Home » » नेपाले कम्युनिस्टहरुले अमेरिकी साम्राज्यवाद, भारतीय बिस्तारबाद भन्न किन छाडे ?

नेपाले कम्युनिस्टहरुले अमेरिकी साम्राज्यवाद, भारतीय बिस्तारबाद भन्न किन छाडे ?

Written By खांट्टी कुरा on Wednesday, December 04, 2019 | December 04, 2019


-जनकमान डंगोल
बिदेसिको ईसारामा पहिला पंचायत त्यसपछि देस जोड्ने राजतन्त्र मासेर कथित गणतन्त्र घोषणा गराएता पनि बिश्वका धेरै देसले अहिले पनि हिन्दु अधिराज्य नेपाल भनेर भन्न छाडेका छैनन । त्यसैले बिश्वको एक मात्र हिन्दु राज्य हो नेपाल ।
यहि देसमा धेरै थरिका बिचार भएका नागरिकहरुले जन्म लिए । कसैले धेरै पढे र आफ्नो नामको अगाडी दर्जा झुन्ड्याए । मान पाए सम्मान पाए र त्यस्तै दर्जा झुन्ड्याउने मध्येका एक हुन डाक्टर बाबुराम भटराई ।
नेपाली कांग्रेस समाजबादी विचारधारामा हिड्ने पार्टी ।  समाजबाद नेपाली कांग्रेसको पेवा भए पछि अरु पार्टीले कांग्रेसको निजि सम्पतिमा आँखा गाड्ने कुरै भएन ।  कम्युनिस्ट भनेको साम्यबादी विचारधारा मान्ने पार्टी त्यसैले कांग्रेसले साम्यवादी विचारधारा बोक्ने कुरै भएन ।
तस्बिर: डा.बाबुराम भटराईको twitter बाट साभार 
देस जोड्ने रास्ट्र निर्माता पृथ्बी नारायण शाहको जन्मथलो गोरखामा जन्मेका डाक्टर बाबुराम भटराई भन्नासाथ धेरै नेपालीहरुले माओबादी कम्युनिस्ट पार्टीको दोश्रो दर्जाको नेता भनेर चिन्थे । पहिलो दर्जाको नेता हुन नसकेर हो वा वाकपटुतामा माहिर क.प्रचण्डको अगाडी टिक्न नसकेर हो 'नयाँ शक्ति पार्टी' नामको पार्टी खोले ।  त्यो पार्टीले पनि लछारोपाटो लाउन नसके पछी उपेन्द्र यादबको समाजबादी पार्टी संग लगन गाँठो कस्न पुगे । उपेन्द्र यादबको पार्टीको नामनै समाजबादी । नाम राख्दैमा समाजबादी हुन्न । समाजबादी विचारधारा मान्ने भनेको नेपाली कांग्रेस पार्टी हुन त्यसैले PHD डाक्टर बाबुराम कम्युनिस्ट हुन कि कांग्रेस भनेर आफैले आफैलाई बुझ्न सकेका छैनन भने सोझासिदा देसी बिदेसी नेपालीहरुले कसरि बुझ्लान ।
माओबादी पार्टी भने पछी नेपालको उत्तरी छिमेकी चिनमा राजतन्त्र फालेर साम्यवादी सासनको जग बसाल्ने चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड माओत्सेतुङको नामबाट राखिएको पार्टी भनेर बुझिन्छ । कमरेड माओको बिचारलाई आत्मसात गर्दै बिस्वमा अरु देसमा पनि यस्तै नाम भएको कम्युनिस्ट पार्टीहरु थुप्रै जन्मेका होलान तर छोटो समयमा हत्या र हिंसाको खेति गरेर खहरे खोला जस्तै बेग संग उर्लेको नेपालको माओबादी पार्टी जत्तिको चर्चित हुने मौका अरु देसका माओबादी पार्टीहरुले आज सम्म पनि प्राप्त गर्न सकेका छैनन । उदाहरणको लागी छिमेकी भारतको माओबादी कम्युनिस्ट पार्टीलाई हेरे पुग्छ ।
नेपालको माओबादी पार्टी छोटो समयमा चर्चित हुनुमा अरु नेताहरुको पनि ठुलो देन र त्याग तपस्या छ तर अन्य नेताहरु भन्दा पनि डाक्टर बाबुराम भटराईको डिग्री देखि वाकपटुताको कारणले गर्दानै छोटो समयमा माओबादीले सफलता हात पारेको हो भनेर जानिफकारहरु बताउछ्न र देखिएको सत्य पनि यहि नै हो ।
राजनीति गर्ने मान्छेको कुनै जात, पेशा र धर्म हुँदैन भन्छन । कुरा एक हद सम्म सत्य पनि हो किनभने राजनीति गर्ने मान्छेले कुनै एक जात, पेशा र धर्म समातेर राजनीति गर्ने हो भने त्यस्ता राजनीति गर्ने ब्यक्ति कुनै पनि हालतमा सफल हुन सक्दैन । उदाहरणको लागी हाल भारतमा सबै भन्दा ठुलो पार्टी बन्न सफल भारतीय जनता पार्टीलाई दिन सकिन्छ । भारतीय जनता पार्टी कट्टर हिन्दुवादी बिचारधारा मान्ने पार्टी भएता पनि उक्त पार्टी बाट चुनाव जितेर मुख्य मन्त्रि देखि प्रधान मन्त्रि बन्न सफल भएका नरेन्द्र दामोदर दास मोदीले सबै धर्मको रक्षा र सबै संग समान ब्यबहार गरिन्छ भनेर ब्यक्त गरेको भनाईलाई लिन सकिन्छ । 
कम्युनिस्ट पार्टी भनेको साम्यवादी विचारधारा बोक्ने पार्टी हो र साम्यवादी बिचारधारा बोक्ने पार्टीले जाति धर्म देखि राजतन्त्र सम्मलाई मान्ने कुरै भएन तर नेपालको प्राय सबै कम्युनिस्ट पार्टीहरु बिश्वका अन्य देसका कम्युनिस्ट पार्टीहरु भन्दा नितान्त फरक छन ।
राजतन्त्र मान्दैनौ भन्छन राजाको अगाडी सपथ खाएर मन्त्रि देखि अन्य ठुला संबैधानिक पद ग्रहण गरेको पनि देखिएकै हो । धर्म मान्दैनौ भनेर गुड्डी हाक्छन । आफ्नो स्वार्थ पुरा नहुन्जेल कार्यकर्ताहरु लाई देखाउन कट्टर साम्यवादी बनेर देखाउछन । जुन दिन उच्च पदमा पुग्छन त्यो दिन कट्टर साम्यवादी बनेर देखाउने नेताको निधारमा रातो टिका देखि गलामा फूलमाला पहिरिएको पनि देखिएकै हो । 
अन्य देस र बिश्वको एकमात्र हिन्दु रास्ट्र नेपालको फरकपन भनेको नै यहि हो । अन्य देसका खाँटी कम्युनिस्टहरु त नास्तिक हुन्छ भन्छन । उदाहरणको लागी भारतको पस्चिम बंगालमा तीसौ बर्ष मुख्य मन्त्रि पद चलाउने भारतीय कम्युनिस्ट पार्टीको नेता ज्योति बसुले जिबनमा कहिले पनि धार्मिक गतिविधिमा भाग लिएनन । मृत्यु हुनु भन्दा अगाडीनै आफ्नो सरिर चिकित्सा विज्ञानलाई दान गरि सकेका थिए । तिनै खाँटी कम्युनिस्ट नेताको मृत्यु पस्चातको सरिर अहिले सम्म कलकत्ताको चिकित्सा बिधालयमा सुरक्षित रुपमा राखिएको छ ।
नेपालको अन्य कम्युनिस्ट पार्टी भन्दा माओबादी पार्टी अलि भिन्न प्रकारको रहेको थियो । हिजो त्यो पार्टीले कथित जनयुद्दको नाउँमा के के गरेर कसो कसो गरे त्यो बयान गरेर साध्य नै छैन । धर्म मान्नु हुन्न भनेर मन्दिर तोडफोड देखि संस्कृत भाषाको पुस्तक जलाउने देखि संस्कृत भाषाको पुस्तक पढ्न समेत बन्देज लगाएकै हुन भने गाई रास्ट्रिय जनावर भएको देस हो नेपाल र गाईलाई माता मान्नेमा माओबादीका धेरै नेताका पिता पुर्खाहरु पनि छन । तिनैका सन्तानले शक्तिको मदमा दानव रुप धारण गर्दै आफ्ना लडाकुहरुलाई गाई गोरु काटेर भोज पनि खुवाएकै थिए । सान्ति र सम्झौता भन्दै जंगलबाट सहर पसे पछी धर्मकर्म मान्दैनौ भन्ने ठुला देखि साना नेता हुँदै कार्यकर्ताहरु सम्मको अहिलेको गतिबिधि हेर्ने हो भने आकास पातालको फरक देखिन्छ । 
सामाजिक संजाल फेसबुक देखि ट्वीटरमा निरन्तर जोडिने नेपालको राज नेताहरुमा डाक्टर बाबुराम भटराई अग्रपंक्तिमा देखिन्छन । नेता भटराईले दसैँको टिका देखि तिहारको सप्तरंगी टिका ग्रहण गरेको तस्विर अहिले पनि उहाँको फेसबुक, ट्वीटर जस्ता खाताहरुमा सुरक्षित नै छ भने गुगल सर्चगर्ना साथ त्यस्ता तस्विरहरु सेकेन्डमै देख्न सकिन्छ ।
नेता भटराईको पुज्यनीय पिताज्युको मानसरोवर यात्रामा डाक्टर भटराई स्वयमले अगुवाई गर्नु भएको तस्विर देखि ८४ बर्ष उमेर पुगेको बेला पारेर गरिएको गरिएको समारोहको तस्विर समेत डाक्टर भटराईले नै निर्धक्क सम्म सेयर गर्नु भएको पनि भर्खरै जस्तो लाग्छ ।
तस्बिर: डा.बाबुराम भटराईको twitter बाट साभार 
हिन्दु रास्ट्र नेपालमा हरेक परम्परा हिन्दु संस्कृति अनुसार गरिन्छ । विवाहको समयमा ब्राम्हण देखि क्षेत्री जातिले कन्याको गोडधुवा गर्ने चलन तोड्दै बाबुरामले कन्याको हातधुवा चलन बसालेको फोटो पनि पोस्ट गरेको देखियो । पढे लेखेका अगुवाले नै संस्कृति र संस्कारको खिल्ली उडाउने हो भने त्यो जस्तो घटिया काम अरु के हुन्छ ।
डाक्टर भटराई नेपालका यस्ता पात्र हुन जसले आफु भलो त जगतै भलो भन्ने सोचाई राख्छन । विद्वान तथा नेता बाट अर्थ मन्त्रि हुँदै प्रधानमन्त्रि सम्म भै सकेका व्यक्तिले यस्ता घटिया सब्द राखेर सामाजिक संजालमा पोस्ट गर्दा त्यसबाट निस्किने प्रतिक्रियाले आफ्नो राजनीति छविमा आंच पुग्छ भनेर किन सोच्दैनन ? हिजो आफुले जनयुद्धकालमा आफ्ना समकालीन देखि तल्ला तहकालाई दिएको आदेस निर्देसनको आफैले बर्खिलाप किन गरे ?
डाक्टर भटराई स्वयम आफै कट्टर हिन्दुको कोखमा जन्म लिएका ब्यक्ति हुन । लोकलाई धर्म मान्नु हुन्न भन्ने तर आफुले आफ्नो पुर्ख्यौली धर्म नछाडने यो कस्तो दोधारे नीति र चरित्र हो ? यस्ता कुतर्क दिंदै हिडेको देखि आफ्नो बचनमा अडिग हुन नसकेको कारणले गर्दा नै आफैले दुख र कस्ट गरेर हुर्काएको पार्टी छाडन नसक्ने बाबुरामबाट नेपालको जनताले के सिक्ने र के बुझ्ने ?
माओबादी भन्ने नाम सुन्ना साथ बिदेसीले समेत आश्चर्यजनक रुपमा हेर्ने र नेपालको सम्पूर्ण पार्टी देखि जनताहरु समेत थरथर हुने पार्टीले आफ्नो अस्तित्व जोगाउन नसकेर कम्युनिस्ट पार्टीकै आर्को घटक एमालेमा समाहित हुन पुगेको छ । सिधा र सहि अर्थमा भन्ने हो नेपालमा जे जति कम्युनिस्ट पार्टीहरु जन्मे हुर्के ति सबै बिदेसिको ईसारामा खोलिएका हुन भन्न कर लाग्छ । बिदेसिको ईसारामा नाचेका हैनन भने हिजो पंचायतीकालमा नेपालको जमिन सुस्ता मिचियो भन्दै 'अमेरिकी साम्राज्यबाद देखि भारतीय बिस्तारबाद मुर्दाबाद' भन्दै लेटर प्रेसमा छापिएको पोस्टर टास्दै हिड्ने कम्युनिस्ट पार्टीहरु आफै देसको सत्तामा पुग्दा दिन दुगुन्ना रात चौगुन्ना देसको सिमा मिचिंदा मुखमा भोटे ताल्चा हालेर किन बसेका छन ? यसको जवाफ नेपाली जनताहरुले खोज्नु पर्ने बेला भएन र ?
प्रदेस दैनिक हेटौडाको बर्ष ८ अङ्क १२५ २०७६ मङ्सिर १८ गते बुधवारको अंकमा प्रकाशित 


Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger