Sunday, July 21, 2013

गोहीको आँसु चुहाउनुको के अर्थ ?

 बि.पी.ले रास्ट्रियताको सवालमा राजाको घाटी सित सधै मेरो घाटि जोडिएको छ ! भोलि केहि गरि तल माथि परेमा राजाको गर्दन तल मेरो गर्दन माथि हुनेछ ! रास्ट्रनै नरहे काहाँ प्रजातन्त्र रहन्छ भनेर सधै भन्ने गर्नु हुन्थ्यो भन्दै यहि महान बाणी लाइ हिजो आज कांग्रेसीहरुले बडो आदर सम्मान र लयको साथ सामाजिक संजालमा कोरस गाको देख्दा म चैँ तिन छक्क पर्ने गरेको छु !
यदि कांग्रेसी हरुलाई बि.पी को बिछट्ट याद आउदो हो त खै त बि.पी., सुबर्ण, गणेशमान जस्ता नेताहरुले एक साथ पारित गरेको “रास्ट्रियता, प्रजातन्त्र र समाजबाद” को मुलमन्त्र खै ? बि.पी.ले सदा सर्बदा जप्ने गरेको ‘प्रजातन्त्र’ भन्ने शब्द खै ? जब ‘प्रजातन्त्र’ लाइ नै कौडीको भाउमा लिलाम गरेर आर्यघाटमा सेलाउने हरुले बर्षको १ चोटि आउने बि.पी.जयन्तीमा ‘बि.पी. ले यसो भन्नु भो र उसो भन्नु भो’ भन्दै नक्कली गोहीको आँसु चुहाउनुको के अर्थ ?
यदि कांग्रेसीहरु लाई साँच्चिकै देस र जनता प्रतिको आस्था अनि आफ्ना प्रिय नेताहरु प्रति सद्भाव छ भने पहिला नेपाली कांग्रेसको मूल मन्त्र “रास्ट्रियता, प्रजातन्त्र र समाजबाद” लाइ पुन: कायम गरेर देखाओस त ! सक्छ ? कदापि सक्दैन ! किन सक्दैन भने हिजो राणाको दासत्व बाट राजा, जनता र देस लाइ छुटाउने नेपाली कांग्रेस पार्टी आज खुद बिदेसी मालिकको दास भै सकेको छ ! जब अर्काको दास भै सकेको पार्टीले के देस र जनता प्रति उत्तरदायी बहन गर्न सक्छ ? रह्यो कुरा कम्युनिस्टहरुको ! संसारबाटै बढारि सकेको कसिंगरे पार्टीको बारेमा के टिप्पणी गर्नु ! ज्ञात रहोस बिस्वको दोश्रो मह सक्तिसाली रास्ट्र चाइनाको वर्तमान रास्ट्रपति सी जिन पेंगले निर्वाचनमा बिजयी हासिल भै सके पछी भनेका थिए “सधै भरि एकै सासन प्रणाली बाट जनता वाक्क हुन् सक्ने भएकोले बिस्तारै बिस्तारै हामि पनि ‘समाजबाद’ को अभ्यास तर्फ जाने प्रयत्न गर्छौ ! तर हाम्रा नेपालको कम्युनिस्ट पार्टीका नेताहरु अझै पनि माओको पालाको थोत्रो प्रणाली जबर्जस्ति लादन खोज्दैछन भने आफुहरु चैँ लखनौको नवाब बनेर जिन्दगि जिउदैछन ! यसै लाइ भनिन्छ अजब देसको गजब चाला !

No comments: