Thursday, December 29, 2016

निर्वाचन आयुक्तले भने कानून नबनाएसम्म चुनाव हुन सक्दैन

खांट्टी कुरा     December 29, 2016    

काठमाडौं १४ पुस । निर्वाचन आयोगले आयोगले निष्पक्ष र स्वच्छ निर्वाचन गराउने दाबि गर्दै आएता पनि पहिला कानून  नबनाई सरकारले केही दिनमा नै चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेको समाचार आईरहेको बेला प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सबै तहको निर्वाचन गराउन आयोग तयार रहेको भएपनि अहिलेसम्म सरकारले कानुन दिन नसकेको हुँदा कानून नभए सम्म चुनावको मिति घोषणा गर्न नसकिने बताएको छ ।


सरकारले कानुन दिए फास्ट ट्रयाकबाट ९० दिनमा चुनाव गर्न सकिने उनले बताए । चुनावका लागि चाहिने १३० दिन नै हो नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै प्रमुख आयुक्त यादवले भने, ‘दलहरु तयार छन् भने हामी सबै कुरामा फास्ट ट्रयाकबाट ९० दिनमा चुनाव गराउन सक्छौ । उनले पहिला कुनको चुानाव गर्ने हो त्यो पनि प्रष्ट पार्नुपर्ने बताए ।  उनले भने,‘निर्वाचनको मिति घोषणा गरेरमात्रै हुँदैन, त्यसको लागि ऐन÷कानून र स्रोत साधन चाहिन्छ ।

राष्ट्रलाई निकास दिनकोलागि निर्वाचन आयोग सँधै तयार रहेको उल्लेख गर्दै यादवले भने,‘अहिले देशव्यापी रुपमा निर्वाचनको ठूलो माग छ, म आँफै मधेश, पहाड र हिमालका धेरै ठाउँमा जाँदा त्यहाँका जनताहरुको चुनाव हुनुपर्छ भन्ने माग छ, आयोग यसमा गम्भिर छ ।

यादवले यदि स्थानीय तहको निर्वाचन गर्ने हो भने त्यसका लागि चाहिने मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित भए र स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन उपलब्ध गराउनुपर्ने बताए ।

यादवले आगामी २०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले त्यसको लागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।


Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .