाई टुक्र्याउन संयुक्त रास्ट्र संघका कर्मचारीहरु नै लागेको रैछ भनेर पुस्टि समेत भै सकेको छ  त्यति मात्र नभएर नेपालको मध्य तथा पहाडी जिल्लाहरुमा जातीयता देखि धर्मको नाउँमा अस्थिरता फैलाउन पनि संयुक्त रास्ट्र संघ लागेको देखियो

अमेरिकामा बसेको सप्तरी निवासी डाक्टर सी.के राउतलाई नेपालमा झिकाएर स्वराज मधेसको नाउँमा तराईको १९ जिल्ला टुक्र्याएर छुट्टै प्रदेस हुनु पर्छ भनेर आन्दोलन गर्न लगाउनु जस्ता काम कार्यहरु संयुक्त रास्ट्र संघको वडापत्रमा उल्लेख छ कि छैन त्यो जानिफकारहरू बताउलान तर जे जुन उद्धेश्यको लागी संयुक्त रास्ट्र संघको स्थापना गरियो त्यो अनुसारको काम नगरेर साना तथा निर्बल राज्यको अस्तित्वनै समाप्त पार्न खोजिन्छ भने संयुक्त रास्ट्र संघको झण्डा मुनि किन बस्ने ? भनेर प्रश्न उठाउने बेला भयो कि भएन

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .