चौहत्तरे देउवा, छत्तीसे पौडेल संगै आर्को अर्थ लाग्ने सिटौला गुट जन्मेको छ । गगन थापा सिटौलाका दाहिने हात बनेर उदायका छन ।
कांग्रेस झन्डै चारबर्ष कानमा तेल हालेर बस्यो । देउवा पार्टी बिस्तार गर्न खोज्ने पौडेल र सिटौला तगारो हाल्ने । जुन कार्य अहिले पनि यथावत रुपमा नै चलि रहेको छ ।
नेपालमा गणतन्त्र हाम्ले स्थापना गरेका हौ । हाम्ले जनयुद्ध नलडेको भए नेपालमा गणतन्त्र आउदैन थियो भन्ने फटाहा कुरा गर्ने माओबादी र सामन्ती भन्दै ब्यक्ति हत्या गरेर उदाएका झापाली कम्युनिस्ट निकै ठुलो तामझामको साथ एकीकरण भयो । एकीकरण पछी भागबण्डाको कुरो उठ्दैन तर अहिले पनि नेपाल कम्युनिस्ट पार्टी नाम फेरेको एकिकृत पार्टीमा साठी र चालिसको भागबण्डा कायमै छ । त्यसैको कारणले गर्दा दुईटा अध्यक्ष भएको पार्टीमा समय समयमा ठुला ठुला समस्याहरु जन्मिने गरेको छ । मन्त्रीमंडल हालसम्म बिस्तार हुन नसक्नु त्यसैको परिणाम हो ।
पार्टी भनेको घर हो भने कार्यकर्ता भनेको सन्तान हो । घरमा मुली एक जना हुन्छन । मुलीको आदेस र खटनपटनमा चल्न सकेन भने त्यो घर स्वाहा हुन्छ ।
२००७ साल पछी नेपालमा आएर जो जस्ले राजनीतिको खेति गरे तिनका घरको मुली स्वदेसी नभएर बिदेसी हुन । सन्तान स्वदेसी अनि मुली बिदेसी भए पछी देसमा बिकाश र शान्ति हुँदैन । देखिएको र बुझिएको खाँट्टी कुरा यिनै हुन ।
0 Comments:
Post a Comment