Thursday, December 29, 2016

नरोउ मकानपुरे, बिकास हाम्रै लागि हो

१४ पौष हेटौडा: अर्थोक त त्यस्तै हो भत्काउने मामिलामा माओका चेलाहरु माहिर छन तर राम्रो कामको  लागी कहिलेकाही ध्वंस लाई पनि ठिक भन्दै राम्रोकामलाई राम्रो हो ठिक  भनेर तारिफ गर्न कन्जुस्याई गर्न हुन्न । रास्ट्र बिरोधि काम गर्ने भएता पनि बाबुराम भटराईले उपत्यकाको सडक चौडा गरेर राम्रो काम गरेका थिए त्यहि भएर अहिले पनि बाबुरामलाई सम्झिने प्रसस्त छन ।


 २५ मिटर सडक चौडा गर्ने निर्णय अनुसार आज प्रहरी तथा प्रशासन भएर महेन्द्र राजमार्गको हेटौडा खण्ड अन्तर्गत हेटौडा अस्पतालको जग्गा, हुलाक कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा बनेको भौतिक संरचनामा डोजर लगाएर बाटो चौडा गर्ने काम भयो ।


सवारी साधनको तिब्र आयात तर राजमार्ग तथा बाटोघाटोको चौडाई नबढ्दा त्यसमा दुख पाउने आफै हुन्छ भन्ने ज्ञान नपलायेका  केहि नगरबासीहरुले  राजनीति पार्टीका नेताहरु गुहारेर मानव बस्ति संरक्षनको नाउँमा हेटौडा बजार भित्रको बाटो बिस्तारमा भाँजो हाल्दैछन र त्यस्ता बिकास बिरोधीहरुलाई पहिचान गरेर सामाजिक बहिष्कार गर्नु पनि जरुरि भई सकेको छ ।

प्रचण्ड सरकारको पालामा हेटौडामा सडक बिस्तारको काम भएको छ ! बाबुराम मार्काको प्रचण्डले पनि राम्रो काम गरेको भएर ‘वाहवाह’ भन्न किन कन्जुस्याई गर्ने ? यस्तै काम गरे भने जनताले आँखाको नानीमा सजाएर पक्कै पनि राख्नेछन यसमा कुनै दुईमत छैन ।
 

 
 

No comments: