कांग्रेस र एमालेका भुराहरुले गोरु चुटाई गरेको ३ महिना
नबित्दै एमालेको सरण परेर पररास्ट्र मन्त्रि खान गएको दिन देखि हाम्रो कमल थापाको
सबै हाउभाउलाई राम्रो संग विश्लेषण गर्न पाईयो । नमस्ते गर्न छाडेर लाल सलामवाला मुट्ठी देखिए पछी यति लेख्न कर लाग्नेनै
भयो !
पार्टीमा अध्यक्ष पद हारे पछी पार्टी फुटाउने सम्मको
दुस्साहस गर्ने थापा काजी पछी एमाले पतनको बाटो देखेपछी आफ्नै घर फर्की आएँ भन्दै
लाज्धानी बाट चुनाव लडे ।
सिधा र खाँटी भाकामा भन्नु पर्दा म कमल दाईको भक्ते हुँ तर
जुन दिन बाट राजाको घोर बिरोधि कम्युनिस्टको दौराको फेरो समाउन पुगे त्यहि दिन
देखि मेरो रा.प्र.पा प्रति मोह भंग भएको हो ।
श्री ५ महाराजाधिराजले अहिले चुनाव गर्नु भनेको संकटलाई
निम्त्याउनु हो भन्दा भन्दै चुनावमा भाग लिन खोज्दा 'धोबीको कुकुर घरको न घाटको' अबस्थामा रा.प्र.पा पुगी सके पछी अरु खास के टिप्पणी
गर्नु ।
गाउँ समाजमा मलाई अझै पनि कमल थापाको मुन्छे भन्छन । हिजो गर्वले छात्ती सगरमाथा हुन्थ्यो अहिले
शिर निहुरिमुन्टो 'न' भएको छ ।
रा.प्रा.पाले न धर्मको संरक्षण गर्न सक्यो न देश जोडने
राजाको । महाराजधिराजको सवारीमा देखिएको जुलुस
लावा लस्कर सबै रा.प्रा.पा बादी को हो भन्नुचै ठुलो मुर्खता हुन्छ !
No comments:
Post a Comment