शिंह दरवार जल्यो ! तत्कालिन प्र.म कृतिनिधि बिष्टले नैतिकता देखाउदै पदबाट राजिनामा दिए ! राजा बिरेन्द्रबाट हुकुम भयो 'प्रधानमन्त्री तिमीले गल्ति गरेको छैनौ त्यसलाई राजिनामा दिनु पर्दैन' !
रंगशालामा फुटवल खेल हुदै थियो ! मौषम बिग्रेर उल्कापात भयो ! भागदौडमा मानिस मृत्यु देखि घाईते भए ! तत्कालिन शिक्षा तथा खेलकुद मन्त्रि केशर बहादुर बिष्टले पदबाट राजिनामा दिए !
पार्टीले राम्रो प्रदर्शन गर्न सकेन ! आफै हारे ! नैतिकताको आधारमा माधव कुमार नेपालले पार्टीको अध्यक्ष पद बाट राजिनामा दिए !
सिंगो पार्टीको लज्जास्पद हार हुँदा अझै पनि रा.प्र.पा को मुखिया अध्यक्ष पदमा जुका जस्तै टाँसिएर बसेका छन ! झापाली ओली हुन या लिंग्देन यिनीहरु लाई पार्टीको हार प्रति कुनै लज्जा छैन !
हाम्रो गाम्घरे उखान छन नि 'नामर्दको जोई भन्दा मर्दको कमारो बस्नु ठिक'
उखाने राज्यमा पंचायती शैलीलाई बिर्सने गरी दमन हुँदा आफ्नो पार्टीको शिर्ष नेताहरु लाई अपराधी जसरि हातमा हत्कडी लगाएर नागरिकको सामुन्ने प्रदर्शन हुँदा लिंग्देनको मुख बाट 'ओह' भन्ने शब्द समेत निक्लेंन ! मनमनै खुच्चिंग भन्दै बसे ! कतै ओली संग साठगाठ त थिएन ?
गोरु ब्याउनु, कम्युनिस्टले देश बचाउनु र रा.प्र.पा ले धर्म र राजसंस्थाको पुनर्स्थापना गर्नु भनेको सोम शर्माले सपना पेटभरी खाएको सातु जस्तै हो !
ज्ञानेन्द्र शाहीहरुले हिजो धवलहरुको हातमा हत्कडी किन देखेनन ? बि.पी को दोषी चस्माले पो हो कि ? अहिले पार्टी काँक्रो चिरेको जसरि चिरेको देख्दा दिक्क मान्दै सामाजिक संजालमा खुईय्य गर्दै छन !
माननीय ज्ञानेन्द्र शाहीज्यू ? ईख नभएको मुन्छे र बिष नभएको सर्पको के काम ! धवल शम्सेर राणाको सन्तान हुन ! कुरा यत्ति हो !
२०४८ साल देखिको आस्थावान म रा.प्र.पा को यो हविगत देख्दा कठै भन्न बाहेक अरु के नै रह्यो र !
२०८३/०२/२०
No comments:
Post a Comment