‘जन नेता’ भनेको सदैब जनताको मन मस्तिक तथा हृदयमा बस गर्ने नेता भनेर बुझिन्छ ! नेपालको इतिहासमा अहिले सम्म दुइ जना नेताहरुलाई जन नेता भनेर सम्बोधन गर्ने गरेको देखिन्छ ! उहाँहरु हुनुहुन्छ नेपाली कांग्रेसको संस्थापक मध्येको एक दिबंगत नेता स्व.बिशेस्वर प्रसाद कोइराला र नेपाल कम्युनिस्ट पार्टी माले हाल एमालेको दिबंगत नेता स्व.मदन भण्डारी !
नेता त नेपालमा थुप्रै जन्मे र थुप्रै देहावसान पनि भै सके तर यी दुइ जना
नेताहरुलाई मात्र किन जनताले अति सम्मानका साथ सम्बोधन गर्छनत ? जवाफ स्पष्ट छ
‘नेता’ भनेको आफ्नो तथा आफ्नाहरुको भन्दा पनि रातो दिन देस तथा जनताको भलाइको लागि सोचेको
कारणले गर्दा !
‘जन नेता’ बि.पी.कोइरालालाले पटक पटक भन्ने गर्नु हुन्थ्यो ‘राजनीति
भन्दा मातृभूमी ठुलो हुन्छ’ राजा जतिसुकै निरंकुस भएता पनि राजाको गर्धन सित मेरो
पनि गर्धन जोडिएको छ ! त्यसैले राजा सहितको प्रजातन्त्र नै यो देसको लागी उत्तम
बिकल्प हो !
नेपाली कांग्रेस भने पछी बि.पी.ले अंगालेको ‘रास्ट्रियता, प्रजातन्त्र
र समाजवाद’ भनेर बुझिन्छ भने एमाले भने पछी मदन भण्डारीले अंगालेको ‘जनताको
बहुदलीय जनवाद’ भनेर बुझिन्छ तर विडम्बनाको कुरा न आज कांग्रेस न एमालेले ति
महान नेताहरुको सिद्धान्त र बिचारलाई पछ्याएको पाइन्छ ! खै त नेपाली कांग्रेसको
मूलमन्त्र ‘रास्ट्रियता, प्रजातन्त्र र समाजवाद’ अनि खै त एमालेको ‘जनताको
बहुदलीय जनवाद’ ? दुवै पार्टीहरुले आज बि.पी. र भण्डारीको बिचारलाई पछ्याएको छ
त ? यदि छ भने खै त कांग्रेसको नया घोषणा पत्रमा ‘रास्ट्रियता, प्रजातन्त्र र
समाजवाद’ भन्ने नारा ? अनि खै त एमालेको घोषणा पत्रमा ‘जनताको बहुदलीय
जनवाद’को नारा ? कांग्रेसले त ‘रास्ट्रियता,
प्रजातन्त्र र समाजवाद’ को ठाउँमा ‘रास्ट्रियता, लोकतन्त्र र समाजवाद’
भन्ने नारा अगाडी ल्याएको छ भने एमालेले त अहिले ‘जनताको बहुदलीय जनवाद नै’
बिर्सिसकेको छ !
जननेता स्व.बि.पी.पुत्र डाक्टर शसांक कोइरालाले हिजो मिति २०७० श्राबण २
गते बि.बि.सी.नेपाली सेवालाई हालको ब्यबस्था प्रति असन्तोष जनाउदै घुमाउरो तरिकाले
हामीले अहिले पनि बि.पी.को नीति र सिद्दान्त लाइ छोडेका छैनौ भनेका रैछन ! अब प्रश्न उठ्छ
डा.सेखर कोइराला माथि यदि बि.पी.को बिचार र नीतिलाई पालना गरेको हो भने २०४७ को
संबिधान लाइ किन मानिएन ? रातको बाह्र बजे को कस्को इसारामा हतार हतारमा गणतन्त्र
घोषणा गरियो ? गणतन्त्रको घोषणा गर्नु भन्दा पहिला जनताको मत अर्थात ‘जनमत संग्रह’
किन गराइएन ? हिजो पंचायती ब्यबस्थामा पनि नेपाली कांग्रेसको माग बमोजिम स्व.राजा
बिरेन्द्रले ‘जनमत संग्रह’ को घोषणा गरि कुन चाहिँ ब्यबस्था उपयुक्त
हुन्छ ? भनेर निर्वाचन गराइएको थियो त्यसैले अहिले तत्काल लाइ ‘गणतन्त्र’
हाम्रो पार्टीको नीति हैन भनेर तत्कालिन ने.का.पार्टी सभापति तथा प्रधानमन्त्रि
स्व.गिरिजा प्रसाद कोइरालालाइ त्यस्तो अनैतिक काम कार्य गर्न बाट किन रोकिएन
? पार्टी भनेको एक जनाको आदेसले चल्ने हैन ! सामुहिक विचारधारा बाट चल्ने हो भनेर चेतावनी दिंदै त्यस्तो काम गर्न बाट रोक्नु पार्टीका अन्य पदाधिकारीहरुको काम र
कर्तब्य हो कि हैन ? यस्ता धेरै प्रश्नहरु नेपालको जनताले मनमा गुम्साएर राखेको छ
जसको जवाफ अब नेपाली कांग्रेसको नेताहरुले जनतालाई स्पस्ट संग दिनु पर्दछ र यदि
नेपाली कांग्रेसले अझै पनि बि.पी.को मूलमन्त्र तथा नीति ‘रास्ट्रियता,
प्रजातन्त्र र समाजवाद’ लाइ मान्छ भने तुरुन्तै २०४७ सालको संबिधान
लाइ ब्युताउने काम गरोस ! अन्यथा यस्तै पारामा नेपाली कांग्रेस पार्टी चल्दै गयो
भने भोलि नेपाली कांग्रेस पार्टी इतिहासको पानामा मात्र सिमित नरहला भन्न सकिदैन !
‘अस्तु’
मिति:२०७० श्रावण ३ गते !
0 Comments:
Post a Comment