Friday, May 28, 2021

प्रसंग: राष्ट्रपति र संबिधान

खांट्टी कुरा     May 28, 2021    

केसवलाल श्रेष्ठ  


केहि पूर्व न्यायाधीश र बार एशोसिएशनका स्वनामधन्य विद्वानहरुले राष्ट्रपतिले ‘विवेक प्रयोग नगरेको’ भनेर आरोप लगाउँदा संबिधानमा राष्ट्रपति र विवेकको के साइनो रहेछ भनि नेपालको संबिधान अध्ययन गर्दा बिचरा राष्ट्रपतिलाई त विवेक प्रयोग गर्ने अधिकार त कुनै पनि धाराले दिएको रहेनछ त ! राष्ट्रपतिको काम, कर्तब्य र अधिकार नेपालको संविधानको धारा ६६ ले ३ वटा उपधारा अन्तर्गत बर्णन गरेको पाइयो !

६६.१. राष्ट्रपतिले यो संबिधान वा संघीय कानून बमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तब्यको पालन गर्नेछ !
६६.२. उपधारा (१) बमोजिम अधिकारको प्रयोग वा कर्तब्यको पालन गर्दा यो संबिधान वा संघीय कानून बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्य बाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ ! त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्री मार्फत पेश हुनेछ !
६६.३. उपधारा (२) बमोजिम राष्ट्रपतिको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण संघीय कानून बमोजिम हुनेछ !
]
उपरोक्त धारा एवम् उपधाराहरू अध्ययन गर्दा यो तीनैवटा उपधाराले राष्ट्रपतिलाई विवेक त टाढाको कुरा, कुनै काम र अधिकार पनि दिइएको पाइएन !
अहिले राष्ट्रपति जस्तो (केवल आलंकारिक मात्र) संस्थालाई सामाजिक सञ्जालहरुमा अमर्यादित भएर मात्र हैन असाध्यै अमर्यादित, अश्लिल एवम् असभ्य तरिकाले जुन जुन पात्र प्रस्तुत भैरहनु भएको छ, यसले आ-आफ्नो पारिवारिक र सामाजिक दर्पण प्रस्तुत गरिरहेको व्यहोरा स्विकार्नु नितान्त जरुरी छ !
के वर्तमान संविधानले राष्ट्रपतिलाई सम्मानजनक भूमिका दिएको छ ! राष्ट्रपतिले संविधानको कुन धारालाई टेकेर आफ्नो विवेक प्रयोग गर्ने ? आफुलाई गणतन्त्रवादी भनेर नथाक्ने ‘संबिधान निर्माताहरुले’ निर्वाचित राष्ट्रपतिलाई किन कुनै पनि अधिकार दिन कन्जुस्याइँ गरेको होला ? आज राष्ट्रपतिमाथि जुन आक्षेप लगाएको छ, के यस प्रश्नको जवाफ तपाई नेताहरुले दिनु आवश्यक छ कि यो दोष राष्ट्रपतिको होइन तपाईहरुले बनाउनु भएको संबिधानको हो !

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .