दुइ पक्षको बिचमा कुनै पनि कारणले झैँ झगडा भए पछी एक पक्षले अर्को पक्ष माथि आफु बलियो छु भनेर देखाउन मुद्धा हाल्ने गर्छन ! मुद्धा लडने र लडाउनेमा सहयोग गर्ने काम भनेको वकिलको हुन्छ ! भन्ने बेलामा उसले आफ्नो पदको रवाफ देखाउदै ‘तपाइले मुद्धा जित्नु हुन्छ फरक पर्दैन’ भनेर आफ्नो पक्षका लाइ भन्ने गरेको हुन्छ ! मुद्धाको किनारा लाग्ने बेलामा मुद्धा जित्न पनि सक्छ हार्न पनि सक्छ तर वकिलको काम भनेको आफ्नो सेवा शुल्क लिएर मुद्धा लडिदिने हो र उसलाई यस्ता कुनै पनि मुद्धाको जित हारको कुनै मत्लब नै हुदैन !
हाम्रो देस नेपालको तराइ भनिने मदेसमा २०४६ साल पछी गजेन्द्र नारायण शिंह
द्वारा ‘नेपाल सद्भावना पार्टी’ भनेर क्षेत्रीयताको आधारमा पार्टी गठन
गरिएको थियो ! उक्त पार्टीको घोषणा पत्रमा पुरै देस हैन मात्र मदेसको जनताको
हक, हितको लागि भनेर उल्लेख गरिएको थियो ! आज गजेन्द्र नारायण शिंह यो धर्तीमा
छैनन तर उनि पछी आज तराइमा उनकै मृत्यु पश्चात टुक्रिन सुरु भएको सद्भावना पार्टी आज
विभिन्न नाम हुँदै टुक्रिएर दर्जनौ पार्टीमा पुगी सकेको छ र सबैको पार्टीको घोषणा
पत्रमा चैँ यौटै सब्द लेखिएको छ त्यो हो ‘मदेसको जनताको लागी’ !
लोकतन्त्रमा पार्टी खोल्नु र गठन गरिएको पार्टीमा मतभेद उत्पन्न भए पछी
मूल पार्टी छोडेर अर्को पार्टी खोलिनु नयाँ र नौलो काम हैन र भएन पनि ! तर २४
बर्षमा मदेसमा खोलिएका पार्टीले मदेसका जनताको लागि के कस्ता नया र नौलो अनुभूति
दिए त्यो मदेसका जनता सामु छर्लंग भै सकेको छ ! सरकारले बिनियोजन गरेको बजेट माथि
कति सदुपयोग भयो र कति दुरुपयोग भयो जस्को लेखाजोखा गरेर साध्य नै छैन ! मदेसका
जनतालाई लुटन त हिजो राणा, पन्च, कांग्रेस र एमाले सबैले लुटेका थिए तर आज जस्तो
गरि निर्लज्ज तरिकाले पक्कै लुटेका थिएनन ! पूर्वको जुटमिल देखि मध्यको
चुरोट कारखाना, चिनि कारखाना, कृषि औजार लगाएत पश्चिमको खोटो प्रसोधन कारखाना समेत
त हिजो पन्चले नै जोडी दिएका थिए तर आज खै त ति कल कारखाना ? व्यक्तिले
आफ्नो फाइदाको लागि त जाहाँ पानि कल कारखाना खोल्न सक्छन तर सरकारी तथा संस्थानको के
कति नया कल कारखाना थपिए ? उत्तर सजिलो छ नयाँ थपिए हैन भाको पनि निजिकरणको नाउँमा
बेचेर खाए ! त्यसैले मदेस मात्र नभएर पुरै देसमा कांग्रेस, कम्युनिस्ट लगाएत जुन
सुकै पार्टी तथा दल किन नहुन ति सबै दल तथा पार्टी भनेको मुद्धा लडी दिने वकिल
जस्तै हुन ! तिनलाई जित र हार संगको कुनै मतलब हुदैन ! उनीहरुलाई शुल्क अर्थात
सत्ता र भत्ता भए मात्र पुग्छ भने अब मदेसका जनताले मात्र नभएर पुरै नेपाली जनताले
आज सम्मको मध्ये कुन ब्यबस्था ठिक र कुन ब्यबस्था बेठिक भनेर सोच्ने बेला आयो कि
आएन ?
0 Comments:
Post a Comment