Monday, December 30, 2019

बोल्न र लेख्न पाईदैन भने किन चाहियो लोकतन्त्र ?

जंग बहादुरलाई जंग चल्यो जंगे बनेर देखाई दिए साधारण प्रजाको छोरो जंगे र तिनका भाइका सन्तानले १०४ बर्ष नेपालमा जंगे शासन चलाए आफ्नैले मात्र चलाउन पाउने भएको भएर जहानियाँ शासन भनेकोरे जंगेको शासनमा जंगेकै हुकुम कानून बिरोध गर्न पाईन्नथ्यो जंगे माराजहरुको खलकको बिरोध गर्नु भनेको जेम्राज्का हाजिर लगाउन जानु जस्तै थियो बराजु देखि बाजेहरूले भनेका र हामीले सुनेका कुरा  
जंगेले मात खुवाउदै जनताको शासन भनेर देसमा प्रजातन्त्र आयो । बिदेसी भूमिमा बिदेसीकै रेखदेखमा दीक्षित बनेकाहरुले नेपाल भित्र पसेर जनता उचालेर  ल्याको प्रजातन्त्रले ‘श्रीमान गम्भीर नेपाली’ गाउनुको सट्टा ‘सारे जाहाँसे आच्छा हिन्दुस्ता हमारा’ बनाउन खोजेका थिए । साछी र प्रमाण कोशी र गण्डकी देखि मेचि देखि माहाकालीको उत्तरी सिमानामा राखेको हिन्दुस्तानी चेकपोस्ट हुन ।
देश भन्दा ठुलो अरु केहि हुन्न भन्दै तत्कालिन राजा महेन्द्र निरंकुस नबनेको भए हामी पनि उत्तिखेरै सिक्किमे जस्तै हुन्थेम ।
सत्तुर खोज्नु धेरै टाढा जानु पर्दैन । मुखले रामराम गर्ने बगलीमा छुरी बोकेर हिड्ने भारत जस्तो छिमेकी पाएका छौ । तिनैका ईसारामा असंख्य लेन्डुपे हरु जन्माएर हुर्काइएको छ । लेन्डुपहरु अहिले आफुलाई जंगे बनेर देखाउन खोजेका छन ।
जनताको छोराले चलाएको शासनलाई जनतान्त्रिक भनेर भन्छन । बानि व्यहोरामा जंगे खलकलाइ मात ख्वाउन थालेका छन । सामाजिक संजालमा भर्खरै (१३ पुस २०७६) नयाँ कानून बनाउने भनेर बिधेयक पास गरेका छन । बिधेयकमा कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्पेषण गरेमा पाँच बर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुनेछ ।
जनताको हैन हाम्रा नेताहरुको ठुल्दाईको देसमा अहिले येतिखेर ह्वारह्वार्ती आगो सल्केको छ । नागरिकता कानूनको बिरोध भन्दै सल्केको आगोले सरकारी देखि सार्बजनिक सम्पतिको क्षेती हुन थालेसी प्रधानमन्त्री मोदीले ‘मेरो पुत्ला बनाएर त्यसमा थुक, जुत्ताले हान, घृणा गर, जला, तर सरकारी देखि ब्यक्ति सम्पति माथि हानि नोक्सानी नपुर्यानुस भन्दै याचना गरेको श्रव्यदृश्य पनि देखिएकै हो ।
सरकारको बिपक्षी नेताहरुले आफ्ना प्रधानमन्त्रीलाई ‘चोर’ भन्न समेत भ्याएका छन । खै त कारबाही हुन्न । अभिव्यक्तिको स्वतन्त्रता छ त्यहि भएर होला ।
हाम्राहरुले सबै उतै बाट सिकेर त आए तर शासन सत्तामा पुगेसी आफु जंगे माराज हुँ भन्ने भ्रम पाल्न  थालेका छन । जंगे माराज कडा थिए तर देश तोडेनन बरु जोड्दै गए । हिजो पन्चेती शासनमा अभिव्यक्ति स्वतन्त्रता चाहियो भन्दै पन्चेत फाल्नेहरुले अहिले आएर नराम्रो कामको बिरोध गर्न पाईदैन भन्दै जनताको जिब्रोमा भोटे ताल्चा ठोक्ने काम गर्न थाल्छन भने यस्ता कुशासनको जय किन भन्ने ?

No comments:

Post a Comment